आर्थिक

    Showing 711-720 of 4,487 items.
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो आइतबार सुन तोलामा दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ ।आज चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 193 पटक पढिएको
  • यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १ पैसा र

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 451 पटक पढिएको
  • ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ४८ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 269 पटक पढिएको
  • निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत

    धनगढी— निर्माण व्यवसायी संघ, कैलालीको अध्यक्षमा दीर्घराज जोशी र केही पदाधिकारी सर्वसम्मत चयन हुँदा महासचिव र खुल्ला सदस्य पदका लागि निर्वाचन भएको छ ।महासचिव पदमा दीर्घराज जोशी प्यानलका अमर बहादुर खड्का र स्वतन्त्र उम्मेदवार किरण रावलबिच प्रतिस्पर्धा हुँदैछ ।यस्तै खुला सदस्य पदका लागि विनोद विष्ट, शिवराज सापकोटा, टेकराज जोशी, चक्रबहादुर मल्ल, टेकबहादुर खड्का, रुद्रप्रसाद पन्त र भोजराज रेग्मीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । अध्यक्षा सर्वसम्मत चयन भएका जोशीले व्यवसायीहरूको हकमा काम गर्ने बताएका छन् ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 432 पटक पढिएको
  • धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने

    कैलाली— धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर हमालले ५बर्षमा प्राप्त हुने पारिश्रमिकमा ५ लाख थपेर ४४ लाख रुपैंया विपन्न तथा जेहन्दार विद्यार्थीको पढाइमा खर्च गर्ने बताएका हुन् ।हमालले पाँच आर्थिक वर्षमा ३८ लाख ८२ हजार आठ सय ७३ रुपैयाँ सेवा सुविधाबाट प्राप्त गरेको र बाँकी रकम आफ्नो व्यक्तिगत थप गरेर ४४ लाख पुगाउने बताएका छन् ।हमालले सार्वजनिक शिक्षाको विकास तथा विपन्न वर्गको शिक्षामा पहुँच स्थापना, गौ संरक्षण तथा व्यवस्थापन र सामाजिक विकासका क्षेत्रहरूमा सेवा सुविधा

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 462 पटक पढिएको
  • सर्लाहीमा सुनचाँदीका गरगहना चोरेको आरोपमा बालकसहित पाँच जना पक्राउ

    सर्लाही— सर्लाही प्रहरीले मलंगवा नगरपालिका–८ हनुमान टोलस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा तीन बालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत सोमबार राति करिब २ः५२ बजे राजीव शर्माको घरबाट विभिन्न सुनचाँदीका गरगहना तथा अन्य सामान चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।घटनास्थलको सूक्ष्म अनुसन्धान तथा विभिन्न प्रविधिको प्रयोगबाट चोरीमा संलग्न रहेको आशंकामा तीन बालकको पहिचान भएपछि प्रहरीले उनीहरूलाई वैशाख २२ गते नियन्त्रणमा लिएको जनाएको छ ।पक्राउ परेका बालकहरू १४, १५ र ११ वर्षका रहेका छन् । यसैगरी, घटनामा संलग्न रहेको आरोप

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 481 पटक पढिएको
  • यार्सागुम्बा टिप्न गएका २५ जना नियन्त्रणमा

    मुगु— हिमाली जिल्ला मुगुको पूर्व भेगमा पने मुगमकामारोङग गाउँपालिकामा पाहिने बहुमूल्य जडीबुटी यार्चागुम्बा टिप्नकोलागि लुकीछिपी चोर्न गएका २५ जना मानिसहरू पक्राउ परेका छन् ।मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।बिहीबार जिल्लाको मुगुमा कार्मारोङ्ग गाउँपालिकास्थित विभिन्न पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाँदै गरेका जुम्ला जिल्ला पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिकासहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाल

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 457 पटक पढिएको
  • यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९४ रुपैयाँ २३ पैसा तोकिएको छ ।यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४५ पैसा र ब

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 428 पटक पढिएको
  • ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन

    काठमाडौँ।  बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६२, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८८ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ७७, एकतर्फी सडकमा सवारी चलाउने १११ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 155 पटक पढिएको
  • स्मार्ट टेलिकमको अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना र लिलामी प्रकरणमा आफ्नो नाम जोडिएपछि खरेल कानुनी उपचार खोज्ने

    काठमाडौं— पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भइरहेको दाबी गर्दै कानुनी उपचारमा जाने बताएका छन् । सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना र लिलामी प्रकरणमा आफ्नो नाम जोडिएपछि खरेलले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै ‘भ्रम फैलाउने’ माथि कानुनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।अन्तरिम सरकारका सञ्चारमन्त्री रहेका बेला स्मार्ट टेलिकमको अनुमतिपत्र रद्द भई सरकारी स्वामित्वमा आइसकेको सम्पत्ति एनसेललाई कम मूल्यमा लिलामी गराउन भूमिका खेलेको आरोप खरेलमाथि लगाइएको छ । उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (स

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 459 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.