आर्थिक

    Showing 491-500 of 4,487 items.
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।आज  सुनको मूल्य प्रतितोलामा १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी तोलामा ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो। 

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 111 पटक पढिएको
  • इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्दै अपी पावर

    काठमाडौं— अपी पावरले इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्ने भएको छ । कम्पनीले इङ्गवा हाइड्रोपावरमा आफ्नो स्वामित्वमा रहेको सेयर बेच्न लागेको हो । यो सेयर दोस्रो बजारमार्फत बेचिने अपी पावरले जनाएको छ । सेयर बिक्री गर्ने निर्णय भएको हुँदा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणलाई जानकारी गराइएको कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 466 पटक पढिएको
  • नेपाल–भारत एआई सहकार्यमा जोड, प्रविधिमा आधारित आर्थिक सहयोग सुदृढ गर्नुपर्ने

    काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा काठमाडौंमा उदीयमान प्रविधिहरूमा भारत–नेपाल साझेदारी एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको अन्वेषण विषयक सत्रको आयोजना गरेको छ।कार्यक्रमले दुई देशबीच कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल गर्न व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएको थियो।दक्षिण एसियामै फुल स्ट्याक जेनेरेटिभ एआई र स्थानीय भाषाका एआई प्रणालीहरू निर्माण गर्ने अग्रणी कम्पनी सर्वम एआईका सह संस्थापक तथा सीईओ डा. प्रत्यूष कुमारले मुख्य सम्बोधन ग

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 204 पटक पढिएको
  • बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

    काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लिएका पछिल्ला निर्णयप्रति आपत्ति जनाउँदै देशभरका उद्योगहरू गम्भीर संकटमा परेको जनाएको छ ।नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले बालाजु औद्योगिक क्षेत्र, काठमाडौंमा जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका स्वदेशी उद्योगहरू चरम आर्थिक मन्दी, कच्चा पदार्थको मूल्यवृद्धि, खुला सीमा, विदेशी उत्पादनसँगको प्रतिस्पर्धा तथा दक्ष जनशक्तिको अभावका कारण कठिन अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेको छ । महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हालै देशभरका औद्योगिक क्षेत्रमा सञ्चा

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 222 पटक पढिएको
  • ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा बिन्द्रा हाडा भट्टराई नियुक्त

    काठमाडौं— ग्लोबल आइएमई बैंक लिमिटेडले सञ्चालक समितिको रिक्त स्वतन्त्र महिला सञ्चालक पदमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराईलाई नियुक्त गरेको छ।शुक्रबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ। नियुक्तिपछि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजित विशेष कार्यक्रममा उनलाई सञ्चालक समितिमा स्वागत गरेका छन्।भट्टराई सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव भएकी प्रशासक हुन्। उनले नेपाल सरकारका विभिन्न महत्वपूर्ण निकायमा जिम्मेवारी सम्हालेकी छन्।उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय योजना

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 434 पटक पढिएको
  • २४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा, ट्राफिकले उठायो झन्डै १९ लाख राजस्व

    काठमाडौं । सवारी नियम उल्लंघन गर्ने चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी कडा बनाउँदा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एकैदिन २ हजार २ सय २३ चालकलाई विभिन्न ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिएको हो। यसबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९४ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १५० जना, ट्राफिक बत्ती उल्लंघन गर्ने १७७ जना र तीव्र गतिमा सवारी चलाउने ११८ जना रहेका छन्। यस्तै लेन अनुशासन नमानेका ६१ जना, अनावश्यक हर्न बजाउने १५४ जना,

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 215 पटक पढिएको
  • अर्थमन्त्री वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नदेखिएको सरकारको ठहर

    काठमाडौं— बजेटमा थपघट र करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नभएको सरकारले ठहर गरेको छ। शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेले दिएको प्रस्टीकरण नै प्रयाप्त भएको बताए। अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयमा सरकारको धारणा राख्दै प्रवक्ता पोखरेलले वाग्लेले आफूमाथि उठेका प्रश्नको जवाफ संघीय संसद् र संसदीय समितिमा दिइसकेको बताए। अर्थमन्त्रीको स्पष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 461 पटक पढिएको
  • भारतको सहयोगमा हुम्लामा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शुभारम्भ

    हुम्ला— भारत सरकारको आर्थिक अनुदानमा हुम्लाको चंखेली गाउँपालिका–२ मा निर्माण हुन लागेको नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास गरिएको छ।उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको अस्पताल भवनको लागत करिब १४ करोड ८० लाख रुपैयाँ रहेको छ। परियोजना चंखेली गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै अस्पताल निर्माणपछि दुर्गम क्षेत्रका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भिडियो सन्

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 494 पटक पढिएको
  • दुर्घटनामा घाईते बनेकी जिसीको उपचारार्थ पर्वत समाज अमेरिकाको आर्थिक सहयोग

    पर्वत । पर्वतको कुस्मा नगरपालिका ४ चिलाउने चौतारा निवासी पवित्रा जिसीको उपचारार्थ पर्वत समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ । गत वैशाख २९ गते अर्घाखाँचीको सुपादेउराली दर्शन गरेर फर्कने क्रममा भएको गाडी दुद्र्दटनामा परि गम्भिर घाईते जिसीलाई पर्वत समाज अमेरिकामा आवद्ध व्याक्तिहरुले रु १ लाख ५ हजार ७ सय ८४ सहयोग गरेका हुन्। युवा समाजसेवी सन्जिभ पौडेलका अनुसार सो रकम समाजमा आवद्ध व्याक्तिहरुले उठाएर सुनिता जिसिलाई पठाईएको हो । सो दुर्घटनामा परी उनका श्रीमान रमेश जिसीको मृत्यु भयो । उपचाररत जिसी अस्पतालको शैयामा अचेत अवस्थामा रहेकी छन् । आँखा खुलेपनि मान्छे चिन्न नसक्ने अवस्थामा रहेकी जिसीलाई आर्थि

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 122 पटक पढिएको
  • बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले फेरि एक खर्ब रुपैयाँ निक्षेप तान्दै

    काठमाडौं— बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य नगद) उच्च स्तरमा कायम रहेपछि नेपाल राष्ट्र बैंकले फेरि एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।मौद्रिक प्रशासन विभागका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा आवश्यकताभन्दा बढी रकम थुप्रिँदै गएपछि बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न निक्षेप संकलनको प्रक्रिया अघि बढाइएको हो।यसअघि पनि राष्ट्र बैंकले महिनाको २७औँ दिन २३ दिन अवधिका लागि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो। तर, बैंकिङ प्रणालीमा अझै पनि ठूलो परिमाणमा तरलता बाँकी रहेकाले पुनः एक खर्ब रुपैयाँ तान्ने निर्णय गरिएको हो।हाल बैंक तथा वित्तीय संस्थाहरूसँग करिब ११ खर्ब

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 430 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.