खेलकुद

    Showing 691-700 of 1,639 items.
  • मेचीनगर गोल्डकपः उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

    झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।फाइनल खेलअघि शुक्रबार काँकडभिट्टाको खेलमैदानमा भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका प्रशिक्षक मुन्ना सुब्बाले आफ्नो टोली जित्नका लागि सक्षम रहेको दाबी गर्दै उपाधिलाई गृहनगरमै राख्ने बताए ।‘घरेलु मैदान र समर्थकको फाइदा हामीलाई हुनेछ’, प्रशिक्षक सुब्बाले भने, ‘उपाधिलाई घरमै राख्ने लक्ष्य छ ।’ काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले यसअघ

    • प्रकाशित मितिः चैत २, २०८१
    • 588 पटक पढिएको
  • सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको तयारी पूरा

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा यही फागुन २५ गतेदेखि राजधानीमा सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ ।सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगितामा कुल ९१ वटा खेल सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।प्रतियोगितामा देशभरका १४ क्लबको सहभागिता रहने छ । जसमा आरसिटी क्लब, श्री भगवती क्लब, टुसाल युथ क्बल, ब्रिगेड व्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब र बाँसबारी क्लब सहभागी छन् । त्यसैगरी श

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 657 पटक पढिएको
  • झापामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा

    झापा । जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रिय खेलकुद परिषदको आयोजना र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन २३, २४ र २५ गते मेची रंगशालामा प्रतियोगिता हुँदैछ । जिल्लाका स्थानीय तहका विद्यालयहरुबाट प्रतिस्पर्धा गरी छनोट भएका माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका खेलाडीहरुले ६ वटा विधामा प्रतिस्पर्धा खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भण्डारीले बताए ।यस वर्ष एथलेटिक्स (छात्र र छात्रा), भलिबल (छात्र÷छात्रा), कबड्डी (छात्र÷छात्रा), कराते (छात्र÷छात्रा), तेक्वान्दो (छात्र÷छात्रा) र

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 446 पटक पढिएको
  • प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफोनको भेट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तरराष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन् ।भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवार

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 339 पटक पढिएको
  • केपी ओली कपमा आज उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै

    काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ ।मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो ।९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।यसैबीच, फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल नेपाल आएका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 368 पटक पढिएको
  • इटालियन गोलकिपर बुफोन नेपालमा

    काठमाडौं  —विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन दिउँसो नेपाल आइपुगेका हुन् ।केपी ओली कपको फाइनल खेल भोलि (भोलि) दशरथ रंगशालामा हुँदैछ । बुफनले भिडीयोमार्फत् नेपालीमै सम्बोधन गरेर जानकारी गरेका थिए । केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् ।

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 390 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सलाई

    भद्रपुर (झापा) । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ ।मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ लाई २–० को अन्तरले पराजित गर्दै ब्लेजर्सले उपाधि जितेको हो । उपाधिसँगै ब्लेजर्सले रू १३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, उपविजेता झापा–११ ले रू सात लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।भद्रपुर ब्लेजर्सका लागि कप्तान आशिष चापागाईँ र सत्यम शर्माले गोल गरे । खेलको ३०औँ मिनेटमा गोल गर्दै चापागाईँले ब्लेजर्सलाई  १–० को अग्रता दिलाए । यसैगरी दोस्रो हाफको इन्जुरी समयमा खेल सकिनै लाग्दा शर्माले गोल गर्दै ब्लेजर्सलाई २–० क

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 545 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपः उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै

    भद्रपुर (झापा) । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ । झापा–११ ले  भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो । प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी थिए । विजेता टोलीलाई रु १३ लाख तथा उपविजेतालाई रु सात लाख नगद प्रदान गरिनेछ । 

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 390 पटक पढिएको
  • फोर नेसन्स कपको उपाधि म्यान्मारलाई

    काठमाडौँ । फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो ।फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल ग¥यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु प¥यो ।म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् ।३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 396 पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यान्मार भिड्दै

    काठमाडौं ।  काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ  । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दैछन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुँदैछ  ।चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्  ।म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँद

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 408 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.