खेलकुद

    Showing 501-510 of 1,639 items.
  • ग्लोबल आइएमई दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित

    काठमाडौं— ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित भएको छ ।अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स म्यागेजिनले यस बैंकलाई लगातार दोस्रो पटक ‘द बेस्ट बैंक इन नेपाल’को उपाधि प्रदान गरेको हो ।यो सम्मान बैंकले वित्तीय सेवा, ग्राहकको सन्तुष्टि, नवीन प्रविधिको प्रयोग तथा समग्र बैंकिङ क्षेत्रको विकासमा पु¥याएको योगदानका आधारमा प्रदान गरिएको हो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिएका हुन् ।उनले लेखेका छन,‘गौरव र खुशीको यस अवसरमा नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहक, समर्पित कर्मचारी तथा शुभेच्छ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 672 पटक पढिएको
  • पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु

    काठमाडौं । पाकिस्तानी हवाई आक्रमणमाबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ ।खेलाडीको मृत्यु भएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानसहितको आगामी त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलामा आफ्नो देशले सहभागिता नजनाउने घोषणा गरेको छ ।शनिबार ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै एसीबीले भनेको छ, ‘पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण आक्रमण गरी निशाना बनाएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड गहिरो शोक र दुःख व्यक्त गर्दछ ।’एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 371 पटक पढिएको
  • नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि

    काठमाडौं— नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ।ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो। सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए।बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो। नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे।आसिफ शेख ४१ बलमा ६९

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 782 पटक पढिएको
  • सामाओले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

    काठमाडौं— सामाओले नेपालले विरुद्धको खेलमा टस जितेको छ ।ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा सामाओले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ । नेपाल अंक तालिकामा शिर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ । नेपालले आजको खेलमा समाओलाई पराजित गरेर छनौट प्रतियोगिताको ट्रफी जितेर घर फर्किने लक्ष्यका साथ आज खेल्ने छ ।त्यस्तै सामाओले भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ । सुपरसिक्समा सामाओले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।नेपालले आज कुशल मल्ल र सोम

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 640 पटक पढिएको
  • कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण

    काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तराष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमासमेत यसको योगद

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 384 पटक पढिएको
  • टी–२० विश्वकप छनोटः उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

    काठमाडौं— टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ ।शुक्रबार ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ ।समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ । आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 475 पटक पढिएको
  • टी–२० विश्वकप छनोटस् ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

    काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ । बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो । यो जितसँगै नेपाल ८ अंकसहित प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ भने ओमान ६ अंकसहित दोस्रो स्थानमा छ ।नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो । उसका लागि मोहम्मद नदीमले २५ र विनायक सुक्लाले ३२ रन बनाए । अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।नेपालका लागि गुल्शन झाले चार ओभरमा ३१ रन दिँदै महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै सोम्पाल कामी र नन्दन या

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 664 पटक पढिएको
  • भुजी लिग फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेलमा आज लिभुरा र बाम्ती भण्डार भिड्दै

    रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा  सञ्चालित २७ औँ भुजी लिग फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेल आज दिउँसो १ बजेपछि सुरु हुँदैछ ।अमृत घामछायाँ खेल मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको  फाइनल प्रतिस्पर्धा लिखु भुजी युवा क्लब रामेछाप (लिभुरा) र  रामेछापका बाम्ती भण्डार बिच हुने भएको छ । नौ वटा टिमले भाग लिएको प्रतियोगितामा रामेछापकै दुईवटा टिम फाइनलमा पुगेका हुन् ।प्रतियोगिताको विजेता टोलीले १ लाख २७ हजार ७ सय २७ रुपैँया नगद, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टोलीले ६७ हजार ७ सय २७ रुपैँया नगद र रजत पदक पाउने भुजी फुटबल क्लबका अध्यक्ष श

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 314 पटक पढिएको
  • टी–२० विश्वकप छनोटमा नेपाल र ओमानबीच आज निर्णायक भिडन्त

    काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुदैँछ । सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी–२० विश्वकपमा छनोट हुनेछ । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन् ।सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६–६ अंक छ । रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । दुई अंक जोड

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 228 पटक पढिएको
  • सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्चक जित

    मस्कट— ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित हासिल गरेको छ।नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी भयो।नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिँदै जितमा महत्वपूर्ण भूमिका खेले।यो खेलसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरेका छन्। उनले कतारका ओपनर लियानागेलाई बोल्ड आउट गर्दै यो उपलब्धि हासिल गरेका हुन्।यसैबीच, सोमबार नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि पनि हात पारेको

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 610 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.