आर्थिक

    Showing 501-510 of 4,487 items.
  • प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन सांसद बराल

    काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे गम्भीर आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीले नेपाल–भारत सीमाको विषयमा स्पष्ट धारणा दिन आवश्यक रहेको बताए । उनले नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर सीमा रहेको तथा दुई देशबीच ८ हजार ५५३ वटा सीमा स्तम्भ निर्धारण गरिएको उल्लेख गरे । बरालले प्रधानमन्त्रीले संसदमा ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई संसदको अभिलेखबाट सच्याउनुपर्ने माग गरे । उनले उक्त अभिव्यक्ति संसदको रेकर्डमा ऐतिहासिक दस्तावेजका रूपमा रहन

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 173 पटक पढिएको
  • मध्यपूर्व युद्धको असर विश्वभर, विश्व बैङ्कले दियो कोभिडपछिकै ठूलो आर्थिक संकटको चेतावनी

    काठमाडौं ।  मध्यपूर्वमा जारी तनाव अब केवल युद्धको मैदानमा सीमित छैन, यसको असर विश्व अर्थतन्त्रसम्म पुग्न थालेको छ। विश्व बैङ्कले इरान–अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोभिड महामारीपछिकै सबैभन्दा कमजोर अवस्थामा पुग्न सक्ने चेतावनी दिएको छ। ऊर्जा संकट, महँगी र आर्थिक सुस्तताले विश्वलाई नयाँ चुनौतीतर्फ धकेल्न सक्ने संकेत देखिएको छ। इरान र अमेरिकाबीचको तनावले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न थालेको भन्दै विश्व बैङ्कले चिन्ता व्यक्त गरेको छ। विश्व बैङ्कले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार मध्यपूर्वको द्वन्द्वका कारण विश्व आर्थिक वृद्धिदरमा ठूलो दबाब परेको छ। सन् २०२६ का ल

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 93 पटक पढिएको
  • निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार र प्रसारणमा पनि सहभागी गराउनुपर्छ मन्त्री श्रेष्ठ

    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बिराज भक्त श्रेष्ठले सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च रहेको हुनाले त्यसलाई सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै उनले अब आउने नयाँ नेतृत्वले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका हुन् । उनले भने, ‘अब आउने ईप्पानको नयाँ नेतृत्व विद्युत् उत्पादनसँगै व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अब्बल बनाउँछ भनेर विश्वास लिएको छु । सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च छ । यसलाई सम्बोधन गर्न वर्तम

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 199 पटक पढिएको
  • ५ हजार तीन सयले बढ्यो सुनको मूल्य,कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ रहेको थियो। यद्यपि, पछिल्लो एक साताको अवधिमा भने सुनको मूल्य समग्रमा घटेको देखिन्छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा भइरहेको

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 161 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो ।आज एक तोला सुनको मूल्य २ लाख ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । एक तोला चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ निर्धारण भएको छ ।बिहीबार एक तोला सुन २ लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 454 पटक पढिएको
  • ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 192 पटक पढिएको
  • गण्डकीमा बजेट लेखनको अन्तिम तयारी

    गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।चालु खर्चतर्फको प्रविष्टि भइसकेको र पुँजीगततर्फका योजना तथा कार्यक्रम प्रविष्टिको अन्तिम चरणमा रहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले बताउनुभयो । “आर्थिक विधेयक, विनियोजन विधेयक, मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ भने बजेट वक्तव्य लेखनको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “चालु आवकै हाराहारीमा बजेट आउने सम्भावना छ, सङ्घ

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 202 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ र

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 174 पटक पढिएको
  • बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका

    महेन्द्रनगर। यहाँका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक बजेट निर्माणको तयारीमा जुटेका छन् ।सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएसँगै कञ्चनपुरका नौवटा पालिकाले पनि वडास्तरबाट योजना छनोट गरी पालिकामा सङ्कलन गरिरहेका छन् । यहाँको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले वडास्तरमा बजेटको सिलिङ पठाएर योजना छनोटको काम अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।“नगरपालिका कार्यालयमा पनि शाखागत रूपमा योजना छनोट लगायतका काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “तोकिएको समयसीमाभित्र बजेट निर्माणका लागि सक्रियताका साथ लागेका छौँ ।” उहाँले आगामी आवमा कर्मचारीको तलब वृद्धिको व्ययभा

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 210 पटक पढिएको
  • आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको भन्ने आलोचनाको जवाफ दिँदै वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउन मध्यम वर्गको क्रयशक्ति, निजी क्षेत्रको भरोसा र राज्यको खर्च गर्ने क्षमता पुनःस्थापित गर्नु आवश्यक रहेको बताएका छन् ।बिहीबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले गरिब, किसान र श्रमिकका विषयमा पर्याप्त ध्यान नदिएको भन्ने चिन्तालाई गम्भीर रूपमा लिएको बताए । उनले भने, ‘कतै गरिबहरू यस बजेटमा अटेनन् कि, मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि र कृषि र श्रमका विषयमा यहाँहरूले उठाउनुभएको चासोलाई मैले अत्यन्त गम्भीरतापूर

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.