आर्थिक

    Showing 521-530 of 3,295 items.
  • शिवश्री हाइड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १९ गतेदेखि हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको शतप्रतिशत (१ः१ अनुपात) दरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर जारी गरेको हो ।साउन १६ गते बुक क्लोज मिति तोकिएकाले साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू मात्रै आवेदनका लागि योग्य छन् । लगानीकर्ताले सिटिजन्स क्यापिटल र सिटिजन्स बैंकका विभिन्न शाखाहरूबाट वा ‘मेरो शेयर’ मार्फत पनि आवेदन दिन सक्नेछन् ।यस हकप्रद निष्कासनको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ भने नेपाल धितोपत्र बोर्डले साउन ४ गते स

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 157 पटक पढिएको
  • एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

    काठमाडौं— एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।एभरेष्ट बैंकले आगामी कात्तिक १२ गते बु

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 387 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा दुई मनि चेन्जरको इजाजतपत्र रद्द

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मनिचेञ्जर (मुद्रा सटही कारोबार) गर्न इजाजत पाएका दुई कम्पनीको इजाजतपत्र रद्द गरेको छ।बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले म्याद समाप्त भएपछि तोकिएको तीन महिनाभित्र नवीकरण नगरेका कारण ती कम्पनीहरूको इजाजतपत्र रद्द गरेको जनाएको छ।रद्द भएका मनि चेन्जरमा  युनियन करेन्सी एक्सचेन्ज प्रा.लि., मित्रनगर, काठमाडौं र के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा.लि., ठमेल, काठमाडौं छन्।नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप-विनियम (३) अनुसार नवीकरण नगरेका मनिचेञ्जरहरूको इजाजतपत्र स्वतः रद्द हुने व्यवस्था छ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 651 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम थियो ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा कायम थियो । यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७७ रुपैयाँ

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 203 पटक पढिएको
  • बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने

    विराटनगर— कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ । त्यस्तै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नको लागि सङ्घ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 508 पटक पढिएको
  • ४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

    काठमाडौं—  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् ।अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से घटेपनि कारोबार रकम भने बढेर ५ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो दिन भने ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।मूल्य वृद्धिमा सांग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर २०८७ (७.०९ प्रतिशत), एनआईएमबी डिबेञ्चर २०९० (६ प्रतिशत) र आत्मनिर्भर लघुवित्त (६ प्रतिशत) ले  अगाडि छन् ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 476 पटक पढिएको
  • नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको वृद्धिदरमा व्यापक गिरावट आउने अनुमान गरेको हो ।गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधा भन्दा कम रहने देखिएको छ । प्रतिवेदनले नेपालको सम्भावित आर्थिक वृद्धि दायरा १.५ देखि २.६ प्रतिशतसम्म सीमित रहने उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 159 पटक पढिएको
  • राष्ट्र बैंकले ११ दिनका लागि २० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौं— बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले आज फेरि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार पैसा झिक्दै आएको छ ।दसैं बिदाका कारण गत साता पैसा झिक्न नपाएपछि हिजो मंगलबार १२ दिनका लागि ९० अर्ब रुपैयाँ झिकेको थियो । आज नियमित पैसा निकाल्ने दिन रहेकाले सोही प्रक्रियालाई निरन्तरता दिएको हो ।अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज ११ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 409 पटक पढिएको
  • बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

    काठमाडौं— असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक स

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 407 पटक पढिएको
  • सुन प्रतितोला २६ सयले बढ्यो

    काठमाडौं— स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार तुलनामा प्रतितोला दुई हजार ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलाको दुई लाख ३८ हजार रूपैयाँ कारोबार भइरहेको छ। मंगलबार प्रतितोला दुई लाख ३५ हजार चार सय रूपैयाँ कारोबार भइरहेको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँले घटेको छ।  मंगलबार प्रतितोला २९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार २९ सय ५५ रूपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४० सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 425 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा