काठमाडौं— प्रधानमन्त्री बालेन निकट मानिएका शाखा अधिकृत संजीव नेपालविरुद्ध गम्भीर आर्थिक अनियमितता, अकुत सम्पत्ति आर्जन तथा कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ।दर्ता गरिएको उजुरीमा संजीव नेपालले अध्यागमन विभागमा कार्यरत रहँदा भिजिट भिसा प्रकरणसँग सम्बन्धित विभिन्न ट्राभल एजेन्सीहरूसँग आर्थिक लेनदेन गरी गैरकानुनी लाभ लिएको र त्यसैबाट ठूलो सम्पत्ति जोडेको आरोप लगाइएको छ। उजुरीकर्ताले उनको सम्पूर्ण आर्थिक गतिविधि, आयस्रोत तथा सम्पत्तिमाथि निष्पक्ष र विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन्।उजुरीमा प्रधानमन्त्री तथा मन्त
काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। भन्सार छली भएको आशंकापछि विशेष सुरक्षा अभियान सञ्चालन गर्दै गाडीहरू नियन्त्रणमा लिइएको हो।सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार जोमसोम, कुस्मा, हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। अधिकांश सवारी बीवाईडी ब्रान्डका रहेको बताइएको छ।भन्सार छलीसम्बन्धी उजुरी प्राप्त भएपछि निगरानी र गस्ती कडा पारिएको तथा सोही क्रममा गाडीहरू फेला पारिएको प्रवक्ता भट्टले जानकारी दिए। उनले कर छली भएको वा नभएको विषय अ
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको हो ।
काठमाडौं— नीति तथा कार्यक्रम पढ्दापढ्दै कर्णालीका प्रदेश प्रमुख कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ बनेका छन् ।बुधबार प्रदेश सरकारले सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रदेश प्रमुख जोशीले आफू असहज महसुस भएको बताएका छन् ।आफूले नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न नसक्ने बताएपछि मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।असहज महसुस गरे पनि प्रदेश प्रमुख जोशीले संसदमै बसेर सरकारको नीति तथा कार्यक्रम सुनिरहेका छन् ।
काठमाडौं— सहकारी क्षेत्रमा देखिएको बेथिति, अनियमितता र प्रशासनिक कमजोरीमाथि सरकारले कडा कदम चाल्न थालेको छ। सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन कार्यान्वयन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीसँग स्पष्टीकरण मागेको छ।मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा स्वीकृति तथा एकीकरणजस्ता प्रक्रियामा कानुन र सहकारीका मूल सिद्धान्त विपरीत भूमिका निर्वाह गरेको उल्लेख गरिएका कर्मचारीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको मन्त्रालयले
विराटनगर— नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा ‘सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण–विस्तारमा वित्तीय लगानीसम्बन्धी अपराध अनुसन्धान अनुशिक्षण तालिम’ विराटनगरमा सुरु भएको छ।तालिमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल को प्रमुख आतिथ्य तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशेष आतिथ्यमा भएको हो।उद्घाटन समारोहमा गभर्नर पौडेलले वित्तीय प्रणालीमा पारदर्शिता, सुशासन र आर्थिक स्थायित्व कायम राख्न सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रण महत्वपूर्ण रहेको बताए। उनले सम्
काठमाडौं— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संस्थागत सुदृढीकरण, नेतृत्व चयन प्रक्रिया तथा ऊर्जा क्षेत्रको विकासबारे छलफल गर्न मंगलबार विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक कार्यक्रम आज साँझ ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा इप्पानको संस्थागत सुधार, नेतृत्व प्रणाली, आगामी निर्वाचनको रणनीति तथा २३ औँ वार्षिक साधारणसभाबाट पारित विधान संशोधनसम्बन्धी विषयमा विस्तृत छलफल गरिनेछ ।इप्पानका अनुसार २४ औँ वार्षिक साधारणसभाको एजेन्डाका रूपमा रहेको विधान संशोधन प्रस्तावलाई केन
काठमाडौं— समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालकहरूको उपलब्ध नामावली सार्वजनिक गरेको छ । समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार सहकारी संस्थाका सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको हो ।कार्यालयले सार्वजनिक गरेको सूचनामा विवरणमा कुनै फरक परे वा अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित पक्षलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै, सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भए कार्यालयलाई सूचना दिन पनि अनुरोध गरिएको छ ।समितिले समस्याग
काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने घटेको छ। पछिल्ला दिनमा लगातार उतारचढाव देखिएको बहुमूल्य धातुको बजार आज सुनका लागि शान्त देखिए पनि चाँदीले भने गिरावटको संकेत गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ। मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएकाले आज सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।यता चाँदीको मूल्यमा भने सामान्य कमी आएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ घट्दै चाँदी ५ हजार ३ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६६ ह
काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.