खेलकुद

    Showing 1,461-1,470 of 1,510 items.
  • नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

    काठमाडौँ / त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो । विश्व कीर्तिमान बनाउने क्रममा रहनुभएका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भए । उनले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाएका छन् । यसअघिका तीन खेल९नेदरल्याण्डस, मलेसिया०मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुके । 

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 144 पटक पढिएको
  • कुशल आइसिसीको विश्व टि-२० वरियतामा

    काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को विश्व टि(२० वरियतामा पहिलो पटक परेका छन् ।आइसिसीले मंगलबार जारी गरेको नयाँ वरियतामा ब्याटिङतर्फ कुशल ९३ औं स्थानमा छन् । कुशलको ३ सय ५९ रेटिङ अंक छ ।त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत वैशाख ४ मा कुशलले नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रनको इनिङ खेलेका थिए । टि२० आई त्रिकोणात्मक सिरिजमा डेब्यू गर्दै लगातार तीन अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएपछि कुशल आइसिसीको ब्याटिङको ९३ औं स्थानमा अटाएका छन् ।कुशल मलेसियासँग ६१ रन बनाउँदा नेदरल्यान्ड्सँग दोस्रो खेलमा ६२ रन बनाएका थिए । कुशल ट

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 175 पटक पढिएको
  • क्रिकेटर कुशलले बनाए विश्व कीर्तिमान

    काठमाडौं / नेपाली क्रिकेटर कुशल भुर्तेलले लगातार तेस्रो टी–२० क्रिकेटमा अर्धशतक प्रहार गर्दै कीर्तिमान रचेका छन् ।नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलमा १३औँ ओभरको अन्तिम बलमा अर्यान दत्तको बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए । करिअरको पहिलो ३ टी–२० म्याचमा लगातार अर्धशतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । कुशलले आजको खेलमा १ छक्का र ८ चौकाको मद्धतमा ६२ रनको पारी खेले ।आजको खेलमा अर्धशतक बनाएका कुशल टी–२० क्रिकेटमा लगातार ३ अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले यसअघि नेदरल्यान्डविरुद्ध ६२ र मलेसियाविरुद्धको खेलमा नटआउट ६१ रनको पारी खेलेका थिए । अन्तर्

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 510 पटक पढिएको
  • मेयर कप फुटसल प्रतियोगिता वैशाख ९ देखि

    भक्तपुर / सूर्यविनायक नगरपालिकास्तरीय प्रथम मेयर कप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । खेलकूदमार्फत युवाको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले आयोजना हुने सो प्रतियोगितामा १० वटै वडाको सहभागिता रहने छ । सूर्यविनायक–८ सिपाडोलस्थित सिपाडोल युवा समाजले आयोजना गर्ने प्रतियोगिताको तयारी पूरा भएको सुनपा–८ का वडाध्यक्ष किरण थापाले जानकारी दिएका छन् ।यही वैशाख ९ र १० गते आयोजना हुने प्रतियोगितामा ती वडाका ११ टिमबीच प्रतिस्पर्धा हुने समाजका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार रु ५० हजार, सर्वाधिक गोलकर्तालाई रु

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 177 पटक पढिएको
  • प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी

    खोटाङ / खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि ८४ जना खेलाडी पठाउने उद्देश्यले प्रतियोगिता शुरु गरिएको हो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित माध्यमिक तहमा अध्ययनरत खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावोबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका खेलाडी मात्र सहभागी भएका हुन् ।

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 167 पटक पढिएको
  • जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु

    वाग्मती / वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तीनदिने जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ ।प्रदेश प्रहरी कार्यालय हेटौँडा र ब्याटमिन्टन सङ्घ मकवानपुरद्वारा संयुक्तरुपमा हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा आयोजित सो प्रतियोगिता उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । उनले देशलाई विश्वसामु चिनाउन खेल क्षेत्र र खेलाडीको महत्वपूर्ण भूमिका रहेको भन्दै खेलकूद क्षेत्र र खेलाडीको समस्या समाधानका लागि उपमहानगरपालिका सधैँ तयार

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 200 पटक पढिएको
  • राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने

    काठमाडौँ / प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेपा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख ८ देखि १० गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा गरिने भएको छ । ‘समान र सम्मान हाम्रो चाहना, विभेदरहित समाज हाम्रो परिकल्पना’ भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा पुरुषलाई गाउँस्तरीय र महिलालाई जिल्लास्तरीय तहबाट सहभागी गराइने छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेपा स्मृति कप आयोजक समितिका संयोजक जाङबु शेर्पाले खेलकूदका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरिने बताएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 163 पटक पढिएको
  • विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा

    विराटनगर /  विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विराटनगर–११ ले वेस्ट बङ्गाललाई ३–० गोलले पराजित गरेको थियो । विराटनगरका लागि सुनिल खड्का दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरेका थिए ।विराटनगरले यही चैत ३० गते हुने सशस्त्र प्रहरी बल काठमाडौँ र नेपाल प्रहरी काठमाडौँको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच घोषण गरिएका सुनिल खड्कालाई नगद रु १० हजार प्

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 148 पटक पढिएको
  • ब्याडमिन्टन टुर्नामेन्टमा सिडिओ प्रथम

    बिर्तामोड / प्रथम चन्द्रगढी स्पोर्टस हाउस खुला ब्याडमिन्टन टुर्नामेन्टमा झापाका प्रमुख जिल्ला अधिकारीको टिम प्रथम भएको छ । मेची रंगशालाको कर्बड हलमा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र चोलाप्रसाद आचार्यको टिम प्रथम भएको हो ।प्रतियोगितामा सरोज राई र गोविन्द भट्टराई दोस्रो, चिरञ्जीवी कोइराला र कुलदिप चौधरी तथा रमेश सुवेदी र राजधन राईको टिम तेस्रो भएका छन् ।

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 202 पटक पढिएको
  • खेलकूद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ

    भक्तपुर / युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन् । नेपाल सोतोकान कराते डो एशोसियसन (एसकेडियुएन) भक्तपुरले आज आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को उद्घाटन गर्दै उनले खेलसँगै खेलाडीको भविश्य पनि सुनिश्चित हुनुपर्ने बताए । मन्त्री तामाङले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकूदको विकासमा कदम चालेको बताए । स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकूद प्रतियोगिताले खेलको विकास र खेलाडी

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 231 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.