रामेछाप । सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गरेका हुन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीका अनुसार प्रतियोगितामा ११ टिमले भाग लिएका छन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैँया नगद पुरस्कार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छन् ।ग
काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६२ रनको योगफल तयार गरेको हो ।अमेरिकाका ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा ९ चौका प्रहार गरेका थिए । त्यसैगरी मिलिन्द कुमारले आक्रामक खेल प्रदर्शन गर्दै ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७० रनको योगदान दिए ।यस्तै, साइतेजा मुक्काकालले पनि स्थिर ब्याटिङ गर्दै ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । प्रारम्भिक ४८ र
तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सी हासिल गरेको छ । दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको निर्माणपक्षले जनाएको छ ।निर्माताका अनुसार चलचित्रले रिलिजको पहिलो दिन ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ भने राजधानीदेखि बाहिरी सहरका सिनेमा हलहरूमा समेत दर्शकको भीड देखिएको छ । आजको अकुपेन्सी राम्रो भएपछि केही हलहरुले शोमा समेत थप गरेका छन् ।निर्माता आशिष एच तामाङका अनुसार ‘वरिष्ठ बलराम’ का अधिकांश शो हाउसफूल रहेका छन् । उनले भने, “पहिलो दिन बिहानैदेखि धेरै शोहरू हाउसफूल
संसद भवन जलिरहेको पृष्ठभूमिमा फेसबुक लाइभ गर्दै अभद्र र उत्तेजक शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि अमनप्रताप अधिकारी विवादमा तानिएका छन्।भदौ २४ गते भएको अराजक आन्दोलनका क्रममा खिचिएको भनिएको त्यो भिडियोमा अधिकारीले संसद भवन जलिरहेको दृश्य देखाउँदै अशोभनीय भाषामा टिप्पणी गरेका छन्। उनले बारम्बार ‘देखिस, जल्यो तेरो देश’ भन्ने वाक्य दोहोर्याएका छन्। भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘दिस इज हाउ संसद भवन वाज टेकन डाउन।’यो भिडियो अधिकारीकै आधिकारिक फेसबुक वालबाट सार्वजनिक भएको हो र समाचार लेख्दासम्म पनि हटाइएको छैन।भिडियोमा प्रयोग गरिएका कतिपय शब्दहरू उद्धृत गर्न पनि अनुपयुक्त छन्। उनले न
टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव सङ्गाल्नुभएका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गर्नुभएको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उहाँलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो ।“कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि चलचित्र बनाउने कथा लेखेको थिएँ । आफू बाँच्छु कि बाँच्दिन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ । यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई चलचित्रकै शैलीमा पटकथा तयार गरिएको छ”, निर्देशक आचार्यले भन्नुभयो ।कोभिडमुक्त भएपछि निर्देशक आचार्यले यम थापालाई पटकथा लेखनका लागि दिनुभयो । त्यसपछि यो च
काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन् ।नोभेम्बरमा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ ।थाइल्याण्डले चौंथो पटक मिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो । ११९ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने
कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ। निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो।राजधानी काठमाडौंसहित देशका प्रमुख शहर पोखरा, चितवन, नेपालगन्ज, इटहरीलगायत पूर्वमा ईरिक्साका साथै अटोमा ‘मन बिनाको धन’ मय भएको छ । जताततै अटोमा ‘मन बिनाको धन’का फ्लेक्स झुण्डिएका छ। यस्तै देशका मुख्यमुख्य शहरमा चलचित्रका ठुला ठुला होडिङ बोर्ड लगायर फिल्मको प्रचारप्रसार गरिएको छ ।चलचित्रका निर्माता तथा निर्देशक टंक बुढाथोकीले ‘मन बिनाको धन’ एउटा चलचित्र मात्रै नभए अभियान भएको बताउदै देशैभरि चलचित्रको व्यापक प
खैरो रङको स्वीटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपी पहिरन लगाउनुभएका लालबहादुर जोसी को चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो । उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आँगनमा जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरुको उपस्थितिमा एक सयौ जन्मदिन मनाउन पाउनु । जलजला गाउँपालिका–२ ओखरबोटका जिसीले सम्मानपछि खुलेर मनको कुरा र जीवन भोगाईका अनुभव सुनाउनुका साथै भलाकुसारी गर्नुभयो । साठी वर्षसम्म खेतीकिसानी र घुम्ती गोठमा पशुपालन गरेर पाँच सन्तान हुर्काएका जिसीले अहिलेसम्म बिरामी भएर अस्पतालन भर्ना नभएको र एलोपेथिकको औषधी सेवन् नगरेको सुनाउनुभयो । “दूध, घ्यु, दही,
अभिनेता सौगात मल्लको प्रमुख भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । अब यो फिल्म आगामी माघ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको हो।यो सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिलाई ब्यंग्य गर्दै बनेको फिल्म हो ।समसामयिक विषय भएकाले दर्शकले फिल्मलाई रुचाउनेमा आफू विश्वस्त रहेको निर्देशक श्रेष्ठले बताए ।निर्माणपक्षले नयाँ मितिसँगै पोस्टर पनि सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा सौगात र सृष्टि श्रेष्ठ फिचर्ड छन् ।छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ । यसले दुई पात्रबीचको प्रेम दर्शाउँछ । ‘बतासले उडाई लग्यो माया मेरो’ बोलको गीत सोमबार सार्वजनिक हुने अपेक्ष
‘फक्रेर फेरि आऊ खुल्लै छ बागवानीकल्पेर देवकोटा फुर्दै छ रे बिहानी’ मुजारे अखरब बहरको गजलसहित स्रष्टा रामचन्द्र शर्मा यसरी प्रस्तुत हुनुभयो । गजलको अर्को शेरमा उहाँले थप्नुभयो- ‘साहित्यको विरासत बोकेर माथि ल्यायौँपदचाप खोज्न तिम्रा डुल्दै छ मर्मज्ञानी’ सोमबार बागलुङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितात्मक काव्य गोष्ठीमा शर्मासहित झण्डै एक दर्जन स्रष्टाले आफ्ना रचना सुनाए । कसैले सिर्जनाका माध्यमबाट महाकवि देवकोटालाई सम्झिए त कोहीले समसामयिक मुद्दा र परिवेशलाई समेटे । स्रष्टा कोपिला कँडेलले महाकविलाई सम्बोधन गर्दै कविता सुनाउनुभयो–&nb
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.