आर्थिक

    Showing 3,791-3,800 of 4,500 items.
  • वीरगञ्ज नाकाबाट आर्थिक वर्षकाे छ महिनामा ६५ अर्बको इन्धन आयात

    काठमाडौं / देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।पेट्रोलियम पदार्थ अन्तर्गत डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु ३१ अर्ब ८९ करोड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 172 पटक पढिएको
  • ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आईपीओ खुला

    काठमाडौँ / ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरका प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुल्ला गरेको हो ।कम्पनीले आफ्नो जारी पूँजी (रु तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका –१, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।सार्वज

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 117 पटक पढिएको
  • सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।दुबईबाट हिमालय एयरलाइन्सको जहाजमा शनिवार बिहान काठमाडौं आएका चिनियाँ नागरिकबाट उक्त अवैध सुन बरामद भएको हो ।झ्याङ ली नामक चिनियाँ नागरिकबाट सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिएका छन ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 120 पटक पढिएको
  • सुनको मूल्य तोलामा १५ सयले बढ्यो

    काठमाडौं / साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य गत सोमबारदेखि बढ्दै आएको छ ।तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 121 पटक पढिएको
  • टेलिकमको खुद नाफा ६० करोड ८४ लाख

    काठमाडौं / तीन महिनामा नेपाल टेलिकमको खुद मुनाफामा ६० करोड ८४ लाख रुपैयाँ वृद्धि भएको छ ।कम्पनीले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक विवरणअनुसार टेलिकमले गत वर्षको तुलनामा यस वर्ष ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ वृद्धि गरेको हो ।गत आर्थिक वर्षको द्वितीय त्रैमासिकसम्म ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ खुद मुनाफामा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६० करोड वृद्धि गर्दै ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार पुगेको छ ।चालु आर्थिक वर्षको द्वितीय त्रैमासिकमा कम्पनीको कुल सञ्चालन आय १ अर्ब ४८ करोड २३ लाख ३ हजार रुपैयाँले वृद्धि भइ १९ अर्ब २० करोड ७२ लाख १६ हजार

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 123 पटक पढिएको
  • पछिल्लो ६ महिनामा कोरोना रोकथामका लागि १० अर्ब खर्च

    काठमाडौं / चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको छ । यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ ।७ वटा प्रदेशबाट १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहबाट भने ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको तथ्याङ्क अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 112 पटक पढिएको
  • जाजरकोटमा हिमपातले सुन्तलाका लाखौँ बिरुवा नष्ट

    झापा / जाजरकोटमा लगातार दुई दिनसम्म परेको भारी हिमपातले कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लास्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो ।दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका –५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेबी कृषि फार्म उद्योगका प्रोपराइटर जानुका मल्लले जानकारी दिइन् । दुई प्लास्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएको प्रोपराइटर मल्लको भनाइ छ ।‘केही दिन अगाडि दैनिक एक हजार २०० रुपैयाँ ज्याला दिएर सुन्तलाका बिरुवामा कलमी

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 131 पटक पढिएको
  • सुनको मूल्य बढ्ने क्रम जारी, चाँदी स्थिर

    काठमाडौं / साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबारदेखि बढ्दै आएको छ ।तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबारदेखि चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 155 पटक पढिएको
  • दूधको मूल्य बढ्यो, प्रतिलिटर कति ?

    काठमाडौँ / सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५  रुपैयाँ निर्धारण गरेको छ।  डीडीसीको  हिजो  बसेको  सञ्चालक  समितिको बैठकले दूधको मूल्य  बढाएर ८५ रुपैयाँ निर्धारण  गरेको  हो।  यसअघि  प्रशोधित दूधको  उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपैयाँ थियो।बढेको नौ रुपैयाँमा प्रतिलिटर  ६ रुपैयाँ ५२  पैसा  किसानका लागि  वृद्धि  भएको  छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ।यसअघि मन्त्रिपरिषद्को  

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 122 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

    काठमाडौं / साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन प्रतितोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.