आर्थिक

    Showing 361-370 of 3,294 items.
  • भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज

    काठमाडौं— भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ ।  भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले उपलब्ध गराउने १० वटामध्ये  एकवटा बेली ब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् ।नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्ज

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 209 पटक पढिएको
  • नेप्से करिब स्थिर अवस्थामा, कारोबार रकममा भने सामान्य सुधार

    काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक करिब स्थिर अवस्थामा देखिएको छ । यसदिन ०.९३ अंकको झिनो मात्रामा घटेको नेप्से करिब स्थीर हुँदै २५६०.१५ विन्दुमा रोकिएको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ ।बुधबार ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता शेयर कारोबार भएको बजारमा यसदिन कुल ३२८ स्टकको ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँ बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर कारोबार भएको छ । कुल ६६ हजार ७९ पटकको कारोबारमा उक्त किनबेच भएको हो ।यसदिन नेप्से घ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 118 पटक पढिएको
  • आज सामान्य रुपमा बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार सुन ७ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४३ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो । जसका कारण आज  चाँदी ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 264 पटक पढिएको
  • पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

    काठमाडौं— चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ र पुँजीगत तर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए । यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 249 पटक पढिएको
  • अमेरिकाबाट एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान, कुल रकम ७४.७ करोड डलर पुग्यो

    काठमाडौं— नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ ।थप प्राप्त रकमले प्राथमिकता प्राप्त विद्युत् प्रसारण लाइन तथा पूर्वाधार निर्माणलाई गति दिने, मुलुकको ऊर्जा प्रणालीलाई सुदृढ गर्ने र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । ऊर्जा ग्रिडको विश्वसनीयता तथा बजार पहु

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 297 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ४ मङ्सिर- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 204 पटक पढिएको
  • ४.९८ अंक घटयो नेप्से, कारोबार रकम पनि सामान्य घटयो

    काठमाडौं— बुधबार नेप्से परिसूचक ४.९८ घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेको नेप्से आजभने सामान्य अंकले घटेर बन्द भएको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।मंगलबार ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा यसदिन कुल ३३८ स्टकको ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता शेयर कारोबार भएको छ ।यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ । यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 316 पटक पढिएको
  • काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन ग¥यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व

    काठमाडौं— चालु आर्थिक वर्ष (आव) २०८२/८३ को कात्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलन भएको थियो । यो रकम गत आवको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो । गत आवमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्ष भने १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ असुली हुने प्रक्षेपण गरिएको छ ।चालु आवको यस अवधिमा आन्तरिक करतर्फ १ अरब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ । गत वर्ष यस अवधिमा १ अर्ब ९९

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 245 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार  सुन २ हजार ८ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ सय ४० रुपैयाँले बढेको हो । आज चाँदी आज ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 244 पटक पढिएको
  • सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म

    काठमाडौं— नेपाल सरकारका सावर्जनिक संस्थान, नियामक निकाय, प्रतिष्ठान, बोर्ड तथा समितीका कर्मचारी तथा पदाधिकारीहरुले एउटै बैठक भत्ता बापत ९ हजार रुपैयाँ सम्म लिने गरेका छन् ।कर्मचारीहरुको सेवासुविधामा एकरुपता कायम गर्ने सुझाब सम्बन्धी सरकारी कार्यदलले बुझाएको प्रतिबेदनमा उल्लेख भएअनुसार ५९ वटा संस्थान तथा निकायहरुको सञ्चालक समितीको बैठक भत्ता रकम न्युनतम २ हजार रुपैयाँ देखि ९ हजार रुपैयाँ रहेको उल्लेख छ । यस्तो बैठक भत्ता ११ थरी रहेको छ ।जडिबुटि उत्पादन तथा प्रशोधन कम्पनी, नेपाल खानेपानि संस्थान, नेपाल वन निगम लिमिटेड सहित १९ वटा संस्थाहरुको बैठक भत्ता सबैभन्दा कम अर्थात प्रतिबैठक २ हजार रुपैयाँ

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 232 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा