आर्थिक

    Showing 4,091-4,100 of 4,500 items.
  • मेचीनगरमा तीन करोड लगानीमा ‘न्युट्रेला’ उद्योग सञ्चालनमा

    बिर्तामोड / मेचीनगर नगरपालिका –१० मा स्थानीय श्रम र सीपको प्रयोग गरेर उत्पादन गर्ने उद्देश्यले तीन करोड रुपैयाँको लगानीमा नन्दा फुड इन्डस्ट्रिज सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलको संयुक्त लगानीमा सुरु भएको उद्योगले दैनिक एक हजार केजी ‘न्युट्रेला’ उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चापदार्थ ल्याएर उत्पादन गरिएको न्युटेला २०० ग्रामदेखि पाँच केजीसम्मको प्याकेजिङ गरेर बजारमा पठाइरहेको सञ्चालक घिमिरेले बताए ।इन्डस्ट्रिजमा हाल स्थानीय १२ जनाले रोजगारी पाएका छन् । “स्थानीयवासीलाई रोजगारी पनि मिल्ने र उनीहरूकै श्रम सीपको प्रयोग गरेर उत्पादन

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 214 पटक पढिएको
  • एक वर्षमा ४० अर्ब राजस्व सङ्कलन

    विराटनगर / एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल ४० अर्ब आठ करोड १९ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ ।सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा १२ अर्ब ४५ करोड ५५ लाख ८४ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताए ।उनका अनुसार सो वर्ष कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सोही वर्ष कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हज

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 183 पटक पढिएको
  • भन्सार तिरेर ल्याएको सामान नियन्त्रणमा लिएपछि व्यापारी विरोधमा

    बिर्तामोड / राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सार तिरेर ल्याएको सामान नियन्त्रणमा लिएपछि व्यापारी र कारोबारीले विरोध गरेका छन् ।झापाको भद्रपुरस्थित भन्सार कार्यालयबाट राजस्व तिरेको सामान राजस्व कार्यालयले नियन्त्रणमा लिएपछि व्यापारी र कारोबारीले भद्रपुरमा विरोध गरेका हुन् ।भद्रपुरका कपडा व्यापारी रञ्जित रायले मङ्लबार बिर्तामोडको अंशु इन्टरप्राइजेज फममा राजस्व तिरेको दुइ पोका कपडा भेनमा लैजाँदै गर्दा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वको टोलीले भ्यान नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिएको कपडा अनुसन्धान अधिकृत ओझाले इटहरी लैजान लाग्दा राजस्व तिरेको सामान

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 206 पटक पढिएको
  • एकैदिन नौ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य रु ९० हजार एक सय तोकिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ । अन्तरराष्ट्रिय ब

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 131 पटक पढिएको
  • साहस ऊर्जाको आइपिओ बुधबारदेखि

    काठमाडौँ/ साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।  बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् । कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० ल

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 139 पटक पढिएको
  • नाकाबाट अवैध सामान भित्र्याउने भन्सार एजेन्ट कारबाहीमा

    विराटनगर / भन्सारबाट अवैध रुपमा समान भित्र्याउने भन्सार एजेन्ट निलम्बनमा परेका छन् ।  भन्सारबाट अवैधरुपमा सामान भित्र्याउने भन्सार एजेन्ट कृष्ण थापा र सामान आयत गर्ने फर्म पूर्ण कृष्ण ट्रेडर्सलाई विराटनगर भन्सारले दुई महिनाका लागि निलम्बन गरेको हो । पूर्ण कृष्ण ट्रेडर्स फर्म प्रयोग गरेर गैरएजेन्ट राजकुमार रौनियार र लक्ष्मण रौनियारले भारतबाट कपडा आयात गर्ने र एजेन्ट थापाले सामानको भन्सार महसुल नतिराई भन्सार विन्दुबाटै अवैध रुपमा सामान छिराउँदै आएका थिए । अवैध तरिकाले भन्सार छली गरेर सामान ल्याएको पाइएपछि प्रमुख भन्सार अधिकृत शिव भण्डारीले उनलाई निलम्बन गरेको भन्सार अधिकृत अमित ति

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 337 पटक पढिएको
  • कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

    लुम्बिनी / कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड÷एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी  ४६ किसानलाई कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो ।बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एउटै क्रेडिट कार्डमार्फत किसानलाई विभिन्न विषयमा जानकारी पाउन सकिने बताएका छन् । उनले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको जनाउँदै बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने जानकारी दिएका छन्। बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले विद्य

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 171 पटक पढिएको
  • नयाँ बजेट : रासायनिक मल खरिद गर्न तथा बाली तथा पशु बिमाका लागि ३ अर्ब ३५ करोड थप

    बिर्तामोड / सरकारले रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसद्मा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई सो रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।अघिल्लो सरकारले पेश गरेको बजेटमा थप हुनेगरि उक्त रकम विनियोजन भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।  सञ्जेलका अनुसार बजेट थपसँगै अब रासायनिक मल खरिदका लागि यो वर्ष कुल विनियोजन हुने रकम १५ अर्ब रुपैयाँ पुगेको छ । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा रासायनिक मल खरिदका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 177 पटक पढिएको
  • दशैँकालागि आजदेखि नयाँ नोट साट्न शुरु

    बिर्तामोड / नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि नयाँ नोट साट्न शुरु गरेको छ । बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधारणका लागि नोट साट्न शुरु गरेको हो । राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरूले पनि आफ्ना ग्राहकहरूलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरूले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।राष्ट्र बैंकले आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरूबाट नयाँ नोट वितरण हुने कार्यकारी निर्देशक नेपालले जानकारी दिए । राष्ट्र ब

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 121 पटक पढिएको
  • सुनको मूल्य घट्यो, प्रतितोला कति ?

    बिर्तामाेड / नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय रुपैयाँ तोकिएको छ ।त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० रुपैयाँ थ

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 145 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.