आर्थिक

    Showing 601-610 of 4,487 items.
  • खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

    काठमाडौं— सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।अन्तराष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्नेगरि आजिवन स्वास्थ्य उपचारको व्यवस्था गरिने भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 368 पटक पढिएको
  • दोब्बर गरियो बालपोषण भत्ता

    काठमाडौं— सरकारले वितरण गर्दै आएको बालपोषण भत्ता दोब्बर गरी एक हजार रुपैयाँ पुर्‍याएको छ ।शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघिको बालपोषण भत्ता ५०० लाई दोब्बर गरी एक हजार पुर्‍याउने घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 426 पटक पढिएको
  • गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति

    काठमाडौं— सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको छ । नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्नेगरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रुपमा लिजमा लिनसक्ने व्यवस्था पनि गरिने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बताए ।उनले भने, ‘गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउन, विदेशी लगानी स्वीकृति, लेखांकन, नाफा फिर्ता तथा पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्नेछौँ । मुलुककी देवानी संहितामा संशोधन गरी नेपालमा लगानी गर्ने विदे

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 376 पटक पढिएको
  • द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड, ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ बन्ने

    काठमाडौं— काठमाडौं तराई मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । सो राजमार्गमा ५.४ किलोमिटर सुरुङ बन्ने भएको छ । यो आयोजनमा १७ अर्ब ६४ करोड बजेट सरकारले छुटटयाको छ ।आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् । यो आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 368 पटक पढिएको
  • सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सरकारले अभियान चलाउने

    काठमाडौं— सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सरकारले अभियान चलाउने भएको छ ।आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।अर्थमन्त्री वाग्लेले भने– सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ । आर्थिकरुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ ।यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानको एक्वेवद्धताकारुपमा सम्मान गरिने भएको छ ।देशभरि उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक एक हजार बनाइएको छ

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 358 पटक पढिएको
  • मन्त्रालय संख्या १८ मा सीमित, ३१ निकाय खारेज गरिने

    काठमाडौं— सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेको जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रशासनिक खर्च कटौती गर्दै बचत हुने रकम प्रशासन सुधार तथा सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउन उपयोग गरिने बताएका छन्।शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उनले ३१ वटा निकाय खारेज गरिने जानकारी दिए। यस्तै, ६ निकायलाई एकआपसमा गाभिने, ६ निकायलाई हस्तान्तरण गरिने तथा १८ निकायको पुनर्संरचना गरिने उनले बताए।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 355 पटक पढिएको
  • कर्मचारी र सुरक्षाकर्मीको सेवा सुविधा बढाइने

    काठमाडौं— सरकारले प्रशासनिक क्षेत्रमा सुधार गर्दै साधारण खर्चमा व्यापक मितव्ययिता कायम गरिने नीति लिएको छ। कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादनमा कुशल र पूर्ण रूपमा जवाफदेही बनाउने उद्देश्य बजेटले राखेको छ। यसका लागि निजामती कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरूको सेवासुविधा निरन्तर रूपमा वृद्धि हुँदै जाने गरी आवश्यक प्रबन्ध मिलाइएको समेत अर्थमन्त्री वाग्लेले बताए।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 387 पटक पढिएको
  • सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने

    काठमाडौं— सरकारले विभिन्न ३१ वटा सरकारी निकायहरू खारेज गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्।बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले प्रशासनिक खर्च कटौती र चुस्तताका लागि ३१ वटा निकाय खारेज गर्नुका साथै ६ वटा निकायलाई एकापसमा गाभ्ने (मर्जर गर्ने), ६ वटा निकायलाई हस्तान्तरण गर्ने तथा १८ वटा निकायको पुनःसंरचना गरिने स्पष्ट पारे।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 408 पटक पढिएको
  • नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

    काठमाडौं— सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ ।यस्तै नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाललाई एआईमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको जानकारी दिए ।यसैगरी अब तीन महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना हुने भएको छ । एआई फ्याट्री पनि बन्ने भएको छ । यसले इन्धन अभावमा केही राहत दिनेछ ।यसैगरी विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई सरकारले एकीकृत गर्ने भएको छ । अब हरित करका रूपमा सरकारले राजश्व संक

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 307 पटक पढिएको
  • कृषि तथा पशुपालन गर्ने कृषकलाई ४० प्रतिशत प्रोत्सान दिने

    काठमाडौं— सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपालन गर्ने कृषकलाई प्रोत्सान गर्ने भएको छ । न्यूनतम २ करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो ।कृषिको सौलियत लोनलाई पनि वास्ताबीक कृषसम्म पुर्याने लक्ष्य राखेको छ । कृषि उत्पादनलाई प्रोत्सान गर्ने भएको छ भने पशुको डाक्टरलाई पनि कृषकसँग जोडिने भएको छ ।आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 339 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.