काठमाडौं— मन्त्रिपरिषद् बैठक सुरु भएको छ । संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो । सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने कार्यक्रम रहेको छ ।संवैधानिक
काठमाडौं— राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार सम्पन्न सञ्चालक समितिको निर्वाचनमा कोशी प्रदेशबाट सञ्चालक रहेका उप्रेतीले आफ्ना प्रतिद्वन्द्वी परितोष पौड्याललाई पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा उप्रेतीले ५ मत प्राप्त गरेका थिए भने पौड्यालको पक्षमा २ मत परेको थियो । झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बैंकमा प्रतिनिधित्व गरेका उप्रेती यसअघि बैंकको लेखा समिति संयोजकको जिम्मेवारीमा थिए । जेठ १३ गते नवनिर्वाचित सञ्चालकहरूले शपथ ग्रहण गरेलगत्तै अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको
काठमाडौं— मन्त्रिपरिषद् बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै छ ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नका लागि प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन् ।मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि दिउँसो ४ बजे अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । संयोगले आज वाग्लेको जन्मदिन पनि परेको छ । १९७४ मे २९ मा गोरखाको बुङकोटमा जन्मिएका वाग्ले आजबाट ५२ वर्ष लागेका छन् । विक्रमसंवत् अनुसार भने उनको जन्मदिन जेठ १६ (भोलि) हो ।
काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।आज सुनको मूल्य प्रतितोलामा पाँच हजार ६ सय रूपैयाँले बढेर दुई लाख ९० हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
काठमाडौं— राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार भएको सञ्चालक समितिको निर्वाचनमा कोशी प्रदेशबाट सञ्चालक रहेका उप्रेतीले आफ्ना प्रतिद्वन्द्वी परितोष पौड्याललाई पराजित गर्दै अध्यक्ष पदमा बाजी मारेका हुन् ।सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा उप्रेतीले ५ मत प्राप्त गरे भने पौड्यालको पक्षमा केवल २ मत मात्र परेको थियो । झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बैंकमा प्रतिनिधित्व गरेका उप्रेती यसअघि बैंकको लेखा समिति संयोजकको रूपमा कार्यरत थिए । जेठ १३ गते सञ्चालकहरूले शपथ ग्रहण गरेलगत्तै अध्यक्ष चयनका लागि यो निर्वाचन प्रक्रिया अघि बढाइए
काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट हो, जुन रास्वपाको ’वाचापत्र’लाई मुख्य मार्गचित्र मानेर तयार पारिएको छ ।राष्ट्रिय स्रोत अनुमान समितिले दिएको १८ खर्ब ९० अर्बको सुरुवाती सीमा (सिलिङ) नाघेर अर्थमन्त्रीले करिब २१ देखि २२ खर्ब रुपैयाँको ठूलो आकारको बजेट ल्याउने तयारी गरेका हुन् । चालू आर्थिक वर्षमा करिब डेढ खर्बको घाटा र न्यून राजस्व संकलनको बाबजुद जनआकांक्षा सम्बोधन गर्न सरकारले महत्वाकांक्षी लक्ष्य लिएको
काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको २३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १८५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८१ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८७, निषेधित क्षेत्रमा हर्न बजाउने ९१, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १११, एकतर्फी सडकमा सवारी चलाउने ९३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४२ जनालाई कारबाही गरिएको हो ।
काठमाडौँ। सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै रु १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रालयका एक जना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिएका छन् । सुशासन र
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज (शुक्रबार) बजेट प्रस्तुत गर्दै छ ।दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो । गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याउन लागेको यो पहिलो बजेट हो । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो ।अर्थमन्त्री वाग्लेले चालु बजेट
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.