मनोरञ्जन

    Showing 2,321-2,330 of 2,719 items.
  • काठमाडौंमा हिन्दी सिनेमाहरू चलाउन दिन अदालतको अन्तरिम आदेश

    काठमाडौँ / हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो । अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको अधिवक्ता जयलाल भण्डारीले जानकारी दिए । ‘अन्तरिम आदेश जारी भयो । अहिले हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनु , यथास्थितिमा चल्न दिनू भनेको छ,’ उनले भने। उनी संघका कानुनी सल्लाहकार समेत हुन्। विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको छ । हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका

    • प्रकाशित मितिः असार ७, २०८०
    • 172 पटक पढिएको
  • अत्याधिक चुम्बन र बेड सिन राखिएपछि रोकियो परस्त्रीको प्रदर्शन अनुमति (भिडियो सहित )

    काठमाडौं / नेपाली र हिन्दी दुबै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’ को प्रदर्शन अनुमति रोकिएको छ । चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।आउने साता अर्थात असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरस पाण्डे निर्देशित फिल्म ‘परस्त्री’ लाई सो दृश्य हटाउन निर्देशन दिईएको छ । सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेडसिन प्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरू ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ । मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरूले फिल्म हेरे पछि सो फिल्मका धेरै दृश्यमा

    • प्रकाशित मितिः असार ६, २०८०
    • 300 पटक पढिएको
  • द मिसेस नेशनल २०२३ को उपाधि अनिता यादवलाई

    काठमाडौं /  ‘द मिसेस नेशनल २०२३’ को उपाधि अनिता यादवले हात परेकी छिन् । क्रिजोना मिडिया ग्रुपले ललितपुरको म्युजिक सिटी हलमा आयोजना गरेको प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि छोड्दै अनिताले उपाधि जितेकी हुन् ।उनले भ्युवर्स च्वाईस अवार्डलाई पनि आफ्नो बनाउन सफल भइन् । लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएका थिए ।  विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसीप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना

    • प्रकाशित मितिः असार ४, २०८०
    • 336 पटक पढिएको
  • ‘आदिपुरुष’ को प्रदर्शन नेपालका कुनैपनि हलमा नहुने

    काठमाडौँ / प्रदर्शन अगावै विवादमा तानिएको फिल्म ‘आदिपुरुष’ को प्रदर्शन नेपालभर रोकिने भएको छ । फिल्मको नेपाल वितरक कम्पनी ब्यांकटेस फिल्मसले आजबाट फिल्मको प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो कम्पनीको यो निर्देशनसँगै देशभरका फिल्मको प्रदर्शन रोकिएको कम्पनीका निर्देशक मनोज राठीले बताएका छन्। फिल्ममा सीता भारकी छोरी हुन भन्ने संवादबाट सुरु भएको विवाद नेपालमा मात्रै होइन भारतमा पनि जारी छ । भारतीय दर्शकले समेत फिल्ममा गलत तथ्य प्रस्तुत भएकोप्रति विरोध गरिरहेका छन् ।सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको उक्त संवाद भारतमा प्रदर्शन हुने फिल्मबाट समेत नहटाए फिल्म काठमाडौंमा चल

    • प्रकाशित मितिः असार ४, २०८०
    • 243 पटक पढिएको
  • पोखरामा पनि हिन्दी फिल्म प्रदर्शनमा रोक

    झापा / पोखरा महानगरपालिकाले पनि हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएको छ । फिल्ममा प्रयोग भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द खेदजनक रहेको र उक्त शब्द नसच्याएसम्म पोखराका कुनैपनि सिनेमा घरमा हिन्दी चलचित्र चल्न नदिने गरी महानगरले पत्राचार गरेको छ ।मेयर धनराज आचार्यले सबै सिनेमा घरमा सिनेमा नचलाउन निर्देशन सहितको पत्राचार गरेका छन् । आचार्यले आदिपुरुषको निर्माणपछि नेपालप्रति भारतीय पक्षले गरेको नजर अन्दाज सामान्य नभएको बताए । उनले सामाजिक सञ्जालमा स्टाटस समेत लेखेर आदिपुरुषका संवाद लेखकले अन्तरवार्तामा दिएका विचारले झनै नेपालमाथि धावा बोलेको बताएका छन् ।यसअघि आइतबार नै काठमाडौँ महानगरले पनि

    • प्रकाशित मितिः असार ४, २०८०
    • 167 पटक पढिएको
  • काठमाडौं पोखरा महानगरभित्र रोकियो हिन्दी फिल्मको प्रदर्शन ( भिडियो सहित )

    काठमाडौं / काठमाडौं उपत्यकाका भित्र  रहेका फिल्म हलहरुले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका छन् । काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश जानकी भारतकी छोरी हुन् भन्ने भ्रमपूर्ण संवाद फिल्मबाट  हटाउन यस अगि ३ दिनको समय दिएका थिए तर उक्त संवाद हटाउन अटेरी गरेपछि हिन्दी फिल्म चल्न नदिने निर्णय हुन् ।महानगरको आदेशलाई मान्दै आफूहरूले हिन्दी फिल्मको प्रदर्शन रोकेको बिगमुभिजका सञ्चालक दीपेश शर्माले बताए । ‘आजदेखि हामीले हिन्दी फिल्मको प्रदर्शन रोकेका छौं । फिल्ममा समावेश आपत्तिजनक शब्द नेपालबाट हटाइसकेको थियो । भारतमा पनि उक्त संवाद हटाउने पहल भइरहेको छ,’ उनले भने, ‘हामीले

    • प्रकाशित मितिः असार ४, २०८०
    • 207 पटक पढिएको
  • विवादित चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने काठमाडौं महानगरको तयारी

    झापा / काठमाडौं‌ महानगरपालिकाले भोलिदेखि विवादित भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन महानगरभित्र रोक्ने तयारी गरेको छ । ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जानकारी दिएको हो । काठमाडौंका मेयर बालेन शाहले शुक्रबार नै सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कूटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए ।तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट हटाइएको छैन, स्रोतले भन्यो, आज सबै हलहरूमा नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्न

    • प्रकाशित मितिः असार ३, २०८०
    • 253 पटक पढिएको
  • विवादका बिचमा पनि ‘आदिपुरुष’ को कमाई दुई दिनमा एक करोड ५० लाख

    काठमाडौँ / दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको अलावा कृति सेन, सैफ अली खान लगायतको अभिनय रहेको फिल्म ‘आदिपुरुष’ ले दुई दिनमा एक करोड ५० लाख कमाइ गरेको छ । फिल्मको व्यवसाय भने अनुमान गरे जस्तो हुन सकेन । प्रदर्शन अगाडि ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद प्रयोग भएको विषयमा नेपालमा विरोधका भएपछि पूर्व अनुमानित  व्यवसाय गर्न नसकेको हो ।विवादका कारण शुक्रबार बिहानी शो हुन नसकेको फिल्म दिवा शोबाट प्रदर्शन सुरु भएको थियो । विवादका कारण सोचेजस्तो कमाउन नसकेको फिल्मले नेपालमा औसत कमाई गर्न भने सफल भएको छ । फिल्मले दर्शक तथा समीक्षकबाट समेत सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन । फिल्ममा

    • प्रकाशित मितिः असार ३, २०८०
    • 301 पटक पढिएको
  • फिल्म ‘आदिपुरुष’ नेपालमा चल्न पाउने

    काठमाडौँ   ।    दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने भएपछि नेपालमा उक्त फिल्मको सेन्सर पास भएको छ । फिल्ममा आपत्तिजनक संवाद रहेको भन्दै सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय भएपछि फिल्म वितरकले नेपालमा प्रदर्शन हुने उक्त फिल्मबाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने भएसँगै बोर्डले सेन्सर पास गरेको सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले बताए ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अप

    • प्रकाशित मितिः असार १, २०८०
    • 96 पटक पढिएको
  • दक्षिण भारतीय फिल्म आदिपुरुष महानगरभित्र चल्न नदिने मेयर बालेन शाहको घोषणा

    काठमाडौं  ।   महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ नामक चलचित्र चल्न नदिने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म सो चलचित्र चल्न नदिने जनाउनुभएको हो ।सामाजिक सञ्जाल फेसबुकमा लेखिएको छ- ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 168 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.