मनोरञ्जन

    Showing 1,651-1,660 of 2,715 items.
  • द महावीरको घोषणा

    काठमाडौं । फिल्म ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो ।जिबी आग्रीले निर्देशन गर्ने फिल्मको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन । थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमिमा कथा रहेको अनुमान लगाउन सकिन्छ ।दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमनेसमाने भएको पोस्टरमा उल्लेख छ । बीचमा ठूलो तरबार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा छ । यो युद्धको संकेत हो ।  फिल्मको नारा ‘राइज फाइट कन्क्वेर’ छ । उठ, लड र जित भन्ने नाराले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ । फिल्मक

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 549 पटक पढिएको
  • ट्रेन्डिङमा कर्मा ट्रेलर

    काठमाडौं । फिल्म ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा आएको छ । नेपालसहित विभिन्न देशमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो ।ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको छ । नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ । बिहीबार सार्वजनिक ‘कर्मा’को ट्रेलरको सामाजिक सञ्जालमा उत्कृष्ट रहेको प्रतिक्रिया आइरहेको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत अटाएका छन् ।सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँ

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 458 पटक पढिएको
  • पिताम्बरको लास्ट च्वाँक छे यार सार्वजनिक

    काठमाडौं । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरी(धनबहादुर गिरी)को स्वर, संगीत तथा मिक्सिङ र मास्टरिङ छ । गीतमा फिल्मकी निर्देशक कृषा चौलागाईंको शब्द छ । द पिक स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट दिनेश राजवाहक हुन् ।बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्तको अभिनय छ । गीतमा सुरक्षाप्रति सौगातको प्रेमभावलाई प्रस्तुत गरिएको छ । तराईको लोकेसनमा खिचिएको गीतमा त्यहाँको परिवेशलाई देखाइएको छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 406 पटक पढिएको
  • जनै हराएको बाहुनको मुहुर्त

    काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान फिल्मको शुभमुहूर्त गरिएको हो ।बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए ।सोमबारबाट फिल्मको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ ।  हिमाल न्यौपानेको निर्देशन रहने फिल्ममा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ ।निर्माण टिमका अनुसार सोमबार काभ्रेपलान्चोकको पनौतीबाट फिल्मको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 598 पटक पढिएको
  • नरसिंहाः अवतारको जापान अधिकार बिक्री

    काठमाडौं । निर्देशक दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग उच्च रुपमा बढेको छ । फिल्मको फस्टलुकसँगै विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा विक्री भइसक्ने निर्देशक भट्टराइको भनाई छ ।यसैबिच, यो फिल्मको जापान अधिकार विक्री भएको छ । फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । जापानका दर्शकले यो फिल्मको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाँइको भनाई छ । निर्माणपक्षले कति रकममा जापान अधिकार विक्री गरेको हो, त्यो खुलाएको छैन ।नायक राजेश ह

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 648 पटक पढिएको
  • वसन्तलाई वर्ड अफ माउथ राम्रो

    काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपुतलाई दर्शकले फिल्मको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुग्दा कथामा कनेक्ट भएको दर्शक प्रतिक्रिया पाउँदा खुशी लागेको सुनाए ।दर्शकले फिल्मको विषय बाहिर आएजस्तो नभएको बताएका छन् । ‘वसन्तले राजनीतिक विषय उठान गरेको छ, कुनै पार्टीलाई सपोर्ट गरेको हो कि भन्ने कुरा आइरहेको छ,’ फिल्म हेरेपछि एक दर्शकले भने, ‘राजनीतिक विषय छैन । सामाजिक कथावस्तु छ । शंका गर्ने ठाउँ छैन । ढुक्कले सिनेमा हेर्न आए हुन्छ ।’नेपाली समाजका कथाव्यथ

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 463 पटक पढिएको
  • हर्षको छायांकन पुरा

    काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हर्ष’को छायांकन पुरा भएको छ । डेब्यु निर्देशक एकता पौडेलले फिल्मको सम्पुर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन् । उनले ४० दिनको सेड्युलमा छायांकनमा निस्के पनि निर्माण टिमको उत्साहपुर्ण कामले सेड्युल भन्दा ५ दिन अगावै छायांकन सकिएको बताइन् ।निर्देशक पौडेलका अनुसार फिल्मको सम्पुर्ण छायांकन चितवनमा नै गरिएको छ । फिल्ममा ५ गीत समावेश गरिएको र ती सवै गीतसहितको छायांकन ३५ दिनमा सकिएको भन्दै आफु र आफ्नो टिमले उत्कृष्ट दिने प्रयास रहेको बताइन् । फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 386 पटक पढिएको
  • दिव्य देव भन्छन्–पिताम्बरमा खलनायक छु

    काठमाडौं । अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाईको कलाकारमा पर्छन् । फिल्महरुमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य देव यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा खलनायक चरित्रमा देखिँदैछन् ।दिव्य देव ‘पिताम्बर’मा ‘राहुल’को भूमिकामा देखिँदैछन् । ‘मैले यसअघि कमर्सियल किसिमको फिल्म गरेको थिइनँ । यो लेभलको फिल्ममा पहिलोपटक काम गरेको हुँ’, उनी भन्छन्, ‘फिल्ममा मेरो फूल अन भिलेन अर्थात खलनायक चरित्र छ । मेरो लुक्स, पहिरन, तराईको परिवेश अनुसार भ्वाइस छ । म फिल्ममा क्रुर किसिमको छु । यो कथाभित्र म पात्रले जे काम गर्छ, त्यसले मेन प्रोटागोनिस्टको लाइफमा असर प

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 389 पटक पढिएको
  • नेपालझैँ नेपाली सुन्दर छन्ः अभिनेता श्रीनिवास

    काठमाडौँ । भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन् । दक्षिण भारतीय फिल्म ‘टाइसन नाइडु’को छायाङ्कनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र सत्कारको प्रशंसा गर्दै लागि धन्यवाद दिए ।उनले भने, ‘म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ । कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ । यो फिल्मको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायाङ्कन गर्ने निर्णय गरेका थियौँ । यो फिल्मले नेपाली कलाकारलाई दक्षिण भारतीय फिल्मसँग जोड्नेछ ।’फिल्म द्वन्द्वप्रधान रहेको जा

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 383 पटक पढिएको
  • अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए ।उनले भने, ‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो ।’उनले आगामी वर्ष विसं २०८२ को ३ जेठमा बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइ

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 254 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.