खेलकुद

    Showing 1,481-1,490 of 1,639 items.
  • भलिबल : हेल्प नेपालको जित

    काठमाडौँ / राजधानीमा जारी छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा हेल्प नेपालले वाग्मती प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विजयी हासिल गरेको हो । हेल्प नेपालले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो तथा अन्तिम सेटमा २५–१२ को जित निकाल्यो । यस जितसँगै समूह ‘ए’ मा रहेको हेल्प नेपालले दुई अङ्क बटुलेको छ । यता वाग्मतीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा वाग्मती गल्कोट स्पोर्ट्स क्लबसँग पराजित भएको

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 166 पटक पढिएको
  • इपिएल : काठमाडौँ र विराटनगरको खेल स्थगित

    काठमाडौँ / राजधानीमा जारी चौथोँ संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ । निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौँ र विराटनगरबीचको खेल टससमेत नभई स्थगन भएको हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ लगातार दोस्रो जितको योजनामा रहेको थियो । काठमाडौँले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो । यो खेल काठमाडौँका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो । उ

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 219 पटक पढिएको
  • इपिएल : विराटनगरलाई पराजित गर्दै चितवनको जित

    काठमाडौँ / चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगरलाई दुई विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले चितवनलाई जीतका लागि १५२ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा चितवनले २० ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । चितवनको जीतमा राजेश पुलामीले अविजित ४३ रनको योगदान दिए । भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले  १९ तथा इसान पाण्डेले १० रन जोड

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 267 पटक पढिएको
  • एनभिए क्लब भलिबल च्याम्पियनमा आर्मीको जित

    काठमाडौँ / राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद (परिषद्) राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरायो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–७ ले पराजित ग¥यो । यो जितसँगै आर्मीले तीन अङ्क जोडेको छ ।नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त स्पर्धाअन्तर्गत महिलातर्फको खेल भने य

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 184 पटक पढिएको
  • इपिएल : पोखरा र भैरहवा भिड्दै

    बिर्तामोड / चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आज (आइतबार) दोस्रो खेलमा दुई उपाधिका दाबेदार पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो साढे १ बजे हुनेछ । पोखरा कप्तान विकेटकिपर विनोद भण्डारी र भैरहवा शरद भेषावकरले गर्नेछन् । शरद नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । भैरहवामा चार विदेशीको खेलाडीको रुपमा बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबाल, श्रीलंका पूर्व कप्तान उपुल थरंगा, तीव्र गतिका बलर धाम्मिका प्रसाद र मलेसिया शार्विन मुनिआन्दी छन् ।पोखरामा दक्षिण अफ्रिकी रिचार्ड लेभी छन् । लेभी, श्रीलंका असे

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 161 पटक पढिएको
  • नेपाल र ओमान आज मैत्रीपूर्ण फुटबल खेल्दै

    काठमाडौँ / नेपाल र ओमानबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । ओमानविरुद्धको खेल खेल्नका लागि नेपाली राष्ट्रिय टोली कतारमा रहेको छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आज राति नेपाली समय अनुसार ९ः४५ बजे शुरू हुनेछ ।साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग आज खेल्न लागेको हो । साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ ।जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म हुँदैछ ।नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 173 पटक पढिएको
  • नेपाली महिला फुटबल टोली स्वदेश फर्किदै

    काठमाडौँ  / एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो चरणमा गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । दुई खेलमा नेपाले एक अङ्क मात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो । 

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 192 पटक पढिएको
  • ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै हिमचितुवा

    काठमाडौँ / अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् ।यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उनी जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङ्मा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् । आज सामाजिक सञ्चालमा के वान क्लबले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय अविरल र फुजीमुरा बीचमा भिडन्त हुने जनाएको छ । ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो सहरम

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 160 पटक पढिएको
  • ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’का लागि नौ खेलाडी छनोट

    काठमाडाैँ / नेपालले आगामी महिना रसियामा आयोजना हुने ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’मा भाग लिने भएको छ । पोखरामा एक महिना अघिदेखि सञ्चालन भएको बन्द प्रशिक्षणमा सहभागी २० खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि नौ खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घले जनाएको छ ।बन्द प्रशिक्षण समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट बिदाइ तथा च्याम्पियनसिपमा सफलताको शुभकामना व्यक्त गरे । रसियाको सेन्ट पिटर्सवर्गमा आगामी कात्तिक ५ देखि ७ गते हाप्किडोको च्याम्पियनसिप आयोजना हुँदैछ ।नेपाल

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 168 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.