खेलकुद

    Showing 931-940 of 1,506 items.
  • क्रिकेटर लामिछाने सर्वोच्च अदालत जाँदै

    झापा- उच्च अदालत पाटनको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएका छन् । उच्च अदालतले विदेश यात्रामा लगाएको प्रतिबन्ध तथा धरौटी रकमको विषय पुनरावलोकनका लागि लामिछानेले सर्वोच्चमा निवेदन दर्ता गर्ने तयारी गरेको अधिवक्ता सरोज कृष्ण घिमिरेले बताए ।‘सम्भवतः भोलि हामी सर्वोच्च जाने छौँ,’ घिमिरेले भने । अदालतले लगाएको प्रतिबन्धका कारण लामिछानेले संयुक्त अरब एमिरेट्स ९यूएई० मा हुने आगामी शृङ्खलामा सहभागी हुन नपाउने अवस्ता छ । त्यस्तै, अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो ।नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीपलाई गत पुस २७ गते उच्च अदालतले धरौ

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 326 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकप : आज पुसिल र चर्च ब्वाइजबीच खेल हुँदै

    भद्रपुर- प्रथम भद्रपुर झापा गोल्डकपमा आज  विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ ।  उद्घाटन  खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे ।पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । विजयी भएको आयोजक भद्रपुर ब्लेजर्सले अब क्वाटर

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 402 पटक पढिएको
  • सन्दीप र गुल्सनले यूएईमा हुने त्रिदेशीय शृंखला गुमाउने

    झापा - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने त्रिदेशीय शृंखलामा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सन्दीप लामिछाने र गुल्सन झा टिममा उपलब्ध नहुने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) का एक अधिकारीले बताएअनुसार सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू–१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीहरुले यूएई भ्रमण गुमाउने भएका हुन् ।सन्दीपलाई अदालतले नेपाल बाहिर जान रोक लगाएको छ । गुल्सन यू–१९ का कप्तान हुन् र टिम बन्द प्रशिक्षणमा छ । यसैकारण यी दुई यूएई भ्रमणमा उपलब्ध हुने छैनन्,” क्यानका एक पदाधिकारीले भने ।यूएईमा लिग–२ अन्तर्गतको शृंखलामा नेपालसँगै घर

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 200 पटक पढिएको
  • लिभरपुलद्वारा न्युकासल पराजित

    झापा : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासललाई २–० गोल अन्तरले हराएको छ।गएराति भएको खेलमा लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे।खेलको दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।खेलको २२ औं मिनेटमा निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो।जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेको छ। लिभरपुल आठौं स्थानमा रहेको छ। न्युकासल ४१ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 281 पटक पढिएको
  • नेपालको लगातार तेस्रो जित

    काठमाडाैं :तीन खेलाडीको अर्ध सतकीय बिस्फोटक ब्याटिङसंगै आईसीसी विश्वकप लिग टूमा नेपालले लगातार तेस्रो जित निकालेको छ। आज भएको खेलमा नामिबियालाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो।जितका लागि नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलब ३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा ज्ञानेन्द्र मल्ल,आशिफ शेख र कुशल मल्लले अर्ध सतकिय पारी खेले। तेस्रो ओभरको पहिलो बलमै ओपनरका रुपमा आएका कुशल भुर्तेल एक रनमा आउट भएपछि दबामा आएको नेपालको ईनिङ्स  मल्ल र शेखको जोडीले उकासेका थिए। यी जोडीले किर्तिमानी शतकिय साझेदारीसमेत गरे।आशिफ शेख ८१ रन बनाएर आउट हुँदा ज्ञाने

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • 189 पटक पढिएको
  • पाँचथर बुद्धिचाल संघको अध्यक्षमा विजयवोध निर्विरोध

    झापा- पाँचथर जिल्ला बुद्धिचाल संघको अध्यक्षमा विजयवोध लावती निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार फिदिममा सम्पन्न चौथो जिल्ला अधिवेशनले लावतीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।समितिको उपाध्यक्षमा दिपक दुलाल, सचिव नन्दकुमार कुरुम्वाङ, कोषाध्यक्षमा जयप्रकाश नेम्वाङ निर्वाचित भएका छन् ।अधिवेशनले केन्द्रीय प्रतिनिधिमा विजयवोध लावती, प्रदेश प्रतिनिधिमा महेन्द्र नेम्वाङ, धनप्रसाद खनाल र कमला तुम्रोकलाई चयन गरेको छ ।संघले अधिवेशनको अवसर पार्दै बुद्धिचाल विधा तर्फका पुराना खेलाडीलाई सम्मान गरिएको छ ।सम्मानित गरिएकाहरुमा २०२८ सालका बुद्धिचाल खेलाडी खड्ग थापा, २०४४ स

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • 263 पटक पढिएको
  • वाल्मीकिद्वारा विद्यार्थीलाई सम्मान

    झापा- गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको वाल्मीकि एजुकेशन फाउण्डेशनले खेलकुद क्षेत्रमा समेत अब्बल भएको छ ।  तेह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड, हिसान र प्याब्सन झापाले आयोजना गरेका कार्यक्रममा सहभागी विद्यार्थीले उत्कृष्ठ नतिजा हासिल गरेका हुन् । खेलकुद क्षेत्रमा उत्कृष्ठ नतिजा हाँसिल गरेसंगै वाल्मीकि एजुकेशन फाउण्डेसनले वुधवार विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबबीच बिद्यार्थीलाई सम्मान सहित ट्रफी र मेडल प्रदान गरेको छ । वल्मीकिमा अध्ययनरत विद्यालयस्तरदेखि उच्च शिक्षा अध्ययनरत बिजेता खेलाडी ,सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै उत्कृष्ठ स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरि

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 373 पटक पढिएको
  • तेह्रथुममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

    झापा- तेह्रथुमको छथर सुक्रबारेमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस २०७९ को अवसरमा यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि फागन ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो। सोही प्रतियोगितामा जिल्लाको ६ वटै पालिकाका खेलाडीहरुको सहभागिता रहने पनि उहाँले बताउनुभयो ।जिल्ला खेलकुद विकास समिति तेह्रथुमको आयोजना तथा छथर गाउँपालिकाको व्यवस्थापनमा प्रतियोगिता हुने भएको अध्यक्ष लिम्बुले बताउनुभयो । प्रतियोगिताको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री राजेन्द्र राईले गर्नुहुने भएको छ ।प्रतियोगिताला

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 243 पटक पढिएको
  • नामिबियाबिरुद्ध नेपालको कीर्तिमानी जित

    झापा । ओपनर कुशल भुर्तेलले शतकीय पारी खेलेपछि नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ ।विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको हो ।जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै पूरा गर्यो । नेपाललाई जित दिलाउन ओपनर कुशल भुर्तेल ११५ रनमा आउट भए ।

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 482 पटक पढिएको
  • फेरियो मेची रङ्गशालाको मुहार

    झापा । वरिपरि रङरोगन गरि चिटिक्क सिंगारीएको प्याराफिट । बाटैबाट देखिने गरि सजावट गरिएको गेट र व्यवस्थित बनेको खेल मैदान । करिब दुइ महिना अगाडी हेरि नसक्नु रहेको झापाको भद्रपुर स्थित मेची रङ्गशालाको अहिलेको अवस्था हो यो । कुनै समय नाम चलेको यो रंगशाला खेलकुदका गतिविधि हुन छाडेसँगै उजाड बनेको थियो । तर, पछिल्लो समय मेची रंगशालाको मुहार फेरिएको छ । यो रंगशालाले नयाँ जीवन पाएको छ । भद्रपुर, झापा गोल्डकप हुने भएसँगै मेची रंगशालाको चमक फर्किएको हो । त्रिभुवन गोल्डकप भएयता यो रंगशालामा कुनै खेलकुद गतिविधि भएको थिएन । २०६१ देखि रंगशालाको संरक्षणमा पनि कसैको ध्यान पुगेन । रंगशालाका सबै संरचना

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 647 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.