आर्थिक

    Showing 2,141-2,150 of 4,497 items.
  • नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले वृद्धि

    काठमाडौं -  साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिन यो इन्डेक्स १.२१ अंकले घटेको थियो । यस दिन फ्लोट इण्डेक्स २.०५ अंकले बढेको छ, यस अघि यो इन्डेक्स ०.३८ अंकले घटेको थियो । त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेको छ ।अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज

    • प्रकाशित मितिः असार १५, २०८२
    • 444 पटक पढिएको
  • आजदेखि महासंघले तोक्न छाड्यो सुनचाँदीको कारोबार मूल्य, कारण यस्तो

    काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न बन्द गरेको छ ।सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएपछि महासंघले बजाउ भाउ तोक्न बन्द गरेको हो । महासंघले आइतबारदेखि सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न छाडेको छ।आर्थिक वर्ष २०८२/८२ को बजेटमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिता कर लगाएको छ भने हिरा र बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ। सो भ्याट खारेज गर्नुपर्ने मागसहित शुक्रबारदेखि व्यवसायीहरुले पसल बन्द गरी आन्दोलन गरिरहेका छन्।देशभरकै पसल बन्द भएपछि सुनचाँदीको कारोबार मूल्य निर्धारण नगर्ने निर्णय भएको ने

    • प्रकाशित मितिः असार १५, २०८२
    • 660 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ९० पैसा र बिक्रीदर १७१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९७ पैसा र बिक्

    • प्रकाशित मितिः असार १५, २०८२
    • 362 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४७ पैसा र बिक्री दर १३७ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९० पैसा र बिक्रीदर १६० रुपियाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ३९ पैसा र बिक्रीदर १८८ रुपियाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ९० पैसा र बिक्रीदर १७१ रुपियाँ ६५ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २० पैसा र बिक्रीदर ८९ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९७ पैसा

    • प्रकाशित मितिः असार १४, २०८२
    • 282 पटक पढिएको
  • सुनचाँदी पसल बन्द गरेर विलासिता करविरुद्ध सडक उत्रिए व्यावसायीहरु

    काठमाडौं— सुन र गहना तथा सामानमा लगाइएको करविरुद्ध सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् । कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरुले राजधानीको न्यूरोडमा जुलुस निकालेका हुन् ।सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको छ । त्यसविरुद्ध नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति आन्दोलनमा उत्रिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि समितिले आन्दोलन स्थगित गरेको थियो । तर, सरकारले माग सम्बोधन नगरी बजेट पास गरेकाले पुनः आन्दोलन थाल्नुपरेको व्यवसायीहरुको भनाइ छ । 

    • प्रकाशित मितिः असार १३, २०८२
    • 682 पटक पढिएको
  • सुन तोलामा २ हजार ९ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदी शुक्रबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 469 पटक पढिएको
  • हिम स्टार उर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन

    काठमाडौं  -   हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । आईपीओको अंकित मूल्य १०० रूपैयाँ रहेको छ । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा निष्कासन गरिरहेको छ ।आयोजना प

    • प्रकाशित मितिः असार १३, २०८२
    • 342 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८४ पैसा र बिक्री दर १३७ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १४ पैसा र बिक्रीदर १६० रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ६१ पैसा र बिक्रीदर १८८ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ६७ पैसा र बिक्रीदर १७१ रुपियाँ ४१ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४१ पैसा र बिक्रीदर ८९ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ र बिक्र

    • प्रकाशित मितिः असार १३, २०८२
    • 285 पटक पढिएको
  • ग्लोबल आइएमई बैंकको नौ लाख लुटपाट संलग्नताको आरोपमा एक पक्राउ

    सिराहा — ग्लोबल आइएमई बैंकको नौ लाख रुपैयाँ लुटपाटको घटनामा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी (सुजन) हुन्।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार, लोहनी २०७९ साल फागुन १० गते सिराहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा भएको लुटपाट घटनामा संलग्न थिए। उनी भारतमा लुकेर बसेको अवस्थामा आज सिराहा नगरपालिका–१७, खैरटोकाबाट विशेष प्रहरी टोलीद्वारा पक्राउ परेका हुन्।उक्त दिन मिर्चैया शाखाबाट बैंकका कर्मचारीले ल्याउँदै गरेको ९ लाख रुपैयाँ लोहनीसहित चारजनाको समूहले पेस्तोल देखाई लुटेका थिए। उनीहरूले यामा

    • प्रकाशित मितिः असार १२, २०८२
    • 450 पटक पढिएको
  • माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज

    काठमाडौं  - बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ ।बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरेको बंगलादेशको स्थानिय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ ।भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेड र एसजेभीएनले अछाम, सुर्खेत र दैलेख जिल्लाको सिमाना कर्णाली नदिमा यो परियोजना निर्माण गरिरहेका छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 537 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.