मनोरञ्जन

    Showing 311-320 of 2,224 items.
  • प्रेम सेनको दसैँ गीत ‘आकाशैमा’

    गायक प्रेम सेनको नयाँ गीत ‘आकाशैमा’का शब्द हुन् यी । प्रेमकै शब्द तथा संगीत रहेको गीतले पूर्वेली मारुनी भाका प्रस्तुत गर्छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् । मायाप्रेमको भाव व्यक्त गर्ने गीतको भिडियोमा प्रेम आफैँ फिचर्ड छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । गीतको रेकर्डिङ ए वान म्युजिसियनमा गरिएको हो भने राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका छन् । ‘पूर्वेली भाका मारुनी लय छ यो गीतमा । देशमा विषम परिस्थिति भएको बेला भएपनि चाडपर्वमा श्रोताहरुलाई नोस्टाल्जिक बनाउला भन्ने अपेक्षा राखेको छु,’ प्रेमले रातोपाटीसँग

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 141 पटक पढिएको
  • भदौसम्म ‘ऊनको स्वीटर’ र ‘सैयारा’ले कति कमाए ?

    यो वर्षको भदौ महिनासम्म २ फिल्मले मात्र नेपाली बक्सअफिसमा १० करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेका छन् । नेपाली भाषाको फिल्म ‘ऊनको स्वीटर’ र हिन्दी भाषाको ‘सैयारा’ले मात्र नेपाली बजारमा यो उपलब्धि हासिल गरेको हो। नायक विपिन कार्की र नायिका मिरुना मगरको प्रुख भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख ३१ हजार ४१० रुपैयाँ ग्रस छ । यो फिल्मको ३ लाख ८७ हजार १७५ वटा टिकट बिक्री भएको थियो। त्यस्तै, बलिउड फिल्म ‘सैयारा’ दोस्रो स्थानमा छ, जसले १० करोड १४ लाख ९२ हजार ६७४ रुपैयाँ ग्रस कमाइ गरेको छ । ‘सैयारा’का ३ लाख ३० हजार ६९८ वटा टिकट बिक्री भएको तियो। 

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 113 पटक पढिएको
  • चर्चित डान्सर सीता सुवेदीको निधन

    चर्चित डान्सर सीता सुवेदीको निधन भएको छ।  ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ ।उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन् ।उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएकी थिइन् । साथै, अन्तर्राष्ट्रिय स्तरमा हुने इभेन्टमा पनि मुलुक

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 130 पटक पढिएको
  • ‘परान’को नयाँ पोस्टर सार्वजनिक, नीर शाहको यस्तो अवतार

    फिल्म ‘परान’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसको निर्माणपक्षले यसअघि महेश त्रिपाठी र अन्जना बराइलीलाई चित्रित गर्दै पोस्टर सार्वजनिक गरेको थियो ।  पोस्टरमा कलाकार नीर शाहलाई मात्र स्थान दिइएको छ। सार्वजनिक नयाँ पोस्टरमा नीर शाह शंख फुक्दै गरेको अवस्थामा छन् । उनको यो पोस्टरले फिल्ममा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्वपूर्ण स्थान हुने संकेत दिएको छ । यो फिल्मको मुख्य ट्याग लाइन ‘सासले होइन, साथले चल्ने छ’ राखिएको छ ।गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा रहेको कम्पनी बाइस्कोप सिने प्रालिले यो फिल्म निर्माण गरेको हो । दीपक प्रसाद आचार्यको कथा र निर्देशन रहेको यो फ

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 166 पटक पढिएको
  • फिल्म ‘मैझारो’को टिजर सार्वजनिक

    आगामी कात्तिकको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारहरू धिरज मगर, उपासना सिंह ठकुरी र दिया पुनको त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । इलाममा खिचिएको यो फिल्मको टिजर लोभलाग्दो छ । पृष्ठभूमिमा फिल्मको शीर्ष गीत समावेश गरिएको छ, जुन कर्णप्रिय छ ।गाउँले परिवेशमा देखिएका धिरज, इलामको चिया बगानमा चिया टिप्न डोको बोकेकी मिरुना र उनले बोलेका संवादहरू मीठा छन् । टिजर हेर्दा मिरुनासँग आकर्षित भएपनि कुनै वाध्यताले धिरज दिया पुनसँग नजिक भएको देखाइएको छ । विल्सन विक्रम राइको कथा र निर्देशनमा तयार भएको यो फिल्ममा किराँती मौलिक प

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 187 पटक पढिएको
  • फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने

    भारतीय र नेपाली फिल्मकर्मीको संयुक्त सहकार्यमा ठूलो बजेटको फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ। घटस्थापनाको अवसर पारेर निर्माण युनिटले विशेष समारोहमार्फत फिल्मको औपचारिक घोषणा गरेको हो।बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन्। अक्स इन्टरनेशनल स्टुडियोजका अनुसार यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका अनुभवी प्राविधिक टोली यसमा संलग्न हुने भएकाले फिल्मको प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ ।हाल कलाकार छनोटको प्रक्रिया सुरु भएको छ भने फिल्मको प्रारम्भिक तयारी तीव्र पारिएको

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 148 पटक पढिएको
  • ‘लज्जावती’ को शुभसाइतसँगै छायांकन सुरु

    आहा फिल्मस्को व्यानरमा फिल्म ‘लज्जावती’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको पशुपतिनाथ परिसरमा शुभ साइत गर्दै छायांकन सुरु गरिएको हो । यो फिल्मको शुभमुहुर्त सटको निर्देशन लेखक प्रदीप भारद्वाजले गरेका थिए । यो फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्माको मुख्य भूमिका रहनेछ । ३० दिनको सेड्यूल राखेर फिल्मको छायांकन प्रारम्भ गरिएको हो । फिल्ममा माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरि खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्ममा कमल प्रसाद शर्मा र सन्दीप रोकाया

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 150 पटक पढिएको
  • ‘जेरीः अन टप’को ‘कस्तुरी’ गीत रिलिज

    सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको फिल्म ‘जेरीः अन टप’को ‘कस्तूरी’ बोलको गीत सार्वजनिक गरिएको छ । अनन्या फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्म असोजको ३१ गतेबाट रिलिजमा आउँदैछ । जयन जे वाइवाको शब्द तथा संगीत रहेको यो गीतमा आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक अनमोल केसी र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । नेपालको मुस्ताङदेखि भारतको राजस्थानसम्मका लोकेशनमा यो गीतको भिडियो खिचिएको छ । किरण थापाले भिडियोको कोरियोग्राफी गरेका छन् । यो फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, निर्

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 171 पटक पढिएको
  • 'मन विनाको धन’ र ‘जारी २’ एउटै दिन प्रदर्शन हुदै, कसले मार्ला बाजी ?

    टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘मन विनाको धन’ आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोही मितिमा ‘जारी २’ पनि रिलिज हुने भएपछि दुई फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ।‘जारी २’ रिलिज हुने भएपछि टंकको फिल्म स्थगित हुने चर्चा चले पनि निर्माणपक्षले भने फिल्म तोकिएको मितिमै आउने स्पष्ट पारेको छ। आज बिहान अभिनेता अशोक दर्जीले भिडियो सन्देशमार्फत कात्तिक २१ मा नै फिल्म रिलिज हुने घोषणा गर्दै दर्शकलाई माया र साथ दिन आग्रह गरेका छन्।सोलो रिलिजको आशामा रहे पनि अब ‘मन विनाको धन’ ले ‘जारी २’ जस्तो लोकप्रिय फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। तर, विषयवस्तु बलियो भएकाले दर्शकले आफूहरूको

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 185 पटक पढिएको
  • प्रदर्शनरत फिल्म ‘कोशेढुङ्गा’ को सोरठी गीत ‘जाने कहाँ होला’ रिलिज

    चलचित्र ‘कोशेढुंगा’को सोरठी गीत सार्वजनिक भएको छ । प्रदर्शनरत चलचित्र ‘कोशेढुंगा’को ‘जाने कहाँ होला’ बोलको गीत सार्वजनिक भएको हो ।देशको समसामयिक विषयलाई केन्द्रमा राखेर तयार पारिएको गीतमा आशिष अविरल र सुशीला पाठकको स्वर छ । रमेश परियारको शब्दरचना रहेको गीतमा संगीत आशिष अविरलको स्वर छ ।देशको आर्थिक अवस्था कमजोर हुँदा मुगलान जानुपर्ने बाध्यता रहेको तर कहाँ जाने भन्ने निश्चित नरहेको परिस्थितिलाई गीतमा उतारिएको छ । अनिश्चित जीवन र भविश्यको बारेमा चिन्ता गरेको गीतले मंहगिदै गएको बजार र रित्तो हुँदै गएको गोजीबीचको असामान्जस्यता गीतमा छ ।गीतमा तिहार गीत समावेश छ, जसले नेपाली कल्चरलाई सर्लक्कै बोकेको

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 131 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा