मनोरञ्जन

    Showing 1,611-1,620 of 2,236 items.
  • सुरेश र दीपाको यो मनको चाहना

    काठमाडौं । गायक सुरेश लामा र गायिका दीपा लामाको स्वरमा रहेको गीत ‘यो मनको चाहना’ सार्वजनिक भएको छ । गीतमा डा. दामोदर रेग्मीको शब्द, डीबी लामाको संगीत, विशाल निरौलाको एरेन्ज र रञ्जन राईको मिक्सिङ र मास्टरिङ छ ।गीतको भिडियोमा मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीको अभिनय छ । जहाँ उनीहरूलाई एकअर्काको प्रेमभाव व्यक्त गर्दै देखाइएको छ। उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन्।गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 479 पटक पढिएको
  • सुरेन्द्र र सुसनलाई गिनिज वर्ल्ड रेकर्डसको प्रमाणपत्र

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गरेका छन् । सुरेन्द्र र सुसनले विश्वमै पहिलोपटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा आफ्नो नाम दर्ता गरेका हुन्।सोलुखुम्बुस्थित काला पत्थरमा ५,४४१ मिटर (१७,८५१ फिट) उचाइमा १९ मे २०२४ (जेठ ६) मा यस कीर्तिमान प्रयासलाई सफलतापूर्वक सम्पन्न गरेका थिए। उनीहरूले प्रस्तुत गरेको नृत्य ‘मन मगन’ बोलको गीतमा साढे दुई मिनेट लामो थियो। यो रेकर्ड नेपाललाई विश्वमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो।‘हामीले यो कीर्त

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 623 पटक पढिएको
  • रंगीमा नम्रता श्रेष्ठ अनुबन्धित

    काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ मा ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ ।हालै निर्माण पक्षले नम्रतालाई फिल्ममा अनुबन्ध गरेको हो । नम्रताले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् । ‘मैले रंगीको स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ, म युवावस्थाको छु, तर मेरो नेचर बच्चाको जस्तो छ । ऊ बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नु पर्ने भएकाले पनि काम गर्न मन लाग्यो’, उनले भनिन्

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 445 पटक पढिएको
  • दीपेन्द्रको दुखी आत्मा सुरु

    काठमाडौं । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ ।सुटिङ सुरुसँगै ‘दुखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्विर बाहिरिएको छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही,बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतले अभिनय गर्दैछन् ।पूरा फिल्म काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 386 पटक पढिएको
  • एक्टरको क्यारेक्टर पोस्टरमा आना

    काठमाडौं । आगामी कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको फिल्म ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा नायिका आना मात्र चित्रित छिन्। पोस्टरमा आना सहरीया युवतीका रुपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । कलर गरेको कपाल र गला खुलेको वान पिसले उनलाई खुलेको छ ।पृष्ठभूमिको आकर्षक झ्याल कुनै तारे होटेलको झैँ लाग्छ । बुट्टा कुँदिएको आकर्षक झ्यालले उनी कफ, डिनर अथवा ब्रकेफाष्टका लागि महंगो होटेलमा पुग्छिन् भन्ने संकेत गरेको छ । यसबारे निर्मा

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 303 पटक पढिएको
  • तेल भिसाको तुकुनको मुकुन मन पर्‍या

    काठमाडौं । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक भएको छ । बिहीबार युट्युबमा सार्वजनिक फिल्मको गीतमा फिल्मका मुख्य अभिनेता विपिन कार्की, पुजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् ।गीतमा कृष्ण भारद्धाजको संगीत, राजन इशानको एरेञ्ज तथा निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द रचना र शान्तिश्री परियार र साइराज खत्रीको स्वर छ । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता विपिन कार्कीको वृद्ध र जवान गरी दोहोरो भुमिका छ । फिल्ममा विपिनसँगै वर्षा राउत, पुजा चन्द,

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 355 पटक पढिएको
  • कसम बत्तीकोमा जितु र नीतिको बिहे र रोमान्स

    काठमाडौं । असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको हो ।सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ । यो गीतको अडियो शक्तिशाली छ । गीतका अधिकांश अंशहरु सामाजिक संजालमा हिट हुने खालका छन् ।दशैंको फूलपातीमा रिलिज हुन लागेको यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु जितु नेपाल र नीति शाहले नृत्य गरेका छन् । बिहेको परिवेशलाई समावेश गर्दै यो गीतको भिडियो तयार पारिएक

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 469 पटक पढिएको
  • पोखरामा गुञ्जिँदै नितेश

    काठमाडौं । गायक नितेश जंग कुँवरले पोखरामा यही शुक्रबार आफ्नो प्रस्तुती दिने भएका छन । झण्डै डेढ वर्षपछि नितेश सार्वजनिक रुपमा आफ्ना गीत पोखराका दर्शकलाई सुनाउन लागेका हुन् ।नितेश पोखरास्थित लेकसाइडमा रहेको किङ्ग्स लाउन्जमा गुञ्जिदैछन् । यो कार्यक्रममा नितेशसँगै समृद्धि राईको पनि प्रस्तुती रहनेछ ।पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले आयोजना गर्न लागेको कार्यक्रममा नितेशले ‘फ्लर्टी माया’, ‘म पागल’, ‘माया सस्तो’, ‘सम्हाली राख न’, ‘खोलै खोला’, ‘हितैको माया’लगायतका आफ्ना चर्चित गीत सुनाउनेछन् ।नितेश यतिबेला उनको इपी ‘जेमिनी’को तयारीमा छन् । ‘जेमिनी’ सार्वजनिक गरेपछि उनी यसै वर्ष युर

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 688 पटक पढिएको
  • रकम ठगीको अभियोगमा इकु पक्राउ

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।उनले भने, ‘पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 454 पटक पढिएको
  • धिरजको जन्मदिनमा खुस्मा ट्रेलर

    काठमाडौं । अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो ।चार मिनेट लामो ट्रेलर रिलिज पश्चात धिरजको जन्मदिनको केक काटेर सेलिब्रेसन समेत गरिएको थियो । फिल्मको ट्रेलरले जनयुद्धको प्रभावका बावजुद अकुंराएको एक जोडीको प्रेम र गाउँमा माओवादी सशस्त्र द्धन्द्व बढेपछि गाउँबाट वेपत्ता श्रीमानको प्रतिक्षामा रहेकी श्रीमती तथा परिवारको कथा उठाएको बुझिन्छ ।धिरजले आफु जन्मेको गाउँमा फिल्म छायांकनको अवसरमा फर्कन पाएकोमा निर्देशक अशोक थापा मगर प्रति आभार व्यक्त गरे । ‘२ वर्षको उमेर युके गएपनि सधैं

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 468 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा