खेलकुद

    Showing 581-590 of 1,506 items.
  • बुढासुब्बा गोल्डकपको उपाधिमा एनआरटीको ह्याट्रिक

    काठमाडौं । २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम ९एनआरटी०ले उपाधिमा ह्याट्रिक गरेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो ।आजको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन जित निकालेको हो ।खेलको २२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । दुई मिनेटपछि नै हेनरी पोकुले एनआरटीका लागि बराबरी गोल फर्काए ।पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा एनआरटीले एक गोल गर्दै जित हात पार

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 348 पटक पढिएको
  • महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद हार

    काठमाडौं । काठमाडौंमा भएको महिला टी–२० श्रृङ्खलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्याण्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनायो । सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन् । नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको थियो । यसअघ

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 306 पटक पढिएको
  • फागुन ७ देखि भद्रपुर झापा गोल्डकप

    झापा । मेची रङ्गशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको ‘भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता हुने भएको छ ।फागुन १६ गतेसम्म हुने प्रतियोगिताको विजेतालाई नगद रु १३ लाख र उपविजेतालाई रु सात लाख प्रदान गरिने भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले बताए । प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, मुलुकका अन्य विभागीयसहित पाँच वटा ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र बङ्गलादेशका क्लब सहभागी हुने उनले जानकारी दिए ।रङ्गशालामा करिब २० हजार दर्शक बस्न सक्ने गरी स्थायी प्यारापिट मर्मत तथा रङरोगन कार्य धमाधम भइरहेको छ । बाँसको अस्थायी प्यारापिट निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 529 पटक पढिएको
  • कोशी खेलकुद विकास बोर्डको विवादः अदालतद्वारा लिखित जवाफ माग

    विराटनगर । कोशी प्रदेशको खेलकुद विकास बोर्डले मोरङ जिल्लाको खेलकुद विकास समिति अध्यक्ष नियुक्ति गरेको विषयमा उच्च अदालत विराटनगरले लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । मङ्गलवार अदालतको अवहेलना मुद्दामा उच्चका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र विष्णुप्रसाद अर्यालको इजलासले बोर्डलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।उच्च अदालत विराटनगरको आदेश उल्लङ्घन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेपछि अदालतमा प्रदेश खेलकुद विकास बोर्ड र बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई विपक्षी बनाएर इन्द्र कुमार योञ्जन तामाङले सोमबार अदालतक

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 260 पटक पढिएको
  • ललितपुर महानगरले ‘ए’डिभिजनका राम्रा खेलाडीलाई पारिश्रमिक दिने

    काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका एक उत्कृष्ट खेलाडीलाई मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताएका छन् । एबीसी डिभिजन फुटबल क्लबहरु र गोल्डक्लब बिजेता क्लबहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गरी मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताए । उनले भने, ‘आउँदो बर्षमा ललितपुरको ‘ए’डिभिजनका राम्रा खेलाडी एक जनालाई मासिक रुपमा थोरै रमकको भएपनि मासिक पारिश्रमको व्यवस्थापन गर्छौ । कति रकम हुन्छ त्यसको होमवर्क गरेर सार्वजनिक गर्छौ । आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गर्छौ । ललितपुरको जतिपनि ‘ए’डिभिजनका खेलाड

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 364 पटक पढिएको
  • विराट भेट्रान अन्तर्राष्ट्रिय गोल्डकपः झापाको विजयी सुरुआत

    सुन्दरहरैँचा (मोरङ) । यहाँ सुरु अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरसी भेट्रान सिक्किम (भारत)लाई पराजित गर्दै दुधे भेट्रान झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।सुकुना खेलमैदानमा विराट भेट्रानद्वारा आयोजित प्रतियोगितामा सिक्किम (भारत)लाई झापाले ६–१ गोलले पराजित गरेको हो । झापाका लागि हर्क तामाङले एक्लैले चार गोल गरे । साथै, सुवास लिम्बू र बलबहादुर लिम्बूले एक–एक गोल गरे । सिक्किमका लागि रमेश क्षेत्रीले दोस्रो एक गोल फर्काए । प्लेयर अफ द म्याच हर्क तामाङ भए ।यही माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरी १० टोलीको सहभागिता छ

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 357 पटक पढिएको
  • बुढासुब्बा गोल्डकपः पुलिसलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

    धरान (सुनसरी) । नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।धरान रङ्गशालामा आजदेखि सुरु प्रतियोगितामा चर्च ब्वाइजले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्यो । खेलको ४२औँ मिनेटमा एन्ड्रो एभिओ एमाहाले दिएको पासलाई सदुपयोग गर्दै सन्तोष खत्रीले गोल गरेका थिए ।आइतबारको खेलमा आयोजक धरान फुटबल क्लब र युकेएफसी भारतबीच प्रतिस्पर्धा हुनेछ । खेलको प्लेयर अफ द म्याच खत्री रु १५ हजार र प्रमाणपत्र प्राप्त गरे ।यही माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताका विजेताले ट्रफीसह

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 479 पटक पढिएको
  • त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः थाइल्याण्डद्वारा नेपाल पराजित

    काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन् । नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनायो । नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौकासमेत प्रहार गरिन् । यस्तै बिन्दुले २५ बलमा तीन चौका हानिन् । यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् । बलिङतर्फ थाइल्याण्डका लागि थिपचा पुत्थावोङ्गले तीन, फन्निता

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 360 पटक पढिएको
  • अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

    सुदूरपश्चिम । क्रिकेटको सहर धनगढीमा भोली शनिबारदेखि सुरु हुने ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’को तयारी पूरा भएको छ ।आयोजक गो ड्रिमर्सले आज धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा आयोजक गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले प्रतियोगिताको तयारी पूरा भएर उद्घाटनका लागि तयारी अवस्थामा बसेको जानकारी दिए ।नेपाल क्रिकेट सङ्घको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेट खेलको विकासमा योगदान दिनुभएका स्वर्गीय अ

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 325 पटक पढिएको
  • आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने

    कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा यही माघ २२ देखि  फागुन ३ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ ।चौबिसौँँ संस्करणको यो प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबका बीचमा हुनेछ । प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब,

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 444 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.