आर्थिक

    Showing 1,491-1,500 of 3,062 items.
  • तीजको अवसरमा सुनको मूल्यले नयाँ कीर्तिमान तोड्यो

    काठमाडौं–आज स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा‚ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार‚ सुनको मूल्य प्रतितोला रु १‚३०० ले वृद्धि भई रु १‚५३‚३०० पुगेको छ । बिहीवार प्रतितोला रु १‚५२‚००० मा कारोबार भएको सुनको मूल्य आजका लागि वृद्धि भएको हो । यससँगै चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले वृद्धि भई रु १‚७९५ पुगेको छ‚ जसले तीजको रमझमसँगै बजारलाई थप चलायमान बनाएको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 447 पटक पढिएको
  • अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

    काठमाडौं–अमेरिकी डलर‚ युरो‚ र पाउण्ड स्ट्रलिङको भाउ बिहीबारको तुलनामा आज बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा छ‚ जबकि बिहीबार यो क्रमशः १३४ रुपैयाँ ०५ पैसा र १३४ रुपैयाँ ६५ पैसा थियो।युरोको खरिददर आज १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा छ‚ जसले बिहीबारको तुलनामा वृद्धि देखाएको छ। त्यस्तै पाउण्ड स्ट्रलिङको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा पुगेको छ।राष्ट्र बैंकले अन्य मुद्राहरूको विनिमय दर पनि सार्वजनिक गरेको छ‚ जसमा स्वीस फ्रयाङ्क‚ अस्ट्रेलियन डलर‚ क्यानेडियन डलर‚ र चिनियाँ युआन लग

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 328 पटक पढिएको
  • अरुण तेस्रोमा उर्जामन्त्रीको चासो, चाडो समस्या समाधान गर्न निर्देशन

    काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । अरुण तेस्रो जलविद्युत आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले समस्या देखाउने मात्र नभई समाधानमा केन्द्रित हुन निर्देशन दिएका हुन् । विजुली उत्पादन गर्ने समय एक दिनमात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्ने भन्दै मन्त्री खड्काले आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न गर्न र देखिएका सानातिना समस्यालाई समाधान गर्न निर्देशन दिएका हुन्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 324 पटक पढिएको
  • चेक अनादर मुद्दामा ३० दिनको म्याद जरुरी छैन : सांसदहरु

    काठमाडौं- बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० मा चेक अनादर केसमा ३० दिनको म्याद राख्न नहुनेमा सांसदहरुले जोड दिएका छन् ।आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयकमाथि भएको दफावार छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग राखेका हुन् । सांसदहरुले चेक अनादर मुद्दाको लागि ३० दिनको म्याद राख्न जरुरी नभएको भन्दै तत्काल अदालत वा प्रहरीमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनीहरुले सरकारले कानून बनाउँदा गल्ति गर्नेलाई सहजिकरण हुने भन्दा पनि पीडितको हितको लागि कानून बनाउनु पर्नेमा जोड दिए । तर पूर्वअर्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 298 पटक पढिएको
  • आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर रु १३४.०५ र बिक्रीदर रु १३४.६५, युरोपियन यूरोको खरिददर रु १४८.१६ र बिक्रीदर रु १४८.८२, युके पाउण्डको खरिददर रु १७५.८० र बिक्रीदर रु १७६.५९ रहेको छ।स्वीस फ्रयाङ्कको खरिददर रु १५७.७३ र बिक्रीदर रु १५८.४४, अस्ट्रेलियन डलरको खरिददर रु ९०.०९ र बिक्रीदर रु ९०.४९, क्यानेडियन डलरको खरिददर रु ९८.९२ र बिक्रीदर रु ९९.३६ छ। सिङ्गापुर डलरको खरिददर रु १०२.६१ र बिक्रीदर रु १०३.०७ रहेको छ।जापानी येन १० को खरिददर रु ९.२५ र बिक्रीदर रु ९.२९, चिनियाँ युआनको खरिददर रु १८.८३ र बिक्रीदर रु १८.९२ छ। साउदी रियाल

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 383 पटक पढिएको
  • बैंकबाट कम ब्याजमा पैसा लिएर सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरे : मन्त्री अधिकारी

    काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरेको आरोप लगाएका छन् । काठमाडौंमा आज सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरुले नै सहरकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको उल्लेख गरेका हुन् । उनले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको जिकिर गरे । कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको मन्त्री अधिकारीको दाबी छ ।मन्त्री अधिकारीले

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 359 पटक पढिएको
  • नेप्से परिसूचकमा ९०.७३ अङ्कको गिरावट, सबै समूहको उपसूचक घट्यो

    काठमाडौं–पछिल्ला दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ। नेप्से परिसूचक ९०.७३ अङ्क (३.२०%) ले घटेर २,७३९.४६ बिन्दुमा पुगेको छ।आज ३२० कम्पनीका २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर १ लाख ३७ हजार १६३ पटक कारोबार हुँदा रु १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भयो। सबै समूहका उपसूचकहरू घटेका छन्, जसमा वित्त समूह ५.१५% र होटल तथा पर्यटन समूह ४.७४% ले सबैभन्दा धेरै घटेका छन्।एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर म

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 342 पटक पढिएको
  • आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । यूरोको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा छ भने पाउण्ड स्ट्रलिङको खरिददर १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा रहेको छ ।स्वीस फ्रयाङ्क‚ अस्ट्रेलियन डलर‚ क्यानेडियन डलर‚ जापानी येन‚ चिनियाँ युआन लगायत अन्य मुद्राको विनिमय दर पनि सार्वजनिक गरिएको छ । राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा संशोधन गर्न सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 422 पटक पढिएको
  • लेखाले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थ समितिमा उजुरी

    काठमाडौं- सार्वजनिक लेखासमितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थ समितिमा उजुरी परेको छ ।आज प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै समिति सभापति सन्तोष चालिसेले सो कुरा जानकारी गराएका हुन् । उनले सार्वजनिक लेखासमितिले २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई प्रतिशेयर नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आइपिओ) जारी गर्ने व्यवस्था मिलाउन दिएको निर्देशन विरुद्ध समितिमा उजुरी परेको बताएका हुन् । सभापति चालिसे लेखा समितिले धितोपत्र बोर्डलाई ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आईपिओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएकाले पुँजीबजार तथा लगानीकर्तामा

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 420 पटक पढिएको
  • नेप्सेमा सामान्य सुधार, परिसूचक २,८३० को विन्दुमा पुग्यो

    काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.९० अङ्कले बढेर २,८३० को विन्दुमा पुगेको छ । आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर खरिदबिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।बढ्ने समूहमा विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, र निर्जीवन बीमा समावेश छन्, भने बैंकिङ, वित्त, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, व्यापार, र अन्य समूहमा गिरावट देखिएको छ ।सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 377 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा