आर्थिक

    Showing 731-740 of 4,487 items.
  • नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।महासंघमा सम्पन्न निर्वाचनमा श्रेष्ठले ६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी शिवहरी घिमिरेले ६० मत प्राप्त गरेका थिए ।श्रेष्ठ वर्तमान उपाध्यक्ष हेमराज ढकाल समूहबाट निर्वाचित भएका हुन् भने घिमिरे भावी अध्यक्ष अन्जन श्रेष्ठ समूहबाट उम्मेदवार बनेका थिए ।महासंघको नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा र निजी क्षेत्रको भूमिका थप सक्रिय हुने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 435 पटक पढिएको
  • इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

    काठमाडौं— नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य बन्न अब इञ्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरू पनि योग्य हुने भएका छन् । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत बिमा ऐन २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।यसअघि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा स्नातकोत्तर उपाधि र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य थियो । संशोधनपछि उक्त सूचीमा इञ्जिनियरिङ विषय पनि थपिएको छ ।साथै, अध्यक्ष वा सदस्य बन्न उच्च नैतिक चरित्र भएको र कानुनअनुसार

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 441 पटक पढिएको
  • टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    काठमाडौं— टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर सार्वजनिक गरेको हो ।यसअघि आयोजना प्रभावित भोजपुरका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँड गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत दिन सकिनेछ ।आईपीओमा छिटोमा वैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 471 पटक पढिएको
  • निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको निर्माण आयोजनाहरूको काम द्रुत गतिमा अघि बढाउन र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।मंगलबार मन्त्रालयले मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ हुने प्रवृत्तिको अन्त्य गर्न, नियमित अनुगमन तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न भनेको हो ।आयोजना कार्यान्वयनमा देखिएका अवरोधहरू तत्काल पहिचान गरी समाधान गर्न सम्बन्धित निकायहरूबिच प्रभावकारी समन्वय गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ ।‘मूल्य समायोजन सम्बन्धमा कनट्र्याक्ट डकुमेन्टमा भएको व्यवस्था अ

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 437 पटक पढिएको
  • यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 479 पटक पढिएको
  • नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

    काठमाडौं— अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७८ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो ।आज तीन सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।जीवन बीमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ४४ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव ०४, वित्त शून्य दशमलव १२,

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 439 पटक पढिएको
  • सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

    काठमाडौं— बजारमा इन्धनको मूल्य घटाउन सरकारमाथि चर्को दबाब बढिरहेका बेला सरकारले भने मूल्य घटाउने सम्भावना तत्काल नरहेको स्पष्ट पारेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अन्तर्राष्ट्रिय आपूर्ति र मूल्य संरचनाका कारण सरकारले चाहेर पनि पेट्रोलियम पदार्थ सस्तो बनाउन नसक्ने बताएका हुन्।मंगलबार संघीय संसदअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले इन्डियन आयल कर्पोरेशन (आईओसी) ले निर्धारण गरेको मूल्यअनुसार इन्धन खरिद गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे। “महँगोमा किन्ने र सस्तोमा बेच्ने अवस्था छ, जसले गर्दा अघिल्लो सञ्चित नाफा पनि

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 481 पटक पढिएको
  • समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि रकम फिर्ता गरिने

    काठमाडौं— सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थामा जम्मा भएको बचत फिर्ता प्रक्रिया अघि बढाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ।समितिका सदस्य–सचिव रविन ढकालले आगामी जेठको पहिलो सातादेखि बचत फिर्ता गर्ने काम सुरु गरिने जानकारी दिएका छन्। उनका अनुसार यसअघि मागदाबी गरिसकेका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर भुक्तानी प्रक्रिया अघि बढाइनेछ।त्यस्तै, विभिन्न कारणले समयमै दाबी पेश गर्न नसकेका बचतकर्ताका लागि पुनः अवसर दिइने भएको छ। समितिले साउनको पहिलो सातादेखि पुनः आवेदन दिने व्यवस्था मिलाउने तयारी गरेको जन

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 464 पटक पढिएको
  • चितवन अटो–शो सम्पन्नः ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

    चितवन— चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । चितवन अटो–शो २०२६ चितवन अटो मोबाइल डिलर्स एसोसिएसन र चितवन अटो मोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख १७ गतेदेखि सुरु भएको मेला पाँच दिनपछि सोमबार समापन गरिएको हो ।आयोजकका अनुसार अटो–शो अवधिभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मेलामा कुल ३२१ सवारी साधन बुकिङ एवं बिक्री भएका छन्, जसमा ११४ मोटरसाइकल, १४८ कार र ५९ भ्यान रहेका छन् ।पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा १२ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहेको थियो । करिब ३० कम्पनीका ७० भन्दा बढी स्टलमार्फत कार, जिप, मोटरसा

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 448 पटक पढिएको
  • कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि निष्काशन गरिने

    काठमाडौं— कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेको छ ।अब दोस्रो चरणमा कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते बन्द हुनेछ ।कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ रेटिङ प्रदान गरेक

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 488 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.