आर्थिक

    Showing 861-870 of 3,733 items.
  • हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

    हेटौँडा— कुनै समय हजारौँ मजदुरले रोजगारी पाएको देशकै गर्वका रूपमा चिनिएको हेटौँडा कपडा उद्योग आजभोली सुनसान छ । झन्डै दुई दशकअघि बन्द भएको यो उद्योगको पुनः सञ्चालनको माग फेरि चर्किएको छ ।हेटौँडा औद्योगिक क्षेत्रमा फैलिएको करिब २३६ रोपनी जग्गामा स्थापना गरिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकहरूलाई प्रत्यक्ष रोजगार दिएको थियो । सन् १९८० को दशकमा उत्पादनको चरमणमा पुगेको यो उद्योगले स्थानीयको घरघरमा उज्यालो ल्याएको सम्झना अझै ताजा छ ।स्थानीय ९५ वर्षीय पूर्वकर्बछरी सूर्यबहादुर स्याङतान भन्छन्, ‘हामीले यही उद्योगमा बनेको कपडा लगाएर आफ्ना छोराछोरी पालेका थियौँ। यो हाम्रो जीवनको अभिन्न अंग

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 492 पटक पढिएको
  • एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    काठमाडौं— एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ ।यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 424 पटक पढिएको
  • हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

    हेटौंडा— देशकै पुरानो सरकारी स्वामित्वको उद्योग हेटौंडा सिमेन्ट फ्याक्ट्री फेरि एकपटक संकटको चपेटामा परेको छ । उत्पादन स्थगित भएको झण्डै एक वर्ष नाघ्दा सरकारले यो उद्योगलाई निजीकरण प्रक्रियामा लैजाने तयारी थालेपछि यसबारे व्यापक बहस सुरु भएको छ ।वि.सं. २०३३ मा जापान सरकारको सहयोगमा स्थापना गरिएको हेटौंडा सिमेन्ट उद्योगले सन् १९८६ डिसेम्बर ११ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । सुरुवाती समयमा यसले देशको सिमेन्ट मागको ठूलो हिस्सा पु¥याएको थियो । वार्षिक २ लाख ६० हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो उद्योग अहिले भने पुरानो प्रविधि, मेसिनरी जीर्णता र व्यवस्थापन कमजोरीका कारण लामो समयदेखि उ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 402 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौ। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार ९९० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 314 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६० पैसा र बिक्रीदर १०१ र

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 338 पटक पढिएको
  • सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो, कारोबार रकममा पनि गिरावट

    काठमाडौं— सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको नेप्से मंगलबार फेरी २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ ।यसदिन कुल ३२२ स्टकको ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर कारोबार भएको छ । ४६ हजार ८७५ पटकको कारोबारमा उक्त शेयर कारोबार भएको हो । यसअघि सोमबारको कारोबारमा ६ अर्ब ५ करोड रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।यसदिन आजदेखि कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्कि

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 564 पटक पढिएको
  • गोरखाको तातोपानीमा अलपत्र परेका ३५ पर्यटकको सकुशल उद्धार

    काठमाडौं— गोरखाको धार्चे गाउँपालिका—३ स्थित तातोपानी ईलाकामा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए ।सो बारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाएको छ ।उद्धार गरिएकाहरूको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 522 पटक पढिएको
  • ६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

    काठमाडौं—  ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो ।अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ । अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।विभागले दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खरीदको कुल मूल्

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 580 पटक पढिएको
  • माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर अधिकतम मूल्यमा दोस्रो बजारमा कारोबार सुरु

    काठमाडौं—  माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर कात्तिक १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीले कात्तिक १७ गते संस्थापकतर्फ १९ लाख ६७ हजार ७१० कित्ता र सर्वसाधारणतर्फ १८ लाख ९० हजार ५३० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो ।कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसादेखि अधिकतम प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसासम्म मूल्य रेंज तोकेको थियो । मंगलबार स्पेशल प्रि–ओपनिङ सेसनमा नेप्सेले तोकेको अधिकतम मूल्य ३१७ रुपैयाँ ७० पैसामा कम्पनीको ३० कित्ता शेयर कारोबार भएको छ । एमएबिइएल स्टक संकेतबाट शेयर का

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 574 पटक पढिएको
  • बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी

    जनकपुर— जनकपुरधामका व्यवसायीहरुले आज बजार बन्द गरेर विरोधमा उत्रिएका छन् । धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा धनुषा प्रहरीले छापा मार्ने क्रममा भएको विवादमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउको फुटेको थियो । सोको विरोधमा जनकपुरधामका व्यवसायीहरुले बजार बन्द गरी विरोध ¥याली निकालेका छन् । कालो पट्टी बाँधेर कालो झण्डा बोकी जनकपुर बजारमा विरोध ¥याली निकालेका छन् । उनीहरुले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैर कानुनी तरीकाले व्यापारीलाई लुट्न पाईँदैन, धनुषाका डिएसपी मुर्दाबाद लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।कुनै पनि पसल वा सं

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 419 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.