खेलकुद

    Showing 351-360 of 1,316 items.
  • साउदी लिगमा अल नासर पराजित

    रियाद, २५ बैशाख । साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ ।  गए राती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो । अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान याहयाले एक एक गोल फर्काउन सफल भएका थिए । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा अल इत्तिहादका मोउसा डियाबीले रातो कार्ड पाएका थिए । खेलमा २–० ले पछि परेको इत्तिहादले कमब्याक गर्दै शानदार जित हासिल गरेको हाे ।यो जितपछि अल इत्तिहाद लिगमा ३० खेलमा ७१ अंकसहित शिर्ष स्थानमा रहेको छ भने त्यस्तै अल नासरको भने ३० खेलबा

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 203 पटक पढिएको
  • फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

    काठमाडौं, २५ बैशाख । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् । साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ ।बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेर सो जीत हासिल गरेको हो ।खेलमा साम्बाले ५७औ, ८५औ र ९५औ मिनेटमा गोल गरेकी थिइन् । खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाए पनि दुवै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी हुन् ।यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंक तालिकामा भने १२ औं स्थान अर्थात पुछारमा रहेर यो सिजनको अन्त्य गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 236 पटक पढिएको
  • हैदराबादमाथि गुजरातको शानदार जित

    काठमाडौं— आईपीएलअन्तर्गत सनराइजर्स हैदराबाद गुजरात टाइटन्ससँग पराजित भएको छ। नरेन्द्र मोदी रंगशालामा शुक्रबार भएको खेलमा हैदराबाद ३८ रनले पराजित भएको हो। यससँगै गुजरातले सिजनमा आफ्नो सातौँ जित दर्ता गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ।  हैदराबादले १० मध्ये ७ खेल हारेको छ।हैदराबादको बलिङमो गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन बनायो। जवाफमा हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनायो।गुजरातका कप्तान शुभमन गिलले ७६ रन बनाए। जोस बटलर ६४ रन बनाएर आउट भए। साई सुदर्शनले ४८ रनको इनिङ्स खेले।जयदेव उनाडकटले ३ विकेट लिए। हैदराबादका लागि अभिषेक शर्माले ७४ रन, हेनरिक क्लास

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 299 पटक पढिएको
  • घरेलु मैदानमै बार्सिलोनाको संघर्ष

    काठमाडौं— यूईएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब इन्टर मिलानविरुद्ध रोकिएको छ । बुधबार राति घरेलु मैदानमा बार्सिलोनाले इटालियन क्लबविरुद्ध ३–३ को संघर्षपूर्ण बराबरी खेलेको हो ।बार्सिलोनाका लामिन यमल र फेरान टोरेसले गोल गरे । स्पेनिस क्लबले अर्को एक गोल भने इन्टरका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो । इन्टरका डेन्जेल डम्फ्रिजले दुई र मार्कुस थुरमले एक गोल थपे ।खेलको पहिलो मिनेटमै थुरमको गोलमा इन्टरले अग्रता बनाएको थियो । २१औँ मिनेटमा डम्फ्रिजले अग्रता दोब्बर बनाए । २४औँ मिनेटमा यमलले गोल गर्दै इन्टरको अग्रतालाई २–१ मा झारे । ३८औँ मिनेटमा टोरेसले गो

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 260 पटक पढिएको
  • एनएसएलमा ललितपुर सिटी र धनगढीबीच आज प्रतिस्पर्धा हुँदै

    काठमाडौं— नेपाल सुपर लिग एनएसएल फुटबलको पहिलो क्वालिफायर खेलमा शनिबार साविक विजेता ललितपुर सिटी एफसी र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे शुरु हुनेछ। यो खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। एनएसएलमा भोलि हुने एलिमिनेटर खेलमा एफसी चितवन र फोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले क्वालिफायर २ मा स्थान बनाउनेछ। फाइनल खेल आगामी शनिबार हुनेछ।

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 372 पटक पढिएको
  • टस जितेर ओमानविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं— काठमाडौंमा जारी आईसीसी यू—१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानविरुद्ध खेलिरहेको छ ।काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ ।नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुआत गरिसकेको छ । ओमानले भने हिजै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो ।आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने छ ।नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू(१९ विश्वकपमा छनोट हुने छन् ।

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 345 पटक पढिएको
  • टी–२० आई सिरिजः आज नेपाल र कुवेत भिड्दै

    काठमाडौं— हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आजको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुने छ ।शनिबार भएको घरेलु टोली हङ्कङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङ्कङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकियो । हङ्कङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो ।वर्षा नरोकिएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका थिए । जारी प्रतियोगितामा पाँच अंक बटुलेको नेपाल तालिकाको शीर्षस्थान कायम गर्दै फाइनलमा सुरक्षित स्थान बनाएको थियो ।नेपालले आफ्नो पहिलो खेलम

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 289 पटक पढिएको
  • कुवेतमाथि नेपालको शानदार जित

    काठमाडौं— चारदेशीय टी २० आई सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार बिहान कुवेतसँग भएको खेलमा नेपालले ६ विकेटले जित हात पारेको हो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपालले कुवेतमाथि सहज जित निकालेको हो ।पहिला व्याटिङ गरेको कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । सो लक्षय पछ्याउनेक्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे । आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।कुशल ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाएर आउट भए भने आशिफले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतम

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 419 पटक पढिएको
  • कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

    धरान (सुनसरी) । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गरेका हुन् ।सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ । कोषाध्यक्ष चौधरीका अनुसार लिग सञ्चालन गर्दा रु ३६ लाख ६७ हजार सहयोग जुटेको थियो भने रु २९ लाख आठ हजार खर्च भएको थियो । लिग सञ्चालन गर्न कोशी प्रदेश सरकारको रु २० लाख तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को रु १५ लाख खर्च भएको थियो ।यसैगरी गोर्खा ब्रुअरीबाट रु ५० हजार, रेडबुलबाट रु ५० हजार, धरानका पूर्व खेलाडीहर

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 397 पटक पढिएको
  • एन्फाको वार्षिक बजेट डेढ अर्ब

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० बजेट साधारणसाभामा पेस गर्ने निर्णय गरेको छ । एन्फाको दुई दिन बसेको कार्यसमितिको बैठकले आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गर्दै उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि उक्त रकम पेस गर्ने निर्णय गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । एन्फाले आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । कार्यसमितिको बैठकले पियुष न्यौपानेलाई अन्तरराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 381 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा