खेलकुद

    Showing 781-790 of 1,264 items.
  • आफ्नै कीर्तिमान तोड्दै जयरानीले जितिन डबल स्वर्ण

    पोखरा  / पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले आफ्नै कीर्तिमान तोड्दै डबल स्वर्ण जित्न सफल भएकी छन् ।यसअघि ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थारुले एथ्लेटिक्सको महिलातर्फ १०० मिटर हर्डल्समा पनि स्वर्ण जितेकी हुन । जयरानीले दुईटै खेलमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएकी हुन् । पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार बिहानै भएको फाइनलमा १५.६९ सेकेन्ड खर्चेर पनि स्वर्ण पदक जितेकी छन् ।आइतबार भएको खेलमा जयरानीले ४०० मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 137 पटक पढिएको
  • नवौँ राष्ट्रिय खेलकुद : टेनिसमा गण्डकी र सेनालाई स्वर्णपदक

    झापा / नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’ तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्णपदक जितेका छन् ।पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न भएको खेलमा नेपालको शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकी जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३,६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनालमाथि ६–३,७–५ सेटमा जीत निकाले ।पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 111 पटक पढिएको
  • नबौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलमा सहभागि सेनाका खेलाडीको मृत्यु

    पोखरा / पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका एक खेलाडीको मृत्यु भएको छ । प्याराग्लाइडिङ गर्दागर्दै अनियन्त्रित भई करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ अनियन्त्रित भइ उडेको ५ मिनेटमै आकाशबाट जमिनमा खसेको थियो । ग्लाइडर दुर्घटनामा परेपछि उनलाई सराङकोटबाट तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा १२ बजेर

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 112 पटक पढिएको
  • नवौँ राष्ट्रिय खेलकुदः सेनाले जित्यो १५ स्वर्णसहित ३६ पदक

    झापा / विभागीय नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म १५ स्वर्णसहित ३६ पदक जितेको छ । गण्डकी प्रदेशमा जारी उक्त प्रतियोगितामा हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको हो । यसैगरी बागमती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ भने सशस्त्र प्रहरीको (एपिएफ) ले चार स्वर्ण, छ रजत र नौ कास्यसहित १९ पदक लिएर पदक तालिकाको तृतीय स्थानमा छ ।आयोजक गण्डकी प्रदेशले हालसम्म दुई स्वर्ण, दुई रजत र छ कास्यसहित १० पदक, नेपाल प्रहरीले दुई स्वर्ण, एक रजत र तीन कास्यसहित छ पदक तथा सुदूरपश्चिम प्र

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 112 पटक पढिएको
  • नवौं राष्ट्रिय खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै

    झापा  / गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको कुम्भमेला आज (शुक्रबार) देखि औपचारिक रुपमा सुरु हुँदैछ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङका अनुसार भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ः०० बजे खेलकुदको पोखरा रङ्गशालामा उद्घाटन गर्नेछन् । उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा पुगिसकेका छन्  भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा पुगिसकेका बताइएको छ । उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 113 पटक पढिएको
  • सन्दीपलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं / १७ वर्षीया नाबालिग किशोरी बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।असोज २० गते पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । पहिलो पटक ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो भने बिहीबार ५ दिन  थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । तर, ५ दिन म्याद थप गरी अनुन्सन्धान गर्न अदालतले अनुमति दिएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए । क्रिकेटर  लामिछ

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 122 पटक पढिएको
  • म्याद थपका लागि सन्दीपलाई आज अदालतमा उपस्थित गराइँदै

    काठमाडौं / १७ वर्षीय नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका उनलाई अनुसन्धानका लागि सात दिनको दिइएको थियो । सात दिन सकिएसँगै प्रहरीले उनलाई  म्याद थपका लागि आज अदालत उपस्थित गराउन लागेको हो । असोज २४ गते जिल्ला अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी गरेका थिए ।

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 138 पटक पढिएको
  • क्रिकेटर छायाकरलाई १४ वर्ष लामो प्रतिबन्ध

    एजेन्सी / क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले १४ वर्ष लामो प्रतिबन्ध लगाएको छ । उनलाई क्रिकेटको कुनै पनि प्रतियोगिता खेल्न नपाउने तथा क्रिकेटसँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको हो । उनीमाथि अप्रिल २०१९ मा जिम्बाब्वेविरुद्ध युएई सिरिज र २०१९ मा क्यानडामा भएको जीटी २० प्रतियोगितामा नियम उल्लङ्घन गरेको आरोप छ ।उनलाई त्यसअघि पनि आईसीसीले २०१८ मा युएईको आज्मानमा भएको क्रिकेट प्रतियोगितामा अनैतिक काम गरेको ठहर गरिएको थियो । ‘हामीले पहिलो पटक २०१८ मा गल्ती ठहर गरि उनलाई चेतावनी दिएका थियौं । त्यसपछि पनि त्यस्तै कार्यमा आवद्ध भई खेलला

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 289 पटक पढिएको
  • सन्दीपलाई आज अदालतमा उपस्थित गराइँदै

    काठमाडौं /  १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालतमा उपस्थित गराइँदै छ । चार दिनअघि पक्राउ परेपनि सार्वजनिक बिदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन । दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो ।सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो । पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए । उनले आत्मसपर्मण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गर

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 113 पटक पढिएको
  • क्रिकेटर लामिछाने जिल्ला अदालतमा, म्याद थप गर्ने तयारी

    काठमाडौँ / बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले जिल्ला अदालत लगेको छ ।एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपलाई सोमबार बिहान कार्यालय खुल्नेबित्तिकै प्रहरीले जिल्ला अदालत काठमाडौँमा लगेको हो ।अदालतमा म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासतमा छन्।यसअघि दशैँ बिदाका कारण प्रहरीले म्याद थप गर्न सकेको थिएन । सोमबार अदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरिने

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 136 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा