खेलकुद

    Showing 901-910 of 1,265 items.
  • इटाली यसपटक पनि विश्वकपबाट बाहिरीयो

    बिर्तामोड / युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ। युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा गए राती नर्थ म्यासेडोनियासँग स्तब्ध हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो।नर्थ म्यासेडोनियासँग १–० गोलले  स्तब्ध हुँदै युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोटबाट बाहिरिएको हो। इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले निर्णायक गोल गरे।घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दवाव बढाए पनि गोल गर्न नसक्दा  अन्ति

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 239 पटक पढिएको
  • दुर्गापुरलाई ५–० ले पराजित गर्दै गोर्खाब्वाइज दमक गोल्डकपको क्वारटफाइनलमा

    बिर्तामोड / गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।गोर्खाब्वाइजको जितका लागि यानिकले ३ गोल गरे । गोर्खाब्वाइजका लागि सुसन तामाङ र सुनील खड्काले एक/एक गोल गरे ।गोर्खाब्वाइजले खेलको दास्रो मिनेटमै खाता खोल्यो । मैदानको मध्यभागबाट मिक्चेन तामाङ क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २० औँ मिनेटमा यानिकले गोर्खाब्वाइजले अग्रतालाई दोब्बर

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 446 पटक पढिएको
  • प्रथम रात्रिकालीन वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि भद्रपुर –६ लाई

    झापा / भद्रपुर युवा परिवारले आयोजना गरेको प्रथम रात्रिकालीन वडा स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि भद्रपुर –६ ले जितेको छ । भद्रपुर उच्च माविको खेल मैदानमा बुधबार राति भएको फाइनल खेलमा उपाधिका दाबेदार मानिएका वडा नम्बर ४ लाई २५–१७, २५–१९ को सोझो सेटमा हराउँदै वडा नम्बर ६ ले उपाधि जितेको हो ।  उपाधि जितेको वडा नम्बर –६ ले ३५ हजार रुपैयाँ पाएको छ भने उपविजेता वडा नम्बर –४ ले २० हजार पाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा –६ का हेमन्त विश्वकर्मा, वेस्ट स्पाइकर वडा –४ का भरत राजवंशी, वेस्ट वलकर वडा –५ का सञ्जय चौधरी, वेस्ट डिफेन्डर वडा –४ का बुद्धिमान राजव

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 570 पटक पढिएको
  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल आज घरेलु टोली थाइल्याण्डसँग भिड्दै

    बिर्तामोड / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्यान्डबीचको खेल आज (बिहिवार) थाइल्यान्डमा हुँदैछ । नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाली समयअनुसार साँझ पौने ६ बजे थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो । थाइल्यान्डविरुद्ध दुई खेल खेल्दा नेपाल दुवैमा पराजित भएको थियो भने, यो पटक मैदानमा उत्रदा नेपाल घरेलु टोलीलाई कडा टक्कर दिने योजनामा रहेको छ।एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्र

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 229 पटक पढिएको
  • आयोजक दमक–११ लाई पराजित गर्दै बागमती क्वाटर फाइनलमा

    बिर्तामोड / बागमती युथ क्लब सर्लाही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो ।दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप भइरहेको छ ।बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे । बागमतीका जोमाउलमाथि डिबक्समा फल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै बागमतीले जित पहिलो खेलमा विजयी सुरुवात गरेको हो । घरेलु दर्शको साथ पाएको दमकले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । त

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 319 पटक पढिएको
  • दमक गोल्डकपको तयारी पूरा : बुधबार बाट खेल सुरु हुदैँ

    बिर्तामोड / दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबारबाट हुने दमक गोल्डकपको तयारी पूरा भएको हो । दमक-३ स्थित प्रस्तावित मदन भण्डारी  अन्तर्राष्ट्रिय रङ्गशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहनेछ । प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चौलागाइँले जानकारी दिए । पाँच हजारदेखि सात हजार दर्शक आँट्ने प्याराफिट निर्माण गरिएको उनले बताएका छन । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नेछन् भने समापन पूर्वप्रधानमन

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 526 पटक पढिएको
  • झापामा पहिलो पटक प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता सम्पन्न

    बिप्सा खरेलबिर्तामोड /  झापामा पहिलो पटक प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता भएको छ । बिर्तामोड नगरपालिका  ५ न. वडा खेलकुद बिकास समितिको आयोजनामा बुधबार  प्रथम प्रदेशस्तरीय  ३×३ महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो ।   खेलकुद प्रतियोगिताको उद्घाटन  प्रमुख अतिथि १ न. प्रदेश पूर्व सामाजिक बिकास राज्य मन्त्री जसमाया गजमेरले गरेकी थिइन्। प्रतियोगिताको मुख्य आकर्षण नेपाल बास्केटबल टिमका राष्ट्रिय कप्तान सदिश प्रधान रहेका थिए । उनले खेलाडीहरूको मनोबल बढाउन उपस्थित भएको बताएका छन् ।  ५ न. वडा खेलकुद विकास समितीका अध्यक्ष  विशाल धिमालक

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 365 पटक पढिएको
  • आईसीसी क्रिकेट विश्वकप लिग-२ : टस हारे सँगै बलिङमा नेपाल

    काठमाडौँ / आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध टस हारेको छ ।संयुक्त अरब इमिरेट्स (युएइ)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्ने छ । पिएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।नेपाल पिएनजीलाई हराउँदै शृङ्खलामा सुखद् सुरुवात गर्न चाहन्छ । पिएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।नेपालले यसअघि पिएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।शृंखला अघि नेपालले श्रीलङ्कामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार व्यहो

    • प्रकाशित मितिः चैत २, २०७८
    • 125 पटक पढिएको
  • चेल्सी र आर्सनलको सानदार जित

    एजेन्सी / इंग्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा आर्सनल र चेल्सीले आइतबार राति जित निकालेका छन् । खेलको अन्तिम मिनेटमा काई हाभार्टजले चेल्सीको लागि गोल गरेपछि चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गरेको हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६९ अङ्क रहेको छ भने चौथो स्थानको आर्सनलको ५१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५० अङ्क रहेको छ । जितसँगै चेल्सी २८ खेलमा ५९ अङ्कसहित तेस्रो स्थानमा रहेको छ जुन दोस्रो स्थानको लिभरपुलभन्दा सात अङ्क कम हो । आइतबार नै भएको खेलमा चौथौ स्थानमा उक्लिने क्रममा आर्सनलले लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । आर्सनललाई जित दिलाउन थोमस पा

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 158 पटक पढिएको
  • बोर्डेअक्समाथि पीएसजीको जित

    एजेन्सी / फ्रेन्च लिग वानमा बोर्डेअक्समाथि पेरिस सेन्ट जर्मन (पीएसजी)ले ३-० को अन्तरले सहज र सानदार जित निकालेको छ । पिएसजीलाई सानदार जित दिलाउनको लागि केलियन एमबाप्पे, जुनियर नेमार र लियान्द्रो ड्यानियल पारेडेसले समान एक-एक गोल गरेका थिए ।खेलको २४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा नेमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारेका थिए । ६१ औं मिनेटमा पारेडेसले गोल गर्दै पिएसजीलाई सानदार जित दिलाएका थिए ।यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले दोस्रो स्थानमा रहेको मार्सेलाई १५ अङ्कले पछि पारेको छ । पिएसजीले २८ खेलमा ६५ अङ्क जोडेर शीर्ष स्थानमा रहेक

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 103 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा