खेलकुद

    Showing 1,471-1,480 of 1,639 items.
  • ईपीएल : पोखरालाई ४ विकेटले हराउँदै चितवन बन्यो च्याम्पियन

    बिर्तामोड / चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो । पोखराले दिएको ११२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको हो । चितवनका लागि भीम सार्कीले सर्वाधिक अर्धशतकिय इंनिग्सको योगदान दिए । ४५ बलको सामना गर्दै उनले ६३ रन जोडे । त्यस्तै, दिलीप नाथले १८ रन बनाउँदा मोहम्द साहजद ११ रनमा क्याच आउट भए । राजेश पुलामीले १४ रन बनाउँदा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहे । पोखराका लागि

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 197 पटक पढिएको
  • ‘बलोन डिओर –२०२१’ को मनोनयन सार्वजनिक

    बिर्तामोड / वर्षभरिका सर्वोत्कृष्ट फुटबल खेलाडीको पुरस्कार बलोन डिओर २०२१ को मनोनयन सार्वजनिक भएको छ । प्रत्येक वर्ष प्रदान गरिने  बलोन डिओरमा ३० जनाको नाम सार्वजनिक भएको हो । ३० जना मध्य विश्व चर्चित खेलाडीद्धय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको नाम पनि रहेको छ । अघिल्लो वर्ष कोरोनाका कारण बलोन डिओर रद्द गरिएको थियो । यसपटक भने लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की र जोर्गिन्हो उपाधिको प्रमुख दाबेदारका रूपमा रहेका छन्। यस्तै इटालीका गोलरक्षक जिआनलुइजी डोनारुम्मा पनि मनोनयनमा परेका छन्। नोभेम्बर २९ मा उपाधिबारे औपचारिक घोषणा हुनेछ।कोपा अमेरिका विजेता कप्

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 322 पटक पढिएको
  • उपाधिको लागि इलाम र दार्जिलिङ भिड्ने

    इलाम / इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न सेमिफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा दार्जिलिङले आहालेलाई ९–४ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा प्रवेश गर्न सफल रह्यो । दार्जिलिङको जितमा राजु तामाङ र फुर्वा तामाङले समान ३–३ गोल गरे । दावा तामाङले २ र सुवास सुब्बाले १ गोल गरे । आहालेको तर्फबाट दिलकुमार राईले ४ गोल फर्काए । फाइनल प्रवेशसँगै दार्

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 1,548 पटक पढिएको
  • ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

    काठमाडौं / एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइलन खेल आज कीर्तिपुरस्थित टीयूको मैदानमा हुँदैछ । उपाधिका लागि शनिबार आज चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् ।खेल मध्याह्न सवा १२ बजे हुने आयोजकले जनाएको छ । चितवन र पोखरा पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले आज नयाँ विजेता पाउनेछ ।यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो । त्यसबेला कर्पोरेट शैलीमा प्रतियोगिता भएको थियो । दोस्रो संस्करणमा विराटनगर वारियर्स र तेस्रो संस्करणमा ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो । यसपटक दुवै टिम लिग चरणबाटै बाहिरिसकेका छन् ।शुक्रबार टीयू मैदानमा भएको फाइनल खे

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 200 पटक पढिएको
  • पोखरालाई पराजित गर्दै चितवन ईपीएलको फाइनलमा

    काठमाडौँ  / राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो क्वालिफायर खेलमा पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाईगरर्स फाइनलमा पुगेको छ ।  चितवन टाईगरर्स फाइनलमा पुग्ने पहिलो टिम हो । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि मोहमद साहजादले सर्वाधिक ४८ रनको योगदान गरे । हसिम अन्सारीले १४ रन बनाउँदा करिम जन्नतले ४ रन जोडे । पोखरालाई सस्तैमा समेट्न सागर र शाहबले ४–४ विकेट लिएका थिए ।यसअघि, पोखराले १५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचर्ड लेभीले सर्वाधिक

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 175 पटक पढिएको
  • इपिएल : काठमाडौं र भैरहवा बीचको खेल रद्द

    बिर्तामोड / एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगमा काठमाडौं किंग्स र भैरहवा ग्लाडियटर्सबीचको खेल रद्द भएको छ ।आज मंगलबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको खेलमैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि रद्द गरिएको हो। खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स – ११ प्ले अफमा प्रवेश गरेको छ। काठमाडौं चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो। काठमाडौँले पाँच खेलमा तीन अङ्क जोड्यो । ललितपुर प्याट्रियट्सले समान तीन अंक जोडे पनि काठमाडौं नेट रनरेटका आधारमा प्ले अफमा पुगेको हो।चितवन ५ खेलमा ४ मा जित र

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 187 पटक पढिएको
  • साफ फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

    काठमाडौं / माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।खेलको ३३औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो । खेलको ५१औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २ शुन्यको अग्रता दिलाए ।ह्यामिल्टनले ५७औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २-१ को स्थितिमा ल्याए ।खेल

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 280 पटक पढिएको
  • शुक्रबारबाट साफ च्याम्पियनसिप सुरु

    काठमाडौँ / साफ च्याम्पियनसिपको खेल शुक्रबार (भोलि)बाट सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दैछ ।माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार राती ९ः४५ बजे हुनेछ । यसपटक प्रतियोगितामा ५ राष्ट्रको मात्र सहभागिता रहने भएकोले राउन्ड रोविन लिगका आधारमा च्याम्पियनसिप हुँदैछ । यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्घाटन खेल हुने भनिए पनि अब श्रीलंका र बंगलादेशबीच उद्घाटन खेल हुनेछ । नेपाल र माल्दिभ्सले पनि भोलि खेल्नेछन् । राउन्ड रोविनमा सबै टोलीले ४ खेल खेल्नुपर्नेछ । दोस्रो खेलमा नेपालले असोज १८ गते श्रीलंकाको सामना गर्नेछ । असोज २४ गते नेपाल र भारतबीच खेल हुनेछ ।राउन्ड रोविन

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 223 पटक पढिएको
  • ईपीएल : चितवनको लगातार दोस्रो जित

    बिर्तामोड / एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो । काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनले अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि राजेश पुलामीले २६, दिलिपनाथ र कमल सिंह ऐरीले २३/२३ रन बनाए ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका लागि सुवास खकुरेलले ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाएका थिए ।चितवनका सागर ढकालले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लि

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 247 पटक पढिएको
  • ईपीएल : ललितपुर ९ विकेटले पोखरासँग पराजित

    काठमाडौँ  / एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ।मैदान भिजेका कारण २० ओभरबाट ७ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेटको क्षतिमा ५१ रन बनाएको थियो।ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन, नारायण जोशीले ११ र ओशाडा फर्नान्डोले १० रन बनाए पनि अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन्।ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले तीन, विक्रम सोवले दुई र केस्रिक विलियम्सले १ विकेट लिए।५२ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको पोखराले ६ ओभर ३ बलमा

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 232 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.