मनोरञ्जन

    Showing 461-470 of 2,224 items.
  • अक्षयकुमारको राउडी राठौंरः२ नबन्ने, त्यही स्क्रिप्टमा नयाँ फिल्म बन्ने

    अक्षय कुमार लामो समयदेखि आफ्ना पुराना हिट फिल्महरूको सिक्वेल र अन्य भागहरूमा काम गरिरहेका छन्। यसै बिचमा उनको ‘राउडी राठौर २’ पनि लामो समयदेखि हेडलाइन बनेको थियो । तर, अब ‘राउडी राठौर २’ नबन्ने भएको छ । यो फिल्म बन्नु अघि नै अलपत्र परेको छ । ३ वर्षपछि यो फिल्म बनाउने निर्णय परिवर्तन भएको बताइएको छ । अब फिल्मको सोही स्क्रिप्टमा आधारित भएर नयाँ नामको फिल्म बन्ने भएको छ। रोनी स्क्रूवालाको युटिभी मोशन पिक्चर्स पछि डिज्नी इन्डिया र सञ्जय लीला भन्सालीसँग मौलिक ‘राउडी राठौर’ को सिक्वेलको आधिकारिक अधिकार छ तर दुवैले फिल्मका लागि अक्षयकुमारलाई सिक्वेलका लागि ग्रिन सिग्नल दिन सकेका छैनन् ।तर,

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 314 पटक पढिएको
  • ऋतिक र एनटीआरको देखिएन जादु, वारः२ लाई लगानी उठाउन मुश्किल

    ऋतिक रोशनको फिल्म ‘वार २’ ले सिनेमाघरमा रिलिज भए पछि जुन अपेक्षा गरिएको थियो, त्यो हुन सकेको देखिएको छैन। किनभने, यसको कमाई साताको दिनमा घटेको देखिन्छ। फिल्मको अगाडिको यात्रा त्यति सहज हुनेवाला छैन । फिल्मले भविष्यमा थप कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ । यो फिल्मले नकारात्मक शब्दका कारण ठूलो घाटा बेहोर्नु परेको छ । आउनुहोस्, फिल्मले पहिलो हप्तामा के कस्ता सफलता हासिल गर्‍यो र आगामी दिनमा फिल्मले बक्स अफिसमा कसरी टिक्छ।ऋतिक रोशन र जुनियर एनटीआरको वारः२ बाट फ्यानहरूले धेरै अपेक्षा गरेका थिए। तर यो फिल्म फ्यानहरूको अपेक्षा पूरा गर्न असफल भएको देखिन्छ। यसको कमाईको आंकडाबाट यो अनुमान गर्न सकि

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 209 पटक पढिएको
  • गाँउ फर्कियो ‘चरणदास चोर’

    रानीले राजा बन्न गरेको आग्रह एउटा मामुली चोरले अस्विकार गर्दछ रानी क्रोधित बन्छिन र त्यस पछि के हुन्छ नाटक ‘चरणदास चोर’हेरिरहेका दर्शकको आँखामा हेरे पुग्छ ।दर्शकको मनलाई स्तब्ध बनाउने गरी नाटकमा प्रस्तुत भइरहेको छ- पथरीमा ।  शब्द थिएटरले यो  नाटक हरियाली सामुदायिक वनको हलमा मञ्चन गरिरहेको छ । बुधवार सम्म आइपुग्दा धेरैको वाहावही बटुलिरहेको छ, नाटकले र दिनमा ३ शो सम्म भइरहेको छ । नाटक हेर्न विशेषत विद्यार्थीको भिड बडदो छ र आयोजकका अनुसार अझ ४ दिन सम्मका १२ शो विभिन्न विद्यालयले ‘बुक’ गरिसकेका छन् । यो नाटकलाई रंगकर्मी जीवन बरालले निर्देशन गरेका हुन् । भारतका चर्चित नाटककार हविव तन

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 279 पटक पढिएको
  • नयाँ तिज गीत लाली जोबन सार्वजनिक

    दार्चुला– दार्चुला जिल्लामा जन्मिएका लोकप्रिय गायक सन्तोष लुहारको नयाँ तीज गीत "लाली जोबन" सार्वजनिक भएको छ।यस गीतमा गायक सन्तोष लुहारलाई गायिका सोनीका श्रेष्ठले स्वरमा साथ दिएकी छिन् भने, गीतका शब्द, लय र संगीत राजु विश्वकर्माले भरेका छन्।गीतको भिडियोमा लोकप्रिय मोडल जोहान बम र साईना कुवँरको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशक तथा छायांकनकर्ता वरुण अधिकारीले निर्देशन गरेका हुन्।सन्तोष लुहारको यो नयाँ तीज गीत सन्तोष लुहार अफिसियल युटुब च्यानल बाट सार्वजनिक भइसकेको छ र छोटो समयमा नै दर्शकहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ।https://www.youtube.com/watch?v=1S2rrq-dPhs

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 670 पटक पढिएको
  • बुसान फेस्टिभलमा छनोट भयो गौमायाको ‘सेप अफ मोमो’

    गौमाया गुरुङ अभिनित फिल्म ‘सेप अफ मोमो’ले अन्तर्राष्ट्रिय महोत्सवहरूमा लगातार सफलता हासिल गरिरहेको छ ।जेठ पहिलो साता कान्स फिल्म फेस्टिभल अन्तर्गतको कान्स मार्केटमा यो फिल्मले ‘हफ गोज टु कान्स’ अवार्ड जित्यो । यो फिल्ममा पशुपति राई, श्यामाश्री शेर्पा र राहुल मुखियाको पनि अभिनय छ ।यो फिल्मलाई लिएर नयाँ खबर छ । यसवर्षको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलको ‘भिजन एसिया’ विधामा यो फिल्म छनोट भएको छ ।साथै, स्पेनको सन सेबास्टियन फिल्म फेस्टिभलमा समेत सेप्टेम्बरमा यो फिल्म स्क्रिनिङ हुँदैछ । बुसानमा यो फिल्म छनोट हुनु सिक्किमेली निर्देशक त्रिवेणी राईको लागि ठूलो सफलता हो ।परिवारका पुरुष सदस्यको मृत्युले

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 204 पटक पढिएको
  • ‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

    रङ्गमञ्चबाट कथा भनिरहेका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गरेको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ। बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो।रङ्गमञ्चमा मञ्चन हुने नाटकमा निर्देशक र अभिनेतासँगै प्राविधिक पाटोसमेत सम्हालेका कलाकार शर्माले यसपटक एउटा नाटकलाई नै ठूलो पर्दामा ल्याएको बताए। रङ्मञ्चबाट भनिएको  ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनको भनाइ छ।‘नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रङ्गकर्मीले सुझाव दिए। केहीले ‘युट्युब’

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 204 पटक पढिएको
  • ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रिमियर

     चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा आयोजना गरिएको प्रमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्ति भावुक भएका छन् ।प्रिमियरमा अग्रज कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, कलाकार लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायत सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।उपस्थित कलाकार तथा आगन्तुक दर्शकहरू पनि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथासँग भावनात्मक रूपमा जो

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 182 पटक पढिएको
  • केकी अधिकारी अथवा दयालु दिदी

    ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि अभिनेत्री केकी अधिकारीको व्यस्थता बढेको छ । एकपछि अर्को चलचित्र प्रदर्शन हुने क्रममा अब यही ६ गते उनको चलचित्र चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ रिलिज हुँदै छ ।यसमा उनी चलचित्रको मुख्य पात्र विजय बरालको दिदीको भूमिकामा छिन् । भाइको जिन्दगीले लय समातोस् भनेर आफू श्रीमानको दमन र खप्की सहेर बस्ने दिदी हुन् ।आफ्नो दुःख लुकाएर अरूको खुसीका लागि जिउने पात्र हुन्, उनी । जब भाइले उनी घरेलु हिम्सा सहेर बसिरहेको थाहा पाउँछ, त्यसको प्रतिकार गर्न खोज्दा उनी भाइलाई कराउँछिन्, त्यो आफू अँध्यारोमा बसेर अरुलाई उज्यालो दिने चाहनाले हो ।चलचित्र ‘जनै हराएको मान्छे : सम्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 215 पटक पढिएको
  • ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?, पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट

    भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ।के हो यसको कथा भन्ने कौतुहलता दर्शकमा मात्रै होइन नेपाली सिने वृत्तमा पनि छ । सिनेमामा कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनालीलगात छन् ।यी कलाकार कसको के भूमिका र एकअर्कासँग कसको सम्बन्ध के हो भन्ने अहिलेसम्म निर्माणपक्षले खुलाएको छैन । आर्य र मंगोलियन फेस छन् । तर, एकअर्कासँगको सम्बन्ध खुलिसकेको छैन ।मुख्य भूमिकामा विजय छन् । साथीको भूमिकामा शुशांक छन् । सम्भवत जनै यी दुई कलाकारसँग जोडिएर आउँछ । तर, सिनेमाको नामसँग जोडिएको जनैसँग चाहिँ विजय जोडिन्छन् कि शुशांक हालसम्म

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 198 पटक पढिएको
  • रणवीर सिंहको सुटिङ स्थलमा फोहोर खाना, १२० कामदार अस्पताल भर्ना

    रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ को सेटमा खानामा विषाक्तताका कारण १२० जना फिल्मका चालक दलका सदस्यको स्वास्थ्य बिग्रिए पछि सबैलाई अस्पताल भर्ना गर्नुपरेको खुलेको छ । फिल्मको सुटिङ लेहमा चलिरहेको थियो, जहाँ १७ अगस्टमा ६०० जनाका लागि खाना पकाइएको थियो। खाना खाएपछि मात्रै १२० जनाको स्वास्थ्य बिग्रिए पछि भर्ना गरिएको हो । अस्पतालले लेह प्रहरी, जिल्ला प्रशासन र खाद्य सुरक्षा विभागलाई यस घटनाको बारेमा जानकारी गराए पछि खानाको नमूना परीक्षणको लागि पठाइएको छ।अब एआईसीडब्ल्यूए (अखिल भारतीय सिने वर्कर्स एसोसिएसन) ले यस मामिलामा कडा अनुसन्धानको माग गरेको छ। संघले एक पोस्ट सेयर गर्दै लेखेको छ, ‘लेहमा च

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 180 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा