खेलकुद

    Showing 371-380 of 1,316 items.
  • प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफोनको भेट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तरराष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन् ।भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवार

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 268 पटक पढिएको
  • केपी ओली कपमा आज उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै

    काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ ।मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो ।९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।यसैबीच, फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल नेपाल आएका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 287 पटक पढिएको
  • इटालियन गोलकिपर बुफोन नेपालमा

    काठमाडौं  —विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन दिउँसो नेपाल आइपुगेका हुन् ।केपी ओली कपको फाइनल खेल भोलि (भोलि) दशरथ रंगशालामा हुँदैछ । बुफनले भिडीयोमार्फत् नेपालीमै सम्बोधन गरेर जानकारी गरेका थिए । केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् ।

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 319 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सलाई

    भद्रपुर (झापा) । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ ।मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ लाई २–० को अन्तरले पराजित गर्दै ब्लेजर्सले उपाधि जितेको हो । उपाधिसँगै ब्लेजर्सले रू १३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, उपविजेता झापा–११ ले रू सात लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।भद्रपुर ब्लेजर्सका लागि कप्तान आशिष चापागाईँ र सत्यम शर्माले गोल गरे । खेलको ३०औँ मिनेटमा गोल गर्दै चापागाईँले ब्लेजर्सलाई  १–० को अग्रता दिलाए । यसैगरी दोस्रो हाफको इन्जुरी समयमा खेल सकिनै लाग्दा शर्माले गोल गर्दै ब्लेजर्सलाई २–० क

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 458 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपः उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै

    भद्रपुर (झापा) । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ । झापा–११ ले  भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो । प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी थिए । विजेता टोलीलाई रु १३ लाख तथा उपविजेतालाई रु सात लाख नगद प्रदान गरिनेछ । 

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 318 पटक पढिएको
  • फोर नेसन्स कपको उपाधि म्यान्मारलाई

    काठमाडौँ । फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो ।फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल ग¥यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु प¥यो ।म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् ।३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 324 पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यान्मार भिड्दै

    काठमाडौं ।  काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ  । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दैछन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुँदैछ  ।चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्  ।म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँद

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 328 पटक पढिएको
  • खेल मैदान नहुँदा प्रतियोगिता गराउनै सकस

    दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुर क्रिकेट खेलाडी उत्पादन गर्ने थलोका रुपमा पनि परिचित छ । अहिले पनि नेपालको राष्ट्रिय क्रिकेट टोलीमा कञ्चनपुरका चार खेलाडी छन् ।दीपेन्द्रसिंह ऐरीदेखि विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्की यहीँका उत्पादन हुन् । कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म छ । तर यहाँ खेल मैदान बनाउने विषय भने प्राथमिकतामा पर्न सकेको छैन । महेन्द्रनगरस्थित कबर्डहलमा भएको एउटै खेल मैदानमा क्रिकेट र फुटबल खेल्नुपर्ने बाध्यता छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने कञ्चनपुरका खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपनि जिल्लास्तरमा भने खेल संरचनाको

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 218 पटक पढिएको
  • अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई

    झापा । प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । च्याम्पियन बनेसँगै कनकाई नगरपालिकाले नगद रु तीन लाख पाएको छ ।बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सोमबार भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गर्दै कनकाई नगरपालिका च्याम्पियन बनेको हो । उपविजेता अर्जुनधारा नगरपालिकाले ट्रफीसहित नगद रु एक लाख ५० हजार पाएको छ ।कनकाईको जितमा सिमन राई र पूर्णिमा राईले गोल गरेका हुन् । पहिलो हाफको सात मिनेटमै कनकाईकी सिमनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो ।खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमाले गोल गर्दै अग्रता दोब्ब

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 247 पटक पढिएको
  • खेल महोत्सवले सितली बजार खचाखच

    फिक्कल (इलाम) । जिल्लाको माई नगरपालिका–२ स्थित सितली बजार यतिबेला खेल पर्यटकले खचाखच भरिएको छ । आइतबार १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएपछि खेल पर्यटकको चहलपहल बढ्नुका साथै सितलीमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ ।प्रतियोगिता सुरु भएपछि प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, व्यवस्थापक, प्रशिक्षक तथा प्रतियोगिता अवलोकन गर्न आएका खेल पर्यटकले सितली बजारको होटल तथा घर भरिएका छन् । शनिबारदेखि नै जिल्लाका १० वटै पालिकाबाट खेलाडी सितली आउन थालेका थिए । यहाँका सबै होटल तथा घर भरिभराउ छ ।खेल पर्यटकले सितली बजार इतिहासमा पहिलोपटक भरिभराउ भएको होटल व्यवसायी राधाकृष्ण अधिकारीले

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 254 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा