आर्थिक

    Showing 251-260 of 4,486 items.
  • २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँभन्दा बढीको बजेट र विभिन्न विधेयक पारित गर्दै काठमाडौं महानगरको नगरसभा सम्पन्न

    काठमाडौं । काठमाडौं महानगरपालिकाको १९औँ नगरसभा नीति, बजेट र विभिन्न विधेयक पारित गर्दै सम्पन्न भएको छ। जेठ ३१ गतेदेखि सुरु भएको अधिवेशन छैटौँ बैठकसँगै औपचारिक रूपमा टुंगिएको हो।नगरसभाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँभन्दा बढीको बजेट, ११ क्षेत्रका १०१ बुँदे नीति तथा कार्यक्रम, आर्थिक र विनियोजन विधेयक तथा आवश्यक कानुनी संशोधन सर्वसम्मत रूपमा पारित गरेको छ।कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्वीकृत नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी राजधानीवासीलाई गुणस्तरीय सेवा, सुशासन र विकासको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।अब काठमाडौं महानगर आगामी

    • प्रकाशित मितिः असार २६, २०८३
    • 210 पटक पढिएको
  • सुनचाँदिको मुल्य बढ्यो कतिमा भइरहेछ त कारोबार ?

    काठमाडौं । एक दिनअघि घटेको सुनको मूल्य शुक्रबार भने उच्च दरले उकालो लागेको छ। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १ सय ७० रुपैयाँले वृद्धि हुँदै चाँदी ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य मजबुत देखिएको छ। आज सुन प्रतिऔंस ४ हजार १ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुन–चाँदीको मूल्यमा आएको यो नयाँ वृद्धिसँगै बजारमा खरिद–बिक्री गर्ने उपभोक्ताले थप रकम खर्च गर्नुपर्ने भएको छ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • 165 पटक पढिएको
  • ठेक्का कम्पनीमाथि सरकारको एक्सन, १० कम्पनी सार्वजनिक खरिदबाट आउट

    काठमाडौं। ठेक्का सम्झौता र सार्वजनिक खरिद प्रक्रियामा कमजोरी देखिएका कम्पनीमाथि सरकारले कडा कदम चालेको छ। एकै निर्णयबाट १० वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐनअनुसार १० कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।तीमध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको महादेव खिम्ती निर्माण सेवा र पप्पु–महादेव जेभी लाई ३ वर्षका लागि सार्वजनिक खरिदमा सहभागी हुन रोक लगाइएको छ। श्रेष्ठ कन्स्ट्रक्सन पनि ३ वर्षका लागि प्रतिबन्धमा परेको छ।त्यस्तै ग्लोबल ड्रग्स सप्लायर्स लाई

    • प्रकाशित मितिः असार २६, २०८३
    • 190 पटक पढिएको
  • केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु ६० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १९ दिनको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ । बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ ।सूचनाअनुसार निक्षेप ङ्कलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।बोलकबोलमा न्यूनतम रु १० करोड र अधिकतम रु पाँच करोड  दरले भाग गर्दा निःशेष भाग जा

    • प्रकाशित मितिः असार २६, २०८३
    • 302 पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०३ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रु

    • प्रकाशित मितिः असार २६, २०८३
    • 154 पटक पढिएको
  • करोडौँ बक्यौता थन्क्याएर बसे चिनी उद्योग, उखु किसान फेरि सडकमा उत्रिने तयारी

    नवलपरासी पश्चिम नवलपरासीका उखु किसानले उत्पादन गरेको उखु उद्योगले लगिसके, तर त्यसको पैसा भने अझै किसानको हातमा पुगेको छैन। करोडौँ रुपैयाँ उखु किसानको पसिना चिनीमा परिणत भयो, तर त्यसको मूल्य अझै उद्योगमै थन्किएको छ। पश्चिम नवलपरासीका किसानले वर्षौँअघि बिक्री गरेको उखुको रकम नपाउँदा खेती धान्नै कठिन भएको गुनासो गरेका छन्।सरकारले कृषि उपज खरिद गरेको २५ दिनभित्र किसानलाई भुक्तानी गर्नुपर्ने नियम लागू गरे पनि चिनी उद्योगहरूले त्यसलाई बेवास्ता गरेका छन्। प्रशासनको रोहबरमा पटक–पटक सहमति भए पनि व्यवहारमा किसानले रकम पाएका छैनन्।हाल लुम्बिनी चिनी मिलले करिब १७ करोड, इन्दिरा सुगर मिलले ६ करोड

    • प्रकाशित मितिः असार २५, २०८३
    • 204 पटक पढिएको
  • ४० वर्षपछि टुंगियो सिन्धिया राजपरिवारको सम्पत्ति विवाद

    काठमाडौं। भारतको शक्तिशाली सिन्धिया राजपरिवारमा चार दशकदेखि अदालतमा अल्झिएको बहुचर्चित सम्पत्ति विवाद अन्ततः समाधानको चरणमा पुगेको छ। यो सहमतिले नेपालको राजनीतिक वृत्तमा पनि चासो बढाएको छ, किनभने राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जंगबहादुर राणाकी पत्नी उषा राजे राणा पनि उक्त सम्पत्तिकी कानुनी हिस्सेदार हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले सहमति अनुमोदन गरेपछि अर्बौं रुपैयाँ बराबरको सम्पत्ति औपचारिक रूपमा बाँडफाँड हुनेछ। हेरौं यो रिपोर्ट। सन् १९६१ मा महाराजा जीवाजीराव सिन्धियाको निधनपछि सुरु भएको सम्पत्ति विवाद सन् १९८४ मा अदालत पुगेको थियो। त्यसयता ग्वालियरदेखि दिल्ली, मुम्बई र पुण

    • प्रकाशित मितिः असार २५, २०८३
    • 101 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा बारोबार भइरहेको छ । बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३४० रुपैयाँमा बारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • 151 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं / राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सभापति रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, (२०८३), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, (२०८३), ग. सहकारी (पहिलो संशोधन) विधेयक, (२०८३) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, (२०८३) पेस गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • 134 पटक पढिएको
  • आईपीओ जारी गर्दै ईस्ट सोलार कम्पनी

    काठमाडौं / सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासनको तयारीस्वरूप बुधबार नेश्नल क्यापिटल नेपालसँग निष्कासन तथा बिक्री प्रबन्धक इश्यु म्यानेजर नियुक्तिसम्बन्धी सम्झौता गरेको हो । सम्झौतापछि ईस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत सीईओले झापा जिल्लाको बैगुनधुरामा निर्माण गरिएको ५ मेगावाट क्षमताको बैगुनधुरा सोलार परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार आयोजना निर्माण सम्पन्न हुने र आईपीओ निष्कासन प्रक्रिया एकैसाथ अघि

    • प्रकाशित मितिः असार २५, २०८३
    • 161 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.