आर्थिक

    Showing 651-660 of 4,487 items.
  • अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

    काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा बहुमूल्य धातुको मूल्य बढेको हो ।आज सुनको मूल्य ०.७९ प्रतिशत अर्थात् ३६.३२ डलरले वृद्धि भएर प्रतिऔंस ४ हजार ५६१ डलर पुगेको छ । डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन सस्तो पर्ने भएकाले माग बढेको विश्लेषकहरूले बताएका छन् । त्यस्तै, कच्चा तेलको मूल्य घट्दा मुद्रास्फीतिको दबाब कम हुने अपेक्षाले पनि सुनको मूल्यलाई समर्थन गरेको छ । अमेरिका–इरान शान्ति वार्तामा सम्भावित प्रगतिका संक

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 679 पटक पढिएको
  • ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

    काठमाडौँ। ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ११ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको छ ।आज बिहानसम्म सञ्चालन गरिएको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १०५, राइड सेयरिङमा २३८, रातोबत्तीमा १८४, तीव्र गतिमा १८६, लेनक्रसमा १४, सडक फुटपाथमा १००, हर्न निषेधमा ११९, एकतर्फीमा १३९, अन्यमा एक हजार ३६८ गरि कूल दुई हजार ४५३ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिन

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 240 पटक पढिएको
  • बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

    झापा— पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ ।पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापा अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोस भएर लडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको थियो ।उद्धारलगत्तै थापालाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रवक्ता खड्काले

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 502 पटक पढिएको
  • खानीबाट २३ करोड ७७ लाख ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

    काठमाडौं—  खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर रु २५ तथा नियमबमोजिम ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेतको रकम असुल गर्न भनिएको छ ।खानी तथा खनिज पदार्थ नियमावलीअनुसार, खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको सात

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 477 पटक पढिएको
  • उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

    काठमाडौं—  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ।प्रदेशसभामा विनियोजन विधेयक २०८३ का सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै धनेन्द्र कार्की ले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधारलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाइने बताए ।प्रदेशभित्रै रोजगारीका अवसर बढाउन युवामुखी सीप विकास तालिम, स्वरोजगार कार्यक्रम र स्टार्टअप प्रवर्द्धन योजनालाई प्राथमिकता दिइने जनाइएको छ। साथै, उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयो

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 479 पटक पढिएको
  • सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 518 पटक पढिएको
  • एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

    काठमाडौं— एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ ।कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । साथै ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रु

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 98 पटक पढिएको
  • ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

    काठमाडौँ। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन गरिएको छ ।आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १०७, राइड सेयरिङमा १९२, रातोबत्तीमा १८३, तीव्र गतिमा १२६, लेनक्रसमा ४१, सडक फुटपाथमा ७५, हर्न निषेधमा १४९, एकतर्फीमा ७७ र अन्यमा ८९१ गरी कुल एक हजार ८४१ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।  उहाँल

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 301 पटक पढिएको
  • अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव

    काठमाडौं— आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा विज्ञ तथा सरकारी अधिकारीबीच बिहीबार बसेको अर्थ समितिका छलफल गरिएको छ ।बैठकमा बोल्दै अर्थविद् डा.डिल्लीराज खनालले अर्थतन्त्रको पुनर्संरचनाबिना नेपालको सन्दर्भमा आर्थिक रूपान्तरण सम्भव नभएको दाबी गरे।उनले रूपान्तरणका लागि सुशासन पहिलो शर्त भएको बताउँदै हाल भइरहेका पुनर्संरचनाका बहसहरू यथास्थितिवादी भएको टिप्पणी गरे।‘अर्थतन्त्रका पाँच छ वटा क्षेत्रहरूलाई नयाँ ढंगले प्राथमिकीकरण गर्दैमा मात्रै पुनर्संरचना हुँदैन, सिद्धान्त र प्राथमिकता पनि बाचा गरिएका कुरासँग ठ्याक्कै मेल खाँदैन,’ डा।खनालले भने।उनले नयाँ चरणको आर्थिक सुध

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 521 पटक पढिएको
  • सुनको मूल्य १८ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक हजार आठ सय र सुनको ९० रुपैयाँ बढेको हो।मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।यसअघि बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।यता, बुधबार प्रतितोला चार हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँ

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 591 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.