आर्थिक

    Showing 671-680 of 3,301 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४  रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७  पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ०५ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 318 पटक पढिएको
  • गोंगबुमा ४ करोडसहित सुनका गरगहना बरामद

     काठमाडौं— राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो । गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए । छापा मारेर करिब ४ करोड रुपैयाँ र सुनका गरगहना बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए । उनले यसबारे थप अनुसन्धान भइरहेको बताए । 

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 559 पटक पढिएको
  • अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

    काठमाडौं— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष  जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको छ ।अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए ।  उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकता

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 471 पटक पढिएको
  • भौतिक पूर्वाधार मन्त्रालयको वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठी सुरु

    हेटौंडा— भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको आयोजनामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा २०८२/८३ को कार्ययोजना गोष्ठी हेटौंडामा सुरु भएको छ ।कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार मन्त्री डा. दिनेश चन्द्र देवकोटाले गरेका छन् । गोष्ठीमा मन्त्रालयका अधिकारी, इन्जिनियर तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 446 पटक पढिएको
  • सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

    काठमाडौं— सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।यस आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कम्पनीका कर्मचारीका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारणका लागि खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 418 पटक पढिएको
  • आज पनि बढ्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 471 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ तीन पैसा र बिक्रीदर १६५  रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७६ रुपैयाँ तीन पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४८ पैसा र बिक

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 267 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं— सोमबारदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको छ। आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रति लिटर १ रुपैयाँले घटाइएको छ।अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा लागू हुने हवाई इन्धनको मूल्य प्रति किलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ।पेट्रोलको मूल्य घटेर आए पनि खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। एलपी ग्यासको मूल्यमा पनि कुनै परिवर्तन गरिएको छैन।निगमले सार्वजनिक गरेको विज्ञप्तिमा मूल्य समायोजन अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा गरिएको जनाइएको छ।

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 503 पटक पढिएको
  • आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

    काठमाण्डौं— बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत दिन सकिने व्यवस्था गरिएको छ । यो आईपीओ छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते बन्द हुनेछ ।यस आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।आईपीओ निष्कास

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 459 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

    काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 535 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा