आगामी कार्तिक महिनामा ‘जारी २’, ‘अभिमन्यु’ र ‘मन विनाको धन’को त्रिपक्षीय भिडन्त हुने भएको छ। यी तिनै फिल्म कार्तिकको तेस्रो हप्ता २१ गते प्रदर्शन हुँदैछन् । ‘जारी २’ सुपरहिट ‘जारी’को दोस्रो शृङ्खला हो । यसमा दयाहाङ राई, मिरुना मगर, विजय बराल मुख्य भूमिकामा छन् । फिल्म निर्देशन उपेन्द्र सुब्बा हुन् ।यो फिल्म पूर्वी नेपालको लिम्बु समुदायको ‘जारी प्रथा’को कथावस्तुमा आधारित छ । ‘अभिमन्यु’ नेपाली र हिन्दी दुबै भाषामा रिलिज गर्ने तयारी छ । जेन-जी आन्दोलन र बाढी पहिरोले अभिमन्यूलाई यो मितिमा धकेलेको हो । ‘अभिमन्यु’ यसअघि तीन पटक प्रदर्शन सरेर अहिले यो मितिमा पुगेको हो । सेभेन सिज सिनेम
भारतीय टेलिभिजन इतिहासमा अमर बनेको महाभारत टेलिश्रृंखलामा कर्णको भूमिका निभाएर चर्चामा आएका अभिनेता पंकज धीरको निधन भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार धीरको निधन बुधबार बिहान भएको हो। ६८ वर्षीय अभिनेता केही वर्षयता क्यान्सरबाट पीडित थिए। रोग गम्भीर बन्दै गएपछि केही महिनाअघि उनको ठूलो शल्यक्रिया गरिएको थियो। तर स्वास्थ्यमा सुधार नआएपछि अन्ततः उनले ज्यान गुमाए।सन् १९८८ मा बी.आर. चोपडा निर्देशित टेलिश्रृंखला महाभारत प्रसारण भएपछि धीरको अभिनयले दर्शकको मन जितेको थियो। उनले कर्णको भूमिकामा देखाएको अनुशासन, गम्भीरता र भावनात्मक प्रस्तुतीले उनलाई टेलिभिजनको इतिहासमै अमर बनायो।धीरले चन्द्रकान्ता जस्त
पोखरा । पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्ट नै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाईसँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र क्रेजमा हुनेछ । तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणको आयोजना मिति तोकिएसँगै गण्डकी प्रदेशमै पहिलो पटक केज फाइट हुने भएको छ । पर्यटक
महिला उद्यमशीलता प्रवद्र्धनका लागि कार्यरत ‘विन च्याप्टर मोरङ’ले आजदेखि विराटनगरमा दुई दिने हस्तकला प्रदर्शनी आयोजना गर्दैछ । वीरेन्द्र सभागृह अगाडिको ‘युमेन इन्टरप्रेनर्र्स ग्यालरी’मा उक्त प्रदर्शनी हुन लागेको हो । उक्त ग्यालरी कोशी प्रदेशकै पहिलो अग्रणी महिला उद्यमशीलता प्रवद्र्धन केन्द्र हो । यसको स्थापना स्थानीय महिलाको सिर्जनात्मकता र सीप प्रदर्शन गर्ने उद्देश्यले गरिएको ‘बिन मोरङ च्याप्टर’की अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले बताए । उनका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य महिला उद्यमीले तयार पारेका हस्तनिर्मित सामग्रीलाई प्रवद्र्धन गर्ने र पारम्परिक चाडपर्वको अवसरमा स्थानीय उत्पाद
आगामी कात्तिक दोस्रो सातादेखि ‘काठमाडौँ हारर चलचित्र महोत्सव’ हुने भएको छ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको उक्त महोत्सवका लागि १५ देशका २५ उत्कृष्ट ‘हरर’, ‘फ्यान्टेसी’ तथा लोककथा आधारित चलचित्र छनोट भएका छन् । अक्टोबर ३१ तारिखमा मनाइने ‘हेलोविन डे’ को अवसर पारेर आगामी कात्तिक १४ देखि १६ गतेसम्म काठमाडौँमा आयोजना हुने उक्त महोत्सवले नेपाली दर्शकलाई अन्तरराष्ट्रियस्तरका रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गराउने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए।उनले भने, “नेपालमा केही फरक गरौँ भनेर हामीले सुरुआत गर्न लागेका हौँ । रहस्यमय र डरलाग्
विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’को ट्रेलर रिलिज भएको छ। निर्माण टिमले फिल्मको मंगलबार फिल्मको ट्रेलर रिलिज गरेको हो।तीन मिनेट ४९ सेकेण्डको ट्रेलरमा आफ्नो प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर,दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन्। जसमा निर्देशक विल्सन आफैले अभिनयमा देखिन्छन्।ट्रेलर रिलिज अघि निर्माण टिमले दुई वटा गीत रिलिज गरिसकेको छ। एउटा लभ सङ रहेको थियो भने अर्को पुर्वतिर खुबै नाचिने नाच साकेला थियो। यतिबेला यसले निकै हाइप लिइरहेको छ।निर्देशक राईकै कथा रहेको
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा सञ्चालित २७ औँ भुजी लिग फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेल आज दिउँसो १ बजेपछि सुरु हुँदैछ ।अमृत घामछायाँ खेल मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा लिखु भुजी युवा क्लब रामेछाप (लिभुरा) र रामेछापका बाम्ती भण्डार बिच हुने भएको छ । नौ वटा टिमले भाग लिएको प्रतियोगितामा रामेछापकै दुईवटा टिम फाइनलमा पुगेका हुन् ।प्रतियोगिताको विजेता टोलीले १ लाख २७ हजार ७ सय २७ रुपैँया नगद, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टोलीले ६७ हजार ७ सय २७ रुपैँया नगद र रजत पदक पाउने भुजी फुटबल क्लबका अध्यक्ष श
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुदैँछ । सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी–२० विश्वकपमा छनोट हुनेछ । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन् ।सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६–६ अंक छ । रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । दुई अंक जोड
आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएका छन् ।‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा व्यापक लोकप्रियता बटुलिरहेको छ। सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ ।प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको यस गीतमा प्रशान्त र शान्तीश्री परियारको सुमधुर स्वर रहेको छ । सार्वजनिक गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विज
कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित उक्त कार्यक्रममा चलचित्र युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको उपस्थिति रह्यो।ट्रेलरमा एक अर्ग्यानिक नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेमको संवेदनशील चित्रण गरिएको छ। ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाज
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.