आर्थिक

    Showing 4,171-4,180 of 4,500 items.
  • रौतहटबाट नौ लाख ९३ हजार जाली नोट सहित ३ जना पक्राउ

    रौतहट//रौतहटबाट जाली नोट सहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको बट्टेस्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीया शत्रुधन वरई ठाकुर ,महोत्तरीको बर्दिवास नगरपालिका -९ बस्ने ३० वर्षिया रंजित महतो र महोत्तरकै भंगाहा नगरपालिका -४ बस्ने २५ वर्षिया दिपेन्द्र कुमार छन्। नेपाल -भारत  पैदल तथा सवारी साधनबाट  आवत जावत गर्ने मानिसहरुलाई चेकजाँच गर्ने क्रममा भारत बाट नेपालतर्फ आउंदै गरेका उनीहरुलाई नेपाली नोट १००० का दरले नौ लाख त्रियानब्बे हजार जाली नोटसहित पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।  प्रहरी चौकी मठिया मौलियाबाट खटिएको प्रहरी टोलीले इश्न

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 165 पटक पढिएको
  • सरकारी कर्मचारीको नयाँ तलबमान साउनदेखि नै लागू गर्ने निर्णय

    काठमाडौं //सरकारी कर्मचारीको नयाँ तलबमान साउन १ देखि लागू हुने भएको छ। मन्त्रिपरिषद्को बैठकले कर्मचारीको नयाँ तलबमान साउनदेखि नै लागू गर्ने निर्णय गरेको सरकारका  प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन्। निजामती कर्मचारी, नेपाली सेना,  सशस्त्र प्रहरी, स्वास्थ्य सेवा,नेपाल प्रहरी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्ने निर्णय भएको उनले बताएका छन्। 

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 150 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    बिर्तामोड / साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।   

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 133 पटक पढिएको
  • प्रदेश सरकारले बढायो मोटरसाइकलको कर, प्रदेश १ मा कति ?

    बिर्तामोड / प्रदेश सरकारले सवारीसाधनको करको दर बढाएको छ । कोरोना महामारीका कारण उद्योगधन्दा, कलकारखाना, उत्पादन, व्यापार सबैमा असर परेको भएपनि प्रदेश सरकारले भने मोटरसाइकलसहितका सवारीसाधनको करको दर बढाएको छ । प्रदेश सरकारले एक नम्बर प्रदेशमा एक सय २५ सिसीको मोटरसाइकलको वार्षिक कर दुई हजार आठ सय रुपैयाँ तेकेको छ भने दुई सय २६ सिसी देखि दुई सय ५० सिसीको मोटरसाइकलको कर चार हजार पाँच सय तोकिएको छ । त्यस्तै दुई सय ५१ देखी चार सय सिसीको मोटरसाइकलको कर नौ हजार तोकेको छ, र चार सय सिसीदेखि माथिको मोटरसाइ

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 307 पटक पढिएको
  • एक वर्षमा नै थपियो नागरिकको थाप्लोमा दश हजार एक सय ७४ रुपैयाँ ऋण

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा मुलुकले आर्थिक प्रगति गरेको र समृद्धि तर्फ अघि वढेको दावी गर्दै आएका छन् । तर उनको नेतृत्वको सरकारका पालामा आम नागरिकमाथि भने ऋणको बोझ थपिएको सरकारी तथ्याङ्कले देखाएको छ ।गत आर्थिक वर्षमा मात्रै हरेक नागरिकको थाप्लोमा १० हजार १ सय ७४ रुपैयाँ ऋण थपिएको छ । सोही अवधिमा मुलुकको ऋण पनि ३ खर्ब थपिएपछि नागरिकको थाप्लोमा पर्ने ऋण पनि थपिएको हो । गत असार मसान्त सम्ममा मुलुकको कुल ऋण १७ खर्ब २९ अर्ब पुगेको छ ।सार्वजनिक ऋण बढेसँगै हरेक नागरिकको थाप्लोमा ५६ हजार ८ सय ४२ रुपैय

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 139 पटक पढिएको
  • कर तिर्न भन्दै मन्त्रीकै नाममा सार्वजनिक सूचना जारी

    बिर्तामोड / संघीय सरकारको राज्यमन्त्रीमा नियुक्त भए लगत्तै विवाद र आलोचनमा तानिएका उमेश श्रेष्ठले घरजग्गा तथा दम्पती कर नतिरेको सार्वजनिक भएको छ । स्थानीय सरकारको पटक–पटकको ताकेता वेवास्ता गर्दै श्रेष्ठ सञ्चालक रहेको जनमैत्री अस्पतालले कर नतिरेको सार्वजनिक भएको हो ।श्रेष्ठ राज्यमन्त्री बने लगत्तै उनको नियुक्तिको विषयलाई लिएर विवाद भइरहेको छ । ललितपुरको गोदावरीमा रहेको योगेन्द्र बहादुर विष्ट परिवारको ४०० रोपनी जग्गा हत्याएको समेत आरोप लागेका बेला उनले कर समेत तिर्न अटेरी गरेको सार्वजनिक भएको हो ।  काठमाण्डौ महानगरपालिकाले कर नतिरेको भन्दै श्रेष्ठ सहित ५२ फर्म तथा व्यक्तिका नाममा सार्व

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 356 पटक पढिएको
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले यसरी हडपे जग्गा !

    बिर्तामोड / शिक्षा एवं स्वास्थ्य क्षेत्रका व्यवसायी नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ माथि काठमाण्डौको गोदावरी नगरपालिकामा रहेको करोडौं मूल्यको जग्गा हडपेको आरोप लागेको छ । स्वं– लालध्वज विष्ट परिवारको नाममा रहेको ४०० रोपनी जग्गा राज्य मन्त्री श्रेष्ठले सरकारी अधिकारीको मिलेमतोमा कब्जा गरेको आरोप लागेको हो ।विष्ट परिवारका सदस्य योगेन्द्र बहादुर विष्टले आफूहरू जग्गा बिक्रीका लागि तयार नभएपछि श्रेष्ठको समूहले सरकारी अधिकारी र मोहिसँगको मिलेमतोमा जग्गा हडपेको आरोप लगाएका हुन् । गोगेन्द्रका हजुरबुबा लालध्वज विष्टको नाममा ०२१ स

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 419 पटक पढिएको
  • यो साता शेयर बजारमा ६४ अर्ब ५२ करोडको कारोबार

    काठमाडौँ / जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘ लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ ।लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण शेयर बिक्री गर्ने कम्पनीको सङ्ख्यामा पनि वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा एथेष्ट मात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान शेयर बजारमा केन्द्रित भएको छ । सोही कारण शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । कारोबार रकमसमेत यस साता १५ अर्ब भन्दा बढी देखिएको छ । साउन लागेपछि ल

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 116 पटक पढिएको
  • अपडेट : बालाजुको आगो १० घण्टापछि नियन्त्रणमा आयो

    काठमाडौँ / बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो दश घण्टापछि नियन्त्रणमा आएको छ । बिहान २ः ०० बजेदेखि लागेको आगो दश घण्टापछि नियन्त्रणमा आएको हो ।आगलागीबाट उत्पादित सामग्री जलेर नष्ट भएको छ । अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको नेपाली सेनाले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका ८ दमकल प्रयोग गरिएको सेनाले जनाएको छ । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बालाजुस्थित श्री नम्बर १ बाहिनीका बाहिनी पतिको कमान्डमा

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 144 पटक पढिएको
  • सहारा विकास बैंक गरिमासँग विलय हुदैँ

    काठमाडौँ / सहारा विकास बैंक लिमिटेडले एकैपटक आठौँ, नवौं र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।साउन २२ गते बसेको बैंकको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संयुक्त सभा भदौं १२ गते शनिबार होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०:३० बजेका लागि  आह्वान गरेको हो । सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्दै सम्पत्ति तथा दायित्वको मूल्यांकन लेखापरीक्षकबाट सहारा विकास बैंक लिमिटेडको चल- अचल सम्पत्ति र दायित्व मुल्यांकन  प्रतिवेदन तथा सो समेतको आधारमा संयुक्त प्राप्ति समितिबाट निर्धारण गरिएको सेयर अनुपात (स्वाप रेसियो

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 150 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.