खेलकुद

    Showing 581-590 of 1,316 items.
  • कहाँ पुग्यो कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने कुरा ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा चासो देखाएक छन् । वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय सरकारले गरेको थियो । सोही विषयमा बिहीबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल ओलीले छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्रा डा खड्ग केसी र रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालसँग उक्त रङ्गशाला निर्माणबारे छलफल गरेका हुन् । गत असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 419 पटक पढिएको
  • एसिया कपले हाम्रो क्षमता बढायो : इन्दु वर्मा

    काठमाडौँ-  नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु वर्माले आफूहरूसँग क्षमता छ भन्ने एसिया कपबाट प्रमाणित भएको बताएकी छन्।  श्रीलंकामा आयोजित महिला एसिया कपमा प्रतिस्पर्धा गरेर बिहीबार स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले नेपालले पनि खेल्न सक्छ भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएकी हुन्।“प्रतियोगिता एकदमै उत्साहित थियो। एसिया कपजस्तो ठूलो मञ्चमा नेपालजस्तो टिम सहभागी हुन पाउँदा एकदम रमाइलो थियो । यहाँबाट हामीले पनि खेल्न सक्छौँ, गर्न सक्छौँ भन्ने प्रमाणित भयो,” इन्दुले भनिन्।प्रतियोगिताको समूह चरणबाट बाहिरिए पनि नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटको जित निकालेको थियो

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 276 पटक पढिएको
  • भारतसँगको पराजयपछि नेपाल एसिया कपबाट बाहिरियो

    काठमाडौं–  भारतसँगको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको हो । श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हरायो भने पाकिस्तानसँग नौ विकेटले पराजित भयो । भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्रै बन

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 349 पटक पढिएको
  • काभामा नेपालको यात्रा सेमिफाइनलमै सिमित, आज माल्दिभ्ससँग खेल्ने

    काठमाडौं–सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा सोमबार राति भएको खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा नेपालले हार व्यहोरेको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमाएको थियो । लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो । अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्ससँग खेल्नेछ ।  

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 422 पटक पढिएको
  • काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल कीर्गिस्तानसँग भिड्दै

    काठमाडौं– सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल आज कीर्गिस्तानसँग भिड्दैछ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्नेगरी मैदानमा उत्रनेछ । लिगमा कीर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो । अन्तिम खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई ३–२ सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा कीर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो । लिगमा अपराजित रहेको श्रीलङ्का तीन खेल जित्दै आठ अङ्कका साथ शीर्षस्थानमा छ । दुई जित र एक हारबाट पाँच अङ्क जोडेको कीर्गिस्तान दो

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 375 पटक पढिएको
  • नेपाल पाकिस्तानसँग पराजित, अन्तिम खेल भारतसँग खेल्ने

    काठमाडौं–एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो । सो लक्ष्य पछ्याएको पाकिस्तानले ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउँदै  पूरा गरेको हो । पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाइन् ।  नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 426 पटक पढिएको
  • नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

    काठमाडौँ- एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई रनको १०९ लक्ष्य दिएको छ।श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्यो। खराब सुरुवात गरेको नेपालका ओपनर सम्झना खड्का ४ रनमै आउट भइन्। त्यसपछि कविता कुँवरले १३ रन जोड्दा कप्तान इन्दू बर्मा डकआउट भइन्। कविता र इन्दूलाई सादिया एकबालले आउट गरेकी थिइन्। अनुभवी रुबिना क्षेत्री पनि ८ रनमा आउट भएपछि नेपालमाथि दबाब थपिएको थियो। ओपनिङ ब्याटर सीता रानामगर २६ रनमा बनाएर आउट भइन्। रुबिना र सीता दुवै रनआउटको सिका

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 335 पटक पढिएको
  • एसिया कपमा आज नेपाल पाकिस्तानसँग खेल्ने

    काठमाडौं–एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज  नेपाल र पाकिस्तान खेल्ने भएका छन् । श्रीलङ्काको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७:१५ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान भने यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको हो । पनि पाकिस्तान पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्दैछ भने नेपाल लगातार दोश्रो जित निकाल्ने दाउमा छ । सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो, जुन खेल पाकिस्तानले जितेको थियो । 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 328 पटक पढिएको
  • महिला एसिया कप : सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालको विजयी सुरुवात

    काठमाडौँ- सम्झना खड्काको सानदार ब्याटिङसँगै उत्कृष्ट फिनिसिङले नेपालले महिला एसिया कपमा विजयी सुरुवात गरेको छ। ओपनर खड्काले ४५ बलमा ११ चौकाको मद्दतमा ७२ जोडेसँगै यूएईमाथि नेपालले विजयी गरेको हो। श्रीलंकामा भएको उद्घाटन खेलमा टस हारेर सुरुवाती ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। नेपालले सोही लक्ष्य १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो। नेपालका लागि अन्य ब्याटरले भने खास खुलेर खेल्न सकेनन्।  पूर्वकप्तान रुबिना क्षेत्री १० रनमा आउट हुँदा ओपनर सीता राना मगर ७, कप्तान इन्दु बर्मा ६ बनाउँदा पूजा महतो ७ रनमा अविजित रहेर खड्कालाई साथ दिएकी थिइन्। यूएईका लागि क

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 282 पटक पढिएको
  • इन्दुको घातक बलिङले ११५ रनमा समेटियो यूएई

    काठमाडौँ- नेपाली महिला टिमकी कप्तान इन्दु बर्माले घातक बलिङ गर्दा महिला एसिया कपको उद्घाटन खेलमा यूएई सस्तैमा समेटिएको छ। बर्माले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिँदा यूएईले ८ विकेट गुमाएर ११६ रन लक्ष्य प्रस्तुत गरेको हो। श्रीलंकामा सुरु भएको महिला एसिया कपको उद्घाटन खेलमा टस जितेर नेपालले यूएईविरुद्ध सुरुवाती बलिङ गरेको थियो। बर्माका अतिरिक्त नेपालका लागि सब्नम राई र क्रितिका मरासइनीले समान १-१ विकेट लिएका थिए। युएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भए। खेलको दोस्रो इनिङस केही बेरमा हुँदैछ।

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 353 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा