मनोरञ्जन

    Showing 431-440 of 2,224 items.
  • फिल्म ‘कोशेढुंगा’लाई सुखद प्रतिक्रिया

    गत बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘कोशेढुंगा’ले दर्शकहरुबाट सुखद प्रतिक्रिया पाएको छ । ‘ब्लड मनी’को कथामा निर्माण भएको यो फिल्म हेरेर दर्शकहरुका आँखा रसाएका छन् । कतिपयले आफ्नो परिवार सम्झिएका छन् । सरोज पौडेलको निर्देशनमा तयार भएको यो फिल्मले एउटा जोडीको कथा भन्छ ।जसको मुख्य भूमिकामा सुरक्षा पन्त र मन्जिल कुमारले अभिनय गरेका छन् । करिअर बनाउनका लागि विदेश पुगेको एक युवकको व्यथा, उसको श्रीमतीले उसलाई नेपाल फर्काउनका लागि गरेको संघर्ष र त्यागको कथामा यो फिल्म बनेको छ । फिल्मले शनिबार दर्शकहरुको राम्रो साथ पायो । पाएका शोजहरुमा दर्शकको अकुपेन्सी राम्रो देखियो । फिल्म हेरेका दर्शकह

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 167 पटक पढिएको
  • ‘रिमै’ नेपाली फिल्म क्षेत्रका लागि एउटा दस्तावेज हुने

    भदौ २० गतेबाट फिल्म ‘रिमै’ रिलिजमा आउँदैछ । यो फिल्मको टिम यतिबेला प्रचारमा व्यस्त छ । फिल्मका मुख्य नायक दयाहाङ राईले ‘रिमै’ नेपाली फिल्म क्षेत्रका लागि एउटा दस्तावेज हुने बताएका छन् । उनले, गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि यो फिल्म बलियो दस्तावेज बन्ने पनि बताएका छन् । उनी भन्छन्–‘अहिले यो फिल्म बन्यो । प्रदर्शनमा आउँदैछ । धेरैका लागि यो सामान्य प्रक्रिया मात्र हो । तर, यो फिल्म भोलिका लागि बलियो दस्तावेज हुनेछ । भोलिको पुस्ताले गुरुङ समुदायको अध्ययन गर्नुपर्यो भने यो एउटा बलियो दस्तावेज हुनेमा दुईमत छैन ।’गोरखाको माथिल्लो बेल्टमा बस्ने गुरुङ समुदायबारे वुझ्नका लागि यो फिल्म ग

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 162 पटक पढिएको
  • फिल्म ‘मोहर’को कमाई अहिलेसम्म ५ करोड ४२ लाख माथी

    साउनको २३ गते शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’ले चौथो सातासम्म आइपुग्दा ५ करोड ४२ लाख ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । शनिबार बेलुकी सार्वजनिक आँकडा अनुसार फिल्मले रिलिजको चौथो शनिबारसम्म आइपुग्दा ५ करोड ४२ लाख ग्रस कलेक्शन गरेको हो । वितरक करण श्रेष्ठ क्रेजीले फिल्मको व्यापार चौथो सातासम्म आइपुग्दा पनि सुखद रहेको भन्दै व्यापार अझै बढ्ने दाबी गरे । ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्मलाई फिल्म मेकर्स प्रा.लिका लागि चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्मले चौथो साताको शनिबार पनि दर्शकको राम्रो साथ पाएको थियो । यो फिल्ममा पल शाह, बेनिशा हम

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 149 पटक पढिएको
  • दिनेश राउतको प्रेम कथानक ‘कुमारी’ घोषणा, अबिशेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा

    निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अबिशेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो।कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे।‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि चिनिन्छन्। यद्यपि, उनले

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 196 पटक पढिएको
  • डेनमार्कमा नेपथ्यको ‘सोल्ड आउट कन्सर्ट’

    चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले डेनमार्कको राजधानी कोपनहेगनमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । युरोपमा औद्योगिक युगको पुरानो वैभव संझाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार दर्शकको उच्च साथमा नेपथ्यले आफ्ना चर्चित गीतहरुबाट मन्त्रमुग्ध बनाएको हो । नेपथ्यको कन्सर्ट हेर्नका लागि डेनमार्कका मात्र नभई फिनल्याण्ड, जर्मनी, नर्वे, अष्ट्रिया, पोल्याण्ड, स्विडेन र बेल्जियमदेखि दर्शक पुगेका थिए । व्याण्डका मुख्य गायक अमृत गुरुङले कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ सुनाउँदै गर्दा हलभरी दर्शकको चर्को आवाजमा हुटिङ सुनिएको थियो । दर्शकले २ घन्टासम्म नेपथ्य व्याण्डलाई साथ दिएका थिए । डेनमार्कमा

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 129 पटक पढिएको
  • सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’, कमाइसक्यो ३२७ करोड

    आहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ‘सायरा’ जुलाई १८ मा रिलिज भएको थियो ।फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धुम मच्चाइरहेको छ । सायरालाई मोहित सुरीले निर्देशन गरेका हुन् । अहिलेसम्म यो चलचित्रले कति कमाइ गरेको छ, अब थाहा पाउनुहोस् । सकनिल्कका अनुसार फिल्मले छैटौं शनिबार ६५ करोड रुपैयाँ कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कलेक्सन ३२६.८० करोड पुगेको छ । वारः २ र कुली आए पनि यो फिल्म रोकिने संकेत देखिँदैन । फिल्मलाई फ्यानले अझै रुचाइरहेका छन् । सायराले पहिलो साता १७२.७५ करोड कमाएको थियो । फिल्मले दोस्रो हप्तामा १०७.७५ करोड कमाएको थियो । फिल्मले तेस्रो हप्तामा २८.२५ करोड कमाएको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 175 पटक पढिएको
  • गोविन्दाले १८ बर्ष देखी दिएनन हिट फिल्म, फेरी कसरी कमाउँछन करोडौं ?

    बलिउड अभिनेता गोविन्दाले उत्कृष्ट कमिक टाइमिङ र डान्स मूभमार्फत वर्षौंसम्म ठूलो पर्दामा शासन गरेका थिए । अहिले उनी अभिनयबाट टाढा भएपनि व्यक्तिगत जीवनका कारण चर्चामा रहि रहन्छन् । अहिले उनी श्रीमती सुनिता आहुजासँग डिभोर्सको बिषयले थप चर्चामा रहेका छन् । तर, यस रिपोर्टमा हामी तपाईंलाई उनको भव्य जीवनशैलीको परिचय दिइरहेका छौं। तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि फिल्मबाट टाढा भए पनि उनी अहिले पनि शाही जीवन बिताउँछन्।गोविन्दाले आफ्नो करियर सन् १९८६ मा सुरु गरेका थिए । उनको पहिलो फिल्म ‘इलजाम’ थियो । यसपछि उनी धेरै हिट फिल्ममा देखा परे र बलिउडमा हिरो नम्बर वनको ट्याग पाउन पनि सफल भए 

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 218 पटक पढिएको
  • अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ? यसकारण छैन दाजुभाई बिच सबन्ध

    जब बच्चन परिवारको कुरा आउँछ, अमिताभ, जया बच्चन, अभिषेक, श्वेता र ऐश्वर्याको मात्रै चर्चा हुन्छ।अमिताभ पनि प्रायः आफ्नो परिवारका यी सदस्यहरू वा आफ्ना आमा र बुबाको बारेमा कुरा गर्छन्। तर, उनी कान्छो भाइ अजिताभको बारेमा निकै कम बोलेको देखिएको छैन् । उनले सामाजिक सञ्जालमा समेत उनको उल्लेख गर्दैनन्, जबकि अमिताभको फिल्मी करियरमा अजिताभले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । दुवैजना सधैं एक अर्काप्रति वफादार थिए तर अहिले एकअर्काबाट किन टाढा रहेका छन् भन्ने कसैले बुझ्न सकेनन् ।उता, जया बच्चनको भाउजु रमोला बच्चनसँग पनि मनमुटाव भएको थियो । अब हामी यहाँ उनीहरुबीचको सम्बन्ध कस्तो छ र किन असहमति थियो भ

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 233 पटक पढिएको
  • शाहरूख भए निको, अब ‘किङ’को सुटिङका लागि युरोप निस्कने

    शाहरुख खानका छोरा आर्यन खानको निर्देशनमा बन्न लागेको डेब्यु सिरिज ‘द ब्याड्स अफ बलिउड’ को प्रिभ्यू आएदेखि नै फ्यानहरु यो सिरिजको प्रतिक्षामा छन् । उनकी छोरी सुहाना खान किंग नामको फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । हालै शाहरुख खानको काँधमा चोट लागेका कारण यसको सुटिङ रोकिएको थियो तर अहिले यो फिल्म पुनः ट्रयाकमा आएको छ । पछिल्लो रिपोर्टले शाहरुख खानको काँधमा लागेको चोट अहिले पूर्ण रूपमा निको भएको दाबी गरिरहेको छ । र ‘किङ’ को टोलीले चाँडै नै युरोपमा अर्को कार्यक्रमको छायांकन सुरु गर्न लागेको छ ।‘किङ’ शाहरुख खानको करियरको महत्वपूर्ण फिल्म हो किनकि यस मार्फत उनले आफ्नी छोरी सुहानालाई ठूलो

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 154 पटक पढिएको
  • श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा, श्रीमान बोनी कपुर पुगे अदालत

    निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् ।रिपोर्टका अनुसार बोनी कपुरले एक याचिका दायर गरी तीन जनामाथि ठगीको आरोप लगाएका छन् । बोनी कपूरले अदालतलाई भने कि १९ अप्रिल १९८८ मा श्रीदेवीले यो सम्पत्ति सम्बान्द मुदलियार नामका व्यक्तिबाट खरिद गरेकी थिइन् ।फिल्म निर्माताका अनुसार श्रीदेवीले जसबाट सम्पत्ति किनेका थिए, उनका तीन छोरा र दुई छोरी थिए । परिवारका सदस्यहरूले सन् १९६० को फेब्रुअरीमा सम्पत्ति आपसमा बाँडफाँड गर्ने सम्झौता गरेका थिए। यसै सम्झौताको आधारमा श्रीदेवीले यो सम्पत्

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 192 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा