काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको फिल्मको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् ।फिल्मको यो गीतमा दुर्गेश थापाको संगीत, शब्द र एरेञ्ज रहेको छ । गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । पाश्र्व गायनमा उनको यो डेव्यु फिल्म हो । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ फिल्मको हाइप निर्माण गर्ने विश्वास टिमको छ ।नीता फिल्मस्को प
मुम्बई(एजेन्सी) । भारतीय प्रख्यात टेलिफिलम ‘कसौटी जिन्दगी कि’का स्क्रिप्ट राइटर महेश पाण्डेलाई मुम्बई प्रहरीले फिल्म निर्माता जतिन सेठीमाथि २ करोड ६५ लाख रुपैंयाँ धोकाधडी गरेको आरोपमा न्यायिक हिरासतमा राखेको छ । प्रहरीका अनुसार उनलाई अदालतमा उपस्थित गराएर न्यायिक हिरासतमा राखिएको हो ।निर्माता जतिनले महेशले व्यापारिक सम्झौताको शर्तको उल्लंघन गरेको आरोप लगाएका छन् । आफूलाई उनले फर्जी इमेल आइडी बनाएर गुमराहमा पारेको आरोप लगाएका छन् ।महेशले कैयौं प्रख्यात टेलिफिल्म लेखेका छन् । उनले करियरको सुरुवात ‘कहानी घर घर की’बाट गरेका थिए । यसपछि उनले ‘कसौटी जिन्दगी की’, ‘कसम से’ र ‘विद्या’ जस्ता टेलिफिल्म ल
काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को दोस्रो फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन् ।फस्टलुकमा पललाई केही गम्भीर भावमा देख्न सकिन्छ । नायिका पुजालाई भने रिसाएको देख्न सकिन्छ । उनले कसैलाई आँखा तर्किएर आफ्नो रिसाएको भाव देखाएकी छन् । दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । यो तस्वीर हेर्दा फिल्म एसिड आक्रमणविरुद्ध बोल्छ भन्ने बुझ्न सकिन्छ ।यसअघि फिल्मको सार्वजनिक पलको सोलो फस्टलुकले बजारमा राम्रै चर्चा पाएको थियो ।फिल्मका नि
मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमारले पछिल्ला वर्षमा बक्सअफिसमा हिट फिल्म दिन सकेका छैनन् । फिल्म ‘सूर्यवंशी’ रिलिज पछि उनको करियर ओरालो लाग्दो छ । किनकी बक्सअफिसमा उनी सफल हुन सकेका छैनन् ।फिल्म ‘बडे मिया छोटे मियाँ’ र ‘सरफिरा’को असफलतापछि अक्षय नयाँ कमेडी फिल्म ‘खेल खेल मे’का कारण चर्चामा छन् । यो फिल्मप्रति उनका फ्यान उत्साहित छन् । फिल्म रिलिज अघि अक्षय फिल्मका निर्देशक मुदस्सर अजीजका साथ प्रार्थना गर्न मन्दिर यात्रामा छन् । उनी हालैमात्र हाजी अली दरगाह पुगे । जहाँ उनले करोडौं रुपैंयाँ दान गरे ।त्यसो त मन्दिरलाई करोडौं रुपैयाँ दान दिएको यो पहिलोपटक होइन । यसअघि पनि उनले मन्दिरलाई क
काठमाडौं । फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन आजबाट सुरु भएको छ । फिल्मको छायांकन गोदाबरीबाबट सुरु गरिएको निर्माणपक्षको भनाई छ । ३० दिनको सेड्यूल राखेर फिल्मको छायांकन सुरु भएको हो । पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ ।भोलिबाट फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिनेछन् । फिल्मको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभसाइत गरियो । शुभसाइत समारोहमा फिल्मका सम्पूर्ण कलाकार, प्राविधिक उपस्थित थिए । फिल्ममा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको
काठमाडौं । अभिनेत्री मिरुना मगर जापान जाने भएकी छन् । अगस्ट ११ तारिख आइतबार राजधानी टोकियोमा प्रदर्शन हुन लागेको फिल्म ‘घरज्वाइँ’को प्रदर्शनमा सहभागी हुन उनी जापान जान लागेकी हुन् ।नेपाल मगर संघ जापानको आयोजनामा ‘घरज्वाइँ’ जापानभर प्रदर्शन हुनेछ । अगस्ट ११ तारिखमा टोकियो, १४ तारिखमा नागोया र ओसाका सहरमा एकै चोटी सिनेमाको शो हुनेछ । सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका सहरमा पनि ‘घरज्वाइँ’ प्रदर्शन हुनेछ ।करीब दुई लाख नेपाली रहेको जापानमा मिरुना मगरलाई पनि चाहिन्छ भन्ने नेपाली दर्शकहरुको मागलाई सम्बोधन सोरुप उनलाई निमन्त्रणा गरिएको संघका अध्यक्ष रामहरी खपाङ्गी मगरले बताए । जापानक
काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माणपक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ ।थिम पोस्टरले युद्धको सङ्केत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ ।नरसिंहाको अर्थ भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप यो दश अवतार मध्ये चौथो अवतार हो। नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए । दैत्य हिरण्यकश्य
काठमाडौँ। हाँस्यव्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को अफिसियल घोषणा गरिएको छ। राजधानीमा बिहीबार जनता टेलिभिजनको हलमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो। रेस्क्यु क्रियसनले निर्माण गर्ने यो कार्यक्रम प्रतिष्पर्धा भने होइन । कमेडी फर करियर भन्ने नारा सहित ‘कमेडी किरो राष्ट्रको हिरो’ जनता टेलिभिजन,म्युजिक नेपालको युट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारणमा आउनेछ।देशभरबाट डिजिटल अडिसन मार्फत आएका प्रतियोगी बाट टप २० छान्ने र उनीहरुलाइ १ बर्षको लागि रोजगार दिने प्रोजेक्ट हेड समन अधिकारीले बताए । मासिक तलवमा काम गर्ने रोजगारी
काठमाडौं । अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । ट्रेलरमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्ने संवाद समावेश छ
काठमाडौं । अभिनेता सरोज खनाल भोलिबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मा मुखिया चरित्रमा देखिँदैछन् । उनको अनुभवमा ‘पञ्चायत’, ‘मोदीबेनी’मा निभाएका यस्तै चरित्र भन्दा ‘नम्बरी सुन’को चरित्र फरक छ ।‘नम्बरी सुन’मा मेरो युवावस्थादेखि वृद्धावस्थासम्मको गेटअप छ । अघिल्ला फिल्ममा मलाई बुढो मुखियाका रुपमा देखाइएको थियो । तर नम्बरी सुनमा फरक युवा गेटअपमा देखिन्छ’, सरोज भन्छन् ।‘नम्बरी सुन’मा आफ्नो चरित्र क्रुर नभएको सरोजको भनाई छ । ‘मेरो क्यारेक्टर सुरुमै क्रुर छैन । फिल्ममा मुखियाको एउटा मायालु परिवार छ । उसले परिवारसँगै गाउँका सबैलाई माया गर्छ । फिल्मले सुन बनाउन आउनेको इतिहास बोल्छ । सुन बनाउने कामको सुर
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.