आर्थिक

    Showing 681-690 of 4,487 items.
  • सेयर बजार खुलागरे नेपालमा ठूलो लगानी भित्रिन्छः उपाध्यक्ष बज्राचार्य

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले सरकारले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् ।आइतबार पत्रकार सम्मेलन गर्दै उनले विदेशमा रहेका नेपालीहरूको सानो–सानो लगानीले पनि नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए ।उनले भने, ‘म अर्वौंको लगानी ल्याउन तयार छु, तर सरकारले नेपालीलाई सेयर बजारमा खुला गर्नुपर्छ । विश्वभरि रहेका नेपालीहरूले आफ्नो कमाइको एक–दुई हजार रुपैयाँ मात्रै लगाएर यहाँको सेयर किनेपनि त्यो रकम खर्बौं पुग्नसक्छ । त्यसैले ठूलो लगानी ल्याउने कुरा मात्र नगरी सेयर बजार खुला गर्नुपर्छ ।’बज्राचार्यले नेपाल

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 500 पटक पढिएको
  • एलपी ग्यासको अनुदान हटाउने सरकारको तयारी, विद्युतीय चुल्होमा अनुदान दिने योजना

    काठमाडौं— नेपाल सरकारले आर्थिक वर्ष २०९२/९३ सम्म एलपी ग्यासमा दिँदै आएको अनुदान हटाएर विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको “ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३” मा यस्तो योजना अघि सारिएको हो।रणनीतिअनुसार सरकारले खाना पकाउन प्रयोग हुने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै लैजाने र त्यसको विकल्पका रूपमा विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने लक्ष्य राखेको छ। मन्त्रालयका अनुसार स्वच्छ ऊर्जा प्रवर्द्धन गर्दै विद्युत् खपत बढाउने उद्देश्यले यो योजना ल्याइएको हो।नेपालमा प्रत्येक वर्ष ग्यास आयातमा ठूलो रकम बाहिरिने गरेको

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 637 पटक पढिएको
  • चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा

    काठमाडौं— भारत सरकारले उच्च शुद्धतायुक्त चाँदी (सिल्भर) आयातमा कडाइ गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले शुक्रबार नयाँ सूचना जारी गर्दै केही प्रकारका चाँदी आयातलाई ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखेको हो ।‘नोटिफिकेशन नम्बर १७/२०२६–२७’ अनुसार ९९.९ प्रतिशत वा सोभन्दा बढी शुद्धता भएको चाँदी बारको आयात अब भारतीय रिजर्भ बैंकको नियम तथा विशेष नीतिगत सर्तअन्तर्गत मात्र गर्न पाइनेछ । यो व्यवस्था तत्काल लागू गरिएको सूचनामा उल्लेख छ ।विदेश व्यापार (विकास तथा नियमन) ऐन, १९९२ तथा विदेश व्यापार नीति, २०२३ अन्तर्गत सरकारले आटिसी एचएस कोड ७१०६९

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 561 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।आज छापावाला सुनको मूल्य तोलामा ४५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य ३३० रुपैयाँले घटेको छ । आज चाँदी मूल्य तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भएको थियो ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 707 पटक पढिएको
  • ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १२६ र अन्य सवारी नियम पालना नगरेका एक हजार १३९ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 320 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ १२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 406 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनकोे मूल्य घटेको छ । आज सुन ४ हजार रुपैयाँले घटेर तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार सुन ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ । हिजो बिहीबार चाँदी ५ हजार ७ सय ४५ रुपैयाँमा कारोवार भएको थियो ।

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 633 पटक पढिएको
  • महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश

    काठमाडौं—  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् ।सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको बताए ।‘बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्छु’, उनले भने ।राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरका

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 502 पटक पढिएको
  • ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५१,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८६ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १४२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 309 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 345 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.