मनोरञ्जन

    Showing 441-450 of 2,224 items.
  • ऋतिक रोशन अब फिल्म निर्देशनमा देखिने, कृषको मास्क निर्माणको यस्तो छ रोचकता

    यसपटक फराह खान आफ्नो भ्लग सिरिजका लागि चर्चित फिल्म निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् ।  यस गृह भ्रमणमा उनले राकेश रोशनसँग उनको निर्देशन करियर र यससँग सम्बन्धित कथाहरूका बारेमा पनि कुराकानी गरेकी छिन् ।सो क्रममा चलचित्र निर्माता राकेश रोशनले क्रिसको चर्चित वैक्स मास्कको पछाडि लुकेको रहस्य खुलाएका छन्। ‘वास्तवमा यो मास्क बनाउन त्यति सजिलो थिएन, ६ महिना लाग्यो, मास्कको डिजाइनमा यति धेरै हेरचाह गरिएको थियो कि सेटमा ऋतिक रोशनको भन्दा बढी हेरचाह मास्कको गरिएको थियो,’ उनले भने ।राकेश रोशनले ऋतिकको तस्बिरसँग कुन डिजाइन मिल्ने भन्ने निर्णय गर्न कसरी आफू र उनको टोलीले यो मास्क

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 204 पटक पढिएको
  • एकदिवसीय अभ्यास खेलमा नेपालको जित

    काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो एकदिवसीय अभ्यास खेलमा जित निकालेको छ ।  साउथ अस्ट्रेलियाविरूद्ध शनिबार भएको खेलमा नेपालले २ विकेटको जित निकालेको हो ।पहिले ब्याटिङ गरेको साउद अस्ट्रेलिया ४५ ओभरमा २४२ रनमा अलआउट भयो ।  २४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरे । उनले नटआउट १०१ रन बनाए । गुल्सन झाले ३६ रन र सोमपाल कामीले नटआउट ४० रन बनाए । बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए । रूपेश सिंह, सन्दीप लामिछाने र शाहब अलामले १–१ विकेट लिए । 

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 169 पटक पढिएको
  • ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने

    चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । निर्माणपक्षले चलचित्रको रिलिज डेट तोक्दै कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको हो ।कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यसको अर्थ र चलचित्रसँग के सम्बन्ध छ, यसबारे भने निर्माणपक्षले केही जानकारी दिएको छैन ।पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्टप्रोडक्सनमा छ ।अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय सिनेमा हो । निर्म

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 221 पटक पढिएको
  • सुरक्षाको ‘धागो’ कार्तिक २८ मा रिलिज हुने

    अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘धागो’ आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ। शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने सन्देश दिएको छ।यस चलचित्रलाई उदिप राणा थापाले निर्देशन गरेका हुन्। डुवर्सको चिया बगानमा जन्मे-हुर्केका उदिपसँग १८ वर्षसम्म बलिउडमा जी–फाइभ, टेलिभिजन च्यानल र ठूला प्रोडक्सन हाउसहरूमा क्रिएटिभ हेड, निर्देशक र प्रोड्युसरको रूपमा काम गरेको अनुभव छ। यद्यपि फिचर चलचित्रको रूपमा भने 'धागो' पहिलो हो। पोस्टर र रिलिज मिति सार्वजनिक गर्दै निर्देशक उदिपल

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 247 पटक पढिएको
  • 'सोल्टिनी' भाइटिकामा रिलिज हुने, मेयर हर्क साम्पाङको टिम कार्यकारी निर्माता

    एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै चलचित्र 'सोल्टिनी'को नयाँ रिलिज मिति घोषणा गरिएको छ। प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो चलचित्र अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउनेछ। यस चलचित्रमा रोचक कुरा के छ भने, कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय 'हर्क साम्पाङ रिभोलुसन एन्ड टिम' रहेको छ। यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ रहेका छन्।यस चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्, जसमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेक

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 172 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।ट्रेलरले सिनेमाको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बाउसँग फिरौती रकम माग्ने युवकको कथा सिनेमामा रहेको ट्रेलरले प्रष्ट पारेको छ ।घरबारबिहीन एक युवकले पैसाका लागि के–केसम्म गरेको छ भनेर ट्रेलरमा समेटेको छ । पैसा भनेपछि दुई नम्बरी धन्दाबाट आएको होस् वा मेहनतको कमाइ सबैले त्यसमाथि गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञान पनि ट्रेलरमा देखाइएको छ ।भूमिकामा कामेश्वर चौरासिया,

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 277 पटक पढिएको
  • विजय र वर्षाको अभिनय रहने चलचित्र ‘मालती मंगले’को शुभ मुहूर्त

    गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ। बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको चलचित्रको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए। यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै चलचित्रको छायाङ्कनलाई शुभारम्भ गरेका थिए।निर्माता समेत रहेका चर्चित गायक ढकालले शुभ मुहूर्त कार्यक्रममा ‘राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता’ व्यक्त गर्दै दर्शकलाई नेपाली समाजसँग जोडिने भावनात्म

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 256 पटक पढिएको
  • कंगनाले छाडेको फिल्लले कमाएको थियो ५७२ करोड, बनेकाे थियाे सबैभन्दा हिट

    फेसन, मणिकर्णिका, तनु वेड्स मनु र क्वीन जस्ता सुपरहिट फिल्म दिएकी अभिनेत्री कंगना रनौतले यसअघि नै उद्योगमा आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकी छिन् । उनले खेलेको क्यारेक्टर उनको लागि मात्र बनेको जस्तो लाग्छ। बलिउड निर्देशक–निर्माता विरुद्ध विद्रोह गरेकी अभिनेत्री कंगना आफ्नो इच्छा अनुसार काम गर्न निकै चर्चित छिन् । त्यसो त ७ वर्षअघि निकै विवादमा परेको चलचित्रको प्रस्तावलाई अभिनेत्रीले अस्वीकार गरेकी थिइन् । तर, फिल्मले बक्स अफिसमा यति राम्रो व्यापार गर्‍यो कि त्यो वर्षकै सबैभन्दा ठूलो फिल्म बन्यो । कंगना रनौतले अस्वीकार गरेको त्यो फिल्मले ५७२ करोड कमाएको थियो, जुन अन्य अभिनेत्रीका लागि भ

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 149 पटक पढिएको
  • नरसिंहा अबतार बन्यो सबैभन्दा बढी कमाउने एनिमिटेड फिल्म, पुष्पाकाे रेकर्ड ताेडन सक्ने

    साउथको एनिमेटेड फिल्म महावतार नरसिंहा रिलिज भएको १ महिना बितिसकेको छ तर पनि बक्स अफिसमा उसले चमात्कार गर्न भने अझै छाडेको छैन । यो आफैमा फिल्मको लागि ठूलो सफलता हो। फिल्मको कमाईको पछिल्लो तथ्यांक आएको छ ।सुरूवाती चरण भन्दा अहिले यसको बक्स अफिस कलेक्शनमा कमी आएको भए पनि यो ३५ दिनमा फिल्मको लागि सबैभन्दा सकारात्मक कुरा यो हो कि यो फिल्मले कुनै पनि दिन १ करोड भन्दा कम कलेक्सनमा झर्नु परेको छैन । खासमा अहिले पनि यो फिल्मले दैनिक १ करोडभन्दा बढी कमाइ गरि नै रहेको छ । आउनुहोस्, फिल्मले ३५ दिनमा कति कमाइ गर्‍यो र आगामी दिनमा पनि यस्तै रह्यो भने यो चलचित्रले अरु कुन फिल्मको रेकर्ड तोड्न सक्छ ।महावतार

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 188 पटक पढिएको
  • दर्जनबढि देशमा ‘जेरी अन टप’काे टिजर ट्रेन्डिङमा

    गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’ को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि पटक हेरिएको छ ।युट्यूवमा ‘जेरी अन टप’ टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य दर्जनबढि देशमा यो फिल्मको टिजरले ‘मुभिज ट्रेन्डिङ चार्ड’ तर्फ अग्र स्थान ओगटेको छ । विदेशका यो फिल्मको टिजरप्रति देखिएको क्रेजले अन्तर्राष्ट्रिय व्यापारमा सुखद संकेत गर्छ ।युट्यूव, इन्स्टाग्राम र फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक दर्जनौँ टिजर रिभ्यू र रियाक

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 216 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा