आर्थिक

    Showing 791-800 of 4,487 items.
  • कर्णालीका दर्जनौं पुल र सडक स्तरोन्नतीका आयोेजना अलपत्र

    सुर्खेत— कर्णालीका दर्जनौं पुल निर्माणको कार्य अलपत्र अवस्थामा परेका छन् । निर्माण कम्पनीको लापरवाही र सरोकारवाला निकायको उदासिनताका कारण ती पुलहरु अलपत्र परेका हुन् । कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकखण्ड, भेरी करिडोर र कर्णाली करिडोरका विभिन्न स्थानका पुल निर्माणको काम अलपत्र अवस्थामा छन् ।कर्णाली करिडोरअन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डका विभिन्न नदी तथा खोलामा निर्माण गर्ने नौ स्थानमा पुल निर्माणको काम रोकिएको छ ।हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दोजाममा कर्णाली नदीमाथि निर्माण भइरहेको स्टिल ट्रस मोटरेबल पुलपनि निर्धारित समयमा सम्पन्न हुन सकेको छैन । ५५ मिटर र चौडाइ १० मिटरको उक्त

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 539 पटक पढिएको
  • यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा तोकिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको ख

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 463 पटक पढिएको
  • धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग, रास्वपाका युवा नेताहरुले बुझाए ज्ञापन

    धनगढी— सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग गर्दै रास्वपाको जेनजी समूहले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ ।राति १० बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द गरिने वर्तमान व्यवस्था समयसापेक्ष नदेखिएको यसले व्यापार, पर्यटन, रोजगारी, सेवा प्रवाह तथा समग्र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको रास्वपाको ठहर छ ।‘धनगढीलाई चलायमान, लगानीमैत्री र आधुनिक बजारका रूपमा विकास गर्न रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण आवश्यक देखिन्छ। काठमाडौंलगायत देशका मुख्य सहरमा २४ घण्टा व्यवसाय सञ्चालनको अभ्यास सफल रहेको सन्दर्भमा धनगढीमा

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 567 पटक पढिएको
  • यती एयरलाइन्समा अवसर

    काठमाडौं— यती एयरलाइन्समा रोजगारी अवसर खुलेको छ। एयरलाइन्सले काठमाडौंका लागि मानव संसाधन (एचआर) प्रमुख पदका लागि रोजगारी अवसर खुला गरेको छ। उक्त पदमा नियुक्त हुनेले संस्थाको समग्र व्यावसायिक लक्ष्यअनुसार मानव संसाधन रणनीति निर्माण र कार्यान्वयन गर्ने जिम्मेवारी सम्हाल्नु पर्ने बताइएको छ।आवेदकले मानव संसाधन, व्यवसाय प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, कम्तीमा १० देखि १५ वर्षसम्मको मानव संसाधनसम्बन्धी अनुभव र त्यसमध्ये कम्तीमा ५ वर्ष नेतृत्व तहमा काम गरेको अनुभव अनिवार्य छ।नेपालको श्रम कानुन र मानव संसाधन अभ्यासबारे राम्रो ज्ञान, उत्कृष्ट नेतृत्व

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 439 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 171 पटक पढिएको
  • यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै आएको ६० प्रतिशत कर छुट निरन्तर कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । महासंघले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै विगतमा भएको निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।महासंघका अनुसार २०७६ सालमा भएको निर्णयअनुसार यातायात व्यवसायीलाई वार्षिक कर, रुट परमिट तथा जाँचपासमा ६० प्रतिशत छुट दिने सहमति भएको थियो । उक्त निर्णयलाई आधार मानी लामो समयसम्म कार्यान्वयन हुँदै आएको भए पनि संघीय संरचना कार्यान्वयनमा आएपछि विभिन्न प्रदेशमा यसको कार्यान्वयनमा असमानता देखिएको महासंघको भनाइ छ । पत्रमा उल्ले

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 139 पटक पढिएको
  • नेप्से परिसूचकमा सामान्य गिरावट

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अंकले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको छ ।आज ३४२ कम्पनीको एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर एक लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा बैंकिङ शून्य दशमलव १३, वित्त समूह शून्य दशमलव ५८, लगानी शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र निर्जीवन बीमा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।विकास बैंक शून्य दशमलव २७, होटल तथा पर्यटन दुई दशमलव ३६, जलविद्युत् श

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 491 पटक पढिएको
  • ८०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । आज सुन ८०० रुपैयाँले घटेर तीन लाख ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 481 पटक पढिएको
  • ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

    काठमाडौं— भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार अब वैशाख ८ गतेदेखि ३ करोडभन्दा माथिको थैली अङ्क भएको घरजग्गा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा इजाजत प्राप्त एजेन्सी वा कम्पनीमार्फत मात्र गर्नुपर्नेछ । यो व्यवस्थाले ठूला कारोबारलाई सरकारी निगरानी र कानुनी दायरामा ल्याउने लक्ष्य राखेको छ ।यो नयाँ व्यवस्था मालपोत ऐन, २०३४ को दफा २६क। र नेपाल सरकारले २०८२ असोज २७ मा राजपत्रमा प्रकाशित गरेको सूचनाको आधारमा कार्यान्वयनम

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 470 पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रियसभा अन्तरर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।बैठक विहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.