आर्थिक

    Showing 3,201-3,210 of 4,134 items.
  • नीति तथा कार्यक्रम : मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गर्ने

    काठमाडौं / सरकारले निजी क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गर्ने भएको छ । मंगलबार संघीय संसद् र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ । ‘स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 90 पटक पढिएको
  • इन्धनको मूल्य वृद्धिमाथि छलफल माग गर्दै संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

    काठमाडौँ  / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धि माथि संसद्मा छलफलको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । यज्ञराज सुनुवार र गणेश पहाडी एवं राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा एमालेका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उक्त प्रस्ताव बुधबार बुझाएका हुन् ।पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य खरिद मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान छ । तर, उक्त प्रावधान

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 111 पटक पढिएको
  • आजदेखि अपर हेवाखोला हाइड्रोपावरको आईपीओ खुल्यो

    काठमाडौं / अपर हेवाखोला हाइड्रोपावरको आजदेखि प्राथमिक साधारण सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका संखुवासभाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।कम्पनीको आइपीओमा जेठ २४ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा आवेदन दिन सकिने छ ।लगानीकर्ताले प्रभु बैंक, सिद्धार्थ बैंक खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइ

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 112 पटक पढिएको
  • यस्तो छ आज डलर र दिरामको बिक्रीदर

    काडमाडौँ / नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३३ रुपैयाँ र खरिददर १२३.७३ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्रा विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो ।यसैगरी, आज एक यूरोको बिक्रीदर १३२.७७ रुपैयाँ र खरिददर १३२.१३ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १५६.६३ रुपैयाँ र खरिददर १५५.८८ रुपैयाँ छ । अस्ट्रेलियन डलरको बिक्रीदर ८८.५५ रुपैयाँ र खरिददर ८८.१२ रुपैयाँ, सिंगापुर डलरको बिक्रीदर ९०.५९ रुपैयाँ र खरिददर ९०.१५ रुपैयाँ, जापानी येनको बिक्रीदर ९.७५ रुपैयाँ र खरिददर ९.७० रुपैयाँ, चिनियाँ युवानको बिक्रीदर १८.७० रुपैयाँ र खरिददर १८.६१ रुपैयाँ रहेको छ ।&nb

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 94 पटक पढिएको
  • स्विजरल्यान्डबाट ८६ करोड रुपैयाँ अनुदान लिने सरकारको निर्णय

    काठमाडौँ / सरकारले स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण आयोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने र जेठ ९ देखि १३ सम्म थाईल्याण्डको बैङ्ककमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर दिलबहादुर गुरुङको ने

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 155 पटक पढिएको
  • सेयर बजारमा तीव्र गिरावट, नेप्से परिसूचक घटेर २२०० अंकमा ओर्लियो

    काठमाडौं / सेयर बजारमा गत साताको सुरुवातदेखि देखिएको तीव्र गिरावटले सोमबारको कारोबारमा समेत निरन्तरता पाएको छ। जलविद्युत, होटल तथा पर्यटन तथा बीमा उपसमूह अन्तर्गतका कम्पनीमा बिक्रेता हावी हुँदा आज परिसूचक ३४.२१ अंक घटेको हो।कारोबार बन्द हुँदा परिसूचक २२००.८८  को विन्दुमा ओर्लिएको छ। अहिलेसम्मकै उच्चतम ३२२७ अंकको बुलबाट झरेको बजारले सोमबार त्यसयताको न्यूनतम विन्दुलाई परिक्षण गरेको छ।आजको कारोबारमा नेप्से परिसूचक १.५३ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.३१ प्रतिशत अर्थात ५.६९ अंकले घटेर ४२९ दशमलव ०५ अंकमा ओर्लिएको छ । बजार परिसूचक ३४ अंकले घट्दा कारोबार

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 101 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    काठमाडौँ / नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता सरकारसँग माग गरेको छ । अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार जस्ता बेथितिको अन्त्य गर्नु पर्ने ठाँउमा मूल्य समायोजन गरेको भन्दै मूल्यवृद्धि फिर्ता गर्न माग गरेको हो ।आयल निगमले पेट्रोलियम पदार्थमा गरिरहेको मूल्यवृद्धिले जनजीवनमा सृजना गरेको कठिन परिस्थिति प्रति गम्भीर रहेको समेत सिंहले बताएका छन् ।बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने मुलुकमा सरकार नियन्त्रित आयल निगमको जनविरोध रवैय

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 105 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यमा ऐतिहासिक रेकर्ड

              नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १८० रुपैयाँ पर्याएको छ ।साथै, एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८०० रुपैयाँ पुर्याएको छ ।यसअघि उद्योगमन्त्री दिलेन्द्र बडूले निगम घाटामा गइरहेको भन्दै एलपी ग्याँसमा अनुदान दिन नसकिने बताएका थिए । एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँले बढाए पनि निगमलाई अझै प्रतिसिलिण्डर ८७९.७५ रुपैयाँ घाटा छ ।त्यसैगरी डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १६३ रुपैयाँ बनाइएको छ ।निगम अझै पनि मूल्य समायोजनपछि पनि म

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 290 पटक पढिएको
  • आगामी आर्थिक वर्षको लागि १७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँदै सरकार

    काठमाडौँ / स्थानीय निर्वाचनको सरगर्मी नसकिँदै आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणले माहोल तातेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने गरि तयारी गरिरहेको छ । जेठ १० गते मंगलबार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दैछ । आगामी आर्थिक वर्षका लागि चालु शीर्षकमा १० खर्ब ४९ अर्ब, पुँजीगत शीर्षकमा ४ खर्ब ५६ अर्ब ३६ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब १७ अर्ब ६३ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । यो बजेटका लागि करिव ८५ प्रतिशत स्रोत आन्तरिक राजश्व र ऋण र करिव १२ प्रतिशत वैदेशिक ऋणबाट व्यहोर्ने जनाइएको छ । आगामी आर

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 94 पटक पढिएको
  • १० महिनामा ३५ अर्ब ७७ करोडको सुन आयात

    काठमाडौं / विलासिताको वस्तुको बढ्दो आयातका कारण अर्थतन्त्र संकट उन्मुख रहेको भनिरहँदा सुन आयातमा भने भारी वृद्धि देखिएको छ । भन्सार विभागको चलु आवको १० महिनाको तथ्यांक अनुसार गत वर्षको तुलनामा करिव १४ अर्बले सुनको आयातमा वृद्धि भएको छ ।  यस अवधिमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । गत आवको बैशाखसम्म नेपालमा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो भने गत आवको तुलनामा सुन आयातमा ५२ दशमलब ५१ प्रतिशतले वृद्धि भएको छ । सुनका लागि गरिने लगानी वृद्धि ६८ दशमलब ६८ प्रतिशत

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 93 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.