आर्थिक

    Showing 551-560 of 4,487 items.
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । शुक्रबार सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि विहिबार  सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ५२३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५२८५ मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 510 पटक पढिएको
  • बजेट कार्यान्वयनमा जुट्न प्राधिकरणलाई ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिएका छन् ।प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रमहरू निर्धारित समय सीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक अवरोध समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताए । उनले कार्यान्वयनको नेतृत्व भने प्राधिकरणकै व्यवस्थापनले लिनुपर्ने धारणा राखे । सरकारले आ

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 164 पटक पढिएको
  • एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी

    काठमाडौं— एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि खुला गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्रीका लागि आवेदन आह्वान गरेको हो ।यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त सेयर बाँडफाँड सम्पन्न भएपछि सर्वसाधारणका लागि आवेदन खुला गरिएको कम्पनीले जनाएको छ ।निष्कासित सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा सर

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 502 पटक पढिएको
  • ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०५ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १५२, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११३, एकतर्फी सडकमा सवारी चलाउने १४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३०५ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 272 पटक पढिएको
  • नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

    राँझा। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।चालु आव २०८२÷८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । उहाँका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा ३२ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्कलन हुनसकेको छैन । तर पछिल्लो दुई महिना चैत र वैशाखमा भ

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 401 पटक पढिएको
  • अदालतमा तुलसाको बयान : ‘विवाहको आश्वासन पाएँ, सम्पत्तिको स्रोत व्यापार हो’

     काठमाडौं । ठगी, सम्पत्ति शुद्धीकरण र अवैध सम्पत्तिको आरोप खेपिरहेकी टिकटकर तुल्सा अधिकारीले अदालतमा नयाँ दाबी गरेकी छन्। आफूलाई मुद्दा हाल्ने व्यवसायीसँग अघोषित वैवाहिक सम्बन्धमा रहेको बताउँदै उनले सम्पत्ति जोडिएको सबै रकम आफ्नो व्यवसायबाट आएको जिकिर गरेकी छन्।अदालतमा उनले आफूलाई मुद्दा हाल्ने चिमोरिया थरका व्यवसायीसँग लामो समय अघोषित पति–पत्नीको रूपमा बसेको दाबी गरेकी छन्। तुलसाका अनुसार अटोमोबाइल क्षेत्रमा काम गर्ने क्रममा उनीसँग चिनजान भएको थियो। त्यसबेला आफू डिभोर्सी अवस्थामा रहेको र ती व्यवसायीले विवाह गर्ने आश्वासन दिएर काठमाडौंमा कोठा खोजी बस्न लगाएको उनको भनाइ छ।तुलसाले अदालतमा द

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 183 पटक पढिएको
  • १३.४६ अंकले घट्यो नेप्से

    काठमाडौं— साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा पुगेको हो ।नेप्सेमा कुल ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर खरिद बिक्री हुँदा रू.४ अर्ब ७० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ८.५% एभरेष्ट बैंक डिबेन्चर २०८६को भएको छ । यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 596 पटक पढिएको
  • टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान, २१ करोड सम्पत्तिमाथि पनि छानबिन

    काठमाडौं । चर्चित टिकटकर तुलसा अधिकारीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामै राखेर मुद्दाको थप सुनुवाइ गर्न आदेश दिएपछि उनलाई नख्खु कारागार पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार व्यवसायी कुमार चिमोरियाको जाहेरीपछि नेपाल सरकार वादी बनेको यो मुद्दामा तुलसा अधिकारीसहित १० जना प्रतिवादी छन्। उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) जस्ता गम्भीर आरोप लगाइएको छ।जाहेरीमा अधिकारी समूहले चिमोरियाबाट ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप उल्ले

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 262 पटक पढिएको
  • त्रिविको अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट साढे १० करोड असुल

    काठमाडौं । राज्यको लगानीमा अध्ययन बिदा लिएर सेवामा नफर्किने प्राध्यापकहरूविरुद्ध त्रिभुवन विश्वविद्यालयले थालेको अभियानबाट ठूलो रकम फिर्ता भएको छ। हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम असुल भइसकेको शिक्षा मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर विदेश गएका तर सेवामा नफर्किएका प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको हो ।सहकुलपति तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले मन्त्रालय र त्रिभुवन विश्वविद्यालय को सक्रिय पहलमा उक्त रकम असुल भएको जानकारी दिएका हुन्। उनका अनुसार अध्ययन बिदाको सुविधा लिएर सेवामा नफर्किने प्रवृत्तिले सार

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 234 पटक पढिएको
  • सर्वोच्चको नयाँ नजिर : चेक बाउन्स गरे रकमसँगै ब्याज पनि तिर्नुपर्ने

    काठमाडौं । चेक बाउन्सका घटनामा अब पीडितले चेकको रकम मात्र होइन, त्यसको ब्याजसमेत असुल गर्न पाउने भएका छन्।सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले चेक अनादरसम्बन्धी मुद्दामा यस्तो नजिर स्थापित गरेको हो। मुद्दाअनुसार काठमाडौं महानगरपालिका–३२ की शकुन्तला खड्काले विभिन्न समयमा सापटी दिएको रकम फिर्ता गर्न भन्दै संगीता थापाले ९ लाख रुपैयाँ बराबरका दुई वटा चेक दिएकी थिइन्। तर खातामा पर्याप्त रकम नभएपछि ती चेक बैंकबाट फिर्ता भएका थिए। सर्वोच्चले खातामा पैसा नभएको थाहा हुँदाहुँदै चेक जारी गर्नु आफैंमा कानुनी कसुर भएको ठहर गरेको छ। अदालतले चेक प्राप्त गर्ने व्यक्तिले चे

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 246 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.