मनोरञ्जन

    Showing 371-380 of 2,224 items.
  • जेनजीको शोकमा १६५ फिल्म हल बन्द

    जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको प्रदर्शनमा ज्यान गुमाएका युवाको शोकमा फिल्म हल बन्द गरिएको छ।मंगलबार चलचित्र संघको आह्वानमा देशभरका १६५ हलहरू बन्द गरिएको हो। संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जनाएको छ। संघले प्रहरीको गोलीबाट मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 125 पटक पढिएको
  • जेनजीको प्रदर्शन आज पनि जारी

    जेन जी पुस्ता विश्वमा जबरजस्त उदाएको छ । परिवर्तनको सम्बाहकका रुपमा पनि जेन जी पुस्ता अग्रणी मानिन्छ ।सोमबारदेखि सुरु भएको  यही दृश्य मंगलबार पनि जारी रहेको छ । स्वत:स्फूर्त र शान्तिपूर्ण रुपमा आफ्ना आवाज उठाउने गरी सडकमा उत्रिएको जेन जी प्रदर्शनमा प्रहरी दमन भयो । काठमाडौंको प्रहरी दमले प्रदर्शनमा सहभागीलाई कमजोर बनाएर देशकै लागि कालो दिन बन्यो । अर्थात काठमाडौंका सडकमा राज्यलाई खबरदारी गर्न उठेको जेन जी पुस्तामाथि भएको आक्रमणले यो समाचार तयार पार्दासम्म २२ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा उपचाररत धेरै जनाको अवस्था अझै गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 299 पटक पढिएको
  • छक्कापञ्जा युएसए टुर-२०२५ मा दिपक-दिपा र जीतु नेपाल पनि सहभागी हुने

    आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतीमा 'छक्का पन्जा- युएसए कमेडी टुर २०२५' को आयोजना हुने भएको छ। आइतबार काठमान्डौमा आयोजित एक प्रेस भेटघाट कार्यक्रमको बीचमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरियो।नेपालबाट यो कार्यक्रमको समायोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन्। अमेरिकामा भने सुदिप आत्रेय र सुमन अधिकारिले गरिरहेका छन्। सेप्टेम्बर १९ बाट बाल्टिमोरबाट सुरुवात हुने कार्यक्रम विभिन्न १५ स्थानमा हुनेछ। सेप्टेम्बर २० मा कोलाबस , २१ मा एक्रोन, २७ मा टेक्सास (डालस) मा कार्यक्रम आयोजना हुँदैछ।  हरेक बर्ष हुने डालस मोमो फेस्टिभलमा यो बर्ष क

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 284 पटक पढिएको
  • ‘जेनजी’लाई ‘ब्रान्ड’को संज्ञा दिदै दुर्गेश थापा

    गायक दुर्गेश थापाले जेनजीलाई समर्थन गर्दै ‘जेनजी’ केवल एक नाम नभएर ‘ब्रान्ड’ भएको बताएका छन्। उनले ‘जेनजी’ पुस्ताले गर्न लागेको प्रदर्शनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाएका हुन्। उनले आफ्नो फेसबुक पोस्ट मार्फत देशमा व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउने युवा पुस्ताको प्रशंसा गर्दै आफू पनि उनीहरूसँगै उभिएको बताएका हुन् ।थापाले ‘जेनजी’ लाई केवल एक नाम नभएर ‘ब्रान्ड’ को संज्ञा दिएका छन् । उनले यो पुस्ताले देशमा परिवर्तनको क्रान्ति सुरु गरिसकेको भन्दै उनीहरूको कदमलाई सकारात्मक ऊर्जाका साथ समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 390 पटक पढिएको
  • जेनजीको प्रदर्शनमा अनमोलको समर्थन, उनि भन्छन्- 'हाम्रो आवाज दबिँदैन'

    नायक अनमोइल केसीले जेनजी प्रदर्शनमा समर्थन जनाएका छन्।उनले जेनजी पुस्ताले भोलि (सोमबार) गर्न लागेको भ्रष्टाचार विरोधी प्रदर्शनलाई समर्थन जनाउदै आफ्नो फेसबुक पोस्टमार्फत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने प्रयासको कडा आलोचना गरेका हुन्।केसीले नेपाली नागरिकहरू चुप लागेर नबस्ने भन्दै सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता र आवाजलाई दबाउन खोजिए अझ ठूलो स्वरमा उठ्ने बताएका छन्। 'हाम्रो अधिकार कसैले रोक्न सक्दैन। हाम्रो आवाज दबिँदैन,' उनले लेखेका छन्।उनले नेपाली नागरिकको आवाजलाई बेवास्ता गर्न नसकिने बताउँदै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध चिन्ताजनक रहेको उल्लेख गरेक

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 417 पटक पढिएको
  • मैले जे गरेपनि मान्छेहरुलाई मन नपर्ने रहेछ : नायिका वर्षा राउत

    नायिका वर्षा राउत यतिबेला फिल्म ‘मालती मंगले’को छायांकन व्यस्त छिन्। सेटमा रहेकी नायिका राउतले आइतबार सामाजिक सञ्जालमा एउटा स्टोरी पोस्ट गरिन् । उक्त पोस्टमा उनले आफूले जे गरेपनि मानिसहरूलाई मन नपर्ने उल्लेख गरेकी छिन् । वर्षाले लेखेकी छिन्–‘मैले हालै मात्र एउटा कुरा नोटिस गरेँ । मैले जे भनेपनि मान्छेहरूलाई मन पर्दैन । मैले राम्रै कुरा बोल्दा पनि मान्छेहरूलाई मन नपर्ने रहेछ । अनि, त्यो किन रहेछ भन्दा मेरो बोल्ने सोमत छैन रैछ । मलाई राम्रो शब्द राखेर बोलन आउँदैन रहेछ । सुन्दा आनन्द आउने आवाज छैन रहेछ ।’वर्षाले आफूले आफ्नो मनको कुरा राम्रो शब्दमा भन्न र लेख्न सिकेको उल्लेख गर्दै मान्छेको नज

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 404 पटक पढिएको
  • ‘मितज्यु’मा अरुण पुन मगर अनुबन्धित

    अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि अरुणले फिल्म ‘खुश्मा’मा अभिनय गरेका थिए।यसअघि यो फिल्ममा अभिनेता सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको भनाई छ।यस फिल्मको कथा महेश राईको रहेको छ भने निर्माता जनक घर्ती मगर हुन्। यसअघि उनले ‘घरज्वाइँ’ जस्तो हिट फिल्म निर्माण गरेका थिए। निर्देशक अनिल र जनकको यो दोस्रो सहकार्य हो। फिल्मको सिनेमाटोग्राफीमा शिशिर बिशङ्खे रहनेछन् भने ‘जि.एम. मुभिज प्रोडक्सन प्रा

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 320 पटक पढिएको
  • रूपक अलांकारको `शान्त शर्बरी´ लोकार्पित

    छन्द कविता र गजललेखनमा सक्रिय रूपक अलङ्कार नयाँ कवितासङ्ग्रह 'शान्त शर्वरी' लिएर आएका छन् । शनिबार उनको नवीनतम् कविताकृति 'शान्त शर्वरी' राजधानी काठमाडौँमा लोकार्पण गरियो ।कवि भुवनहरि सिग्देल, प्रा.डा. भागवत ढकाल, डा. विन्दु शर्मा तथा साहित्यकार शैलेन्द्र अधिकारीले कविता कृतिको संयुक्त रूपमा विमोचन गरे ।'शान्त शर्वरी' कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् । कविता माथि टिप्पणी गर्दै सिग्देलले अलङ्कारले छन्दकविता लेखनमा कुशलता र सशक्तता प्राप्त गरेका बताए । प्रा. डा. भागवत ढकालले कवि अलङ्कारले आफ्ना कवितामा पूर्वीय दर्शनलाई निचोरेर आलङ्कारिक ढङ्गमा प्रस्तुत गरेका बताए ।विषयगत विवि

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 260 पटक पढिएको
  • फिल्म ‘मोहर’ हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

    साउनको २३ गतेबाट रिलिजमा आएको फिल्म ‘मोहर’ हलमा लागिरहेको छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्यो । वर्षकै दोस्रो हिट फिल्ममा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ । अब, यसको निर्माणपक्षले फिल्म रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ । देशका ४ वटा हलमा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, समाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, कीर्तिपुरको ‘कीर्तिपुर सिनेप्लेक्स’ र न्युरोडको ‘रञ्जना सिनेप्लेक्स’मा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । म्याङ्गोमा फिल्म हेर्ने मध्ये ३ जना, सिटी स्क्वा

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 354 पटक पढिएको
  • रोहिणी इन्टरनेसनलको ब्रान्ड एम्बास्डरमा रविन्द्र ढाँट नियुक्त

    नेपाली मिक्स्ड मार्सल आर्टस् फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । ललितपुरमा आयोजना भएको एक कार्यक्रममा ढाँटलाई सद्भावना दूतमा नियुक्त गरिएको हो । १७ वर्ष अगाडि स्थापना भएको रोहिणी इन्टरनेशनलले आफ्नो सफलता यात्रामा ढाँटलाई सद्भावना दुत नियुक्त गरेको हो ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको बिषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै उनी जस्तो व्यक्ति पाउनु सौभाग्य भएको तर्क गरे । यस्तै, रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजका म्यानेजिङ डाइरेक्टर श्

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 333 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा