आर्थिक

    Showing 3,191-3,200 of 4,134 items.
  • खाना पकाउने ग्यास विस्थापन गर्न विद्युत महसुल दर पुनरावलोकन हुने

    झापा / सरकारले खाना पकाउने ग्यासको विस्थापनका लागि विद्युतको महसुल दरमा पुनरावलोकन गर्ने भएको छ ।आर्थिक वर्ष २०७९/८० का लागि संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् । सरकारले नीति तथा कार्यक्रममार्फत विपन्न वर्गलाई निःशुल्क विद्युत मिटर वितरण गर्ने घोषणा समेत गरेको छ ।विद्यालय र अस्पतालमा ५० प्रतिशत इन्टरनेट सहुलियत दिने सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यमिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ । ग्रामीण दूरसञ्चार प्रविधि को

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 105 पटक पढिएको
  • नीति तथा कार्यक्रम : स्टार्टअपमा सहजीकरण गर्दै युवा आकर्षित गर्ने

    काठमाडौं / सरकारले नवप्रवर्तनमा आधारित उद्योग व्यवसायको स्टार्टअपमा सहजीकरण गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवप्रवर्द्धनका आधारित स्टार्टअप स्थापना र सञ्चालनमा सहजीकरण गर्ने बताएकी छिन् ।  सरकारले बौद्धिक सम्पत्ति अधिकारको सुनिश्चित गर्ने तथा लागत घटाएर निर्यात प्रोत्साहन गर्ने समेत जनाएको छ ।  युवा उद्यमीलाई स्वदेशमा उद्दम गर्न प्रोत्साहित गर्नका लागि परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 92 पटक पढिएको
  • सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको घोषणा

    झापा / सरकारले सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याउने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० का लागि संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सञ्जालहरुलाई कानुन र करको दायरामा ल्याइने बताएकी हुन् ।सरकारले यसअघि पनि सामाजिक सञ्जाललाई केही नियन्त्रण गर्ने गरी कार्यविधि जारी गरे पनि त्यसलाई पूर्ण रुपमा लागू गर्न सकेको छैन ।सामाजिक सञ्जालमा नेपालबाट गरिने विज्ञापनका रुपमा ठूलै मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई थप नियमन गर्न खोजेको हो ।सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने विषय समय समयमा आउने भए पनि यसको कार्यान्वयन हुन सके

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 101 पटक पढिएको
  • आयोगबाट सिफारिस नभएका आयोजनाहरूमा बजेट विनियोजन नहुने

    झापा  / सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूमा बजेट विनियोजन नगर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० का लागि मंगलबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नहुने बताएकी हुन् ।भण्डारीले सार्वजनिक खरिद सम्बन्धी कानूनलाई पनि सुधार गर्ने, तीनै तहको बजेट कार्यान्वयनमा वित्तिय अनुशासन कायम गर्ने तथा विद्यमान कर प्रणालीलाई पुनरावलोकन गरी पारदर्शी र व्यवसायमैत्री बताएकी छिन् । 

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 98 पटक पढिएको
  • नीति तथा कार्यक्रम : पूर्वपश्चिम राजमार्गलाई ५ वर्ष भित्रमा ४ लेनको रुपमा स्तरोन्नति गर्ने

    काठमाडौं / सरकारले आगामी ५ वर्षभित्रमा पूर्वपश्चिम राजमार्गलाई एसियन हाइवेका रुपमा स्तरोन्नति गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वपश्चिम राजमार्गलाई ५ वर्ष भित्रमा ४ लेनको एसियन हाइवेका रुपमा स्तरोन्नति गर्ने बताएकी छिन् । सडक पूर्वाधार निर्माण तथा स्तरोन्नति अन्तर्गत सरकारले सडक निर्माणलाई प्राथमिकतामा राखिएको जनाएको छ ।त्यस्तै , तराईमधेस द्रुत मार्ग (फास्ट ट्र्याक) तोकिएको समयमा नै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइने समेत सरकारको नीति तथा का

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 192 पटक पढिएको
  • सरकारको नीति तथा कार्यक्रम : गुणस्तरीय बीउ विकासमा आत्मनिर्भर हुने

    काठमाडौं / सरकारले गुणस्तरीय, उन्नत तथा वर्णशंकर बीउ विकास गरि आत्मनिर्भर बन्ने नीति लिएको घोषणा गरेको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खाद्य वस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउन कार्यक्रम ल्याउने बताएका छन् ।सरकारले जलवायु परिवर्तनको प्रभावलाई धान्न सक्नेगरी वातावरण अनुकूलन मैत्री स्थानीय बीउ बिजनको अनुसन्धान र विकासमा जोड दिने भएको छ । नीति तथा कार्यक्रममा अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने पनि उल्लेख गरिएको छ । 

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 89 पटक पढिएको
  • घाटा बेहोरिरहेका सार्वजनिक संस्थान निजी क्षेत्रलाई जिम्मा दिने

    झापा / सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने नीति अख्तियार गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० का लागि मंगलबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई सुम्पने बताएकी हुन् ।राष्ट्रपति भण्डारीले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन् । यस्तै, निजी क्षेत्र सक्षम रहेका क्षेत्रमा सञ्चालन भइरहेका सार्वजनिक संस्थाको समेत जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारी योजना छ ।सरकारले आगामी आर्थिक वर्षदेखि न

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 106 पटक पढिएको
  • नीति तथा कार्यक्रम : ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति देखि नेपाली उत्पादनको अभिवृद्धिसम्म

    काठमाडौं / सरकारले प्रदेश १ को ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ताप्लेजुङदेखि दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने बताएकी हुन् । त्यस्तै , सरकारले नेपाली उत्पादनलाई प्राथमिकता दिन नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । ‘नेपाली उद्योग नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ अभियान शुरु गर्ने सरकारको नीति तथा कार्

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 95 पटक पढिएको
  • वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

    झापा / सरकारले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० का लागि मंगलबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने बताएकी हुन् ।हालसम्म सरकारले जग्गाको न्यूनतम मूल्यांकन गर्ने काम गरिरहेको थियो । सरकारले तोकेको जग्गाको न्यूनतम मूल्याङ्कनमा रही तोकिएको मूल्यभन्दा तल नगई खरिदकर्ता र बिक्रीकर्ता जग्गाको मूल्यांकन गरिरहेको छ ।अब विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने समेत बत

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 170 पटक पढिएको
  • नीति तथा कार्यक्रम : २ वर्षभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने

    काठमाडौँ / सरकारले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने घोषणा गरेको छ ।मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सांसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समान गर्ने बताएकी हुन् ।सरकारले राष्ट्रिय निकुञ्ज छेउछाउ र नदी किनारका विपन्नका लागि लक्षित कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।जग्गा नापजाँच गर्न छुट भएका जग्गाको जग्गाधनी पुर्जा उपलब्ध गराउने, भू–उपयोग नीति र कानुन अनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू–उपयोग योजना तयार गरिने पनि सरकारले घोषणा गरेको

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 100 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.