बलिउड अभिनेता शाहरुख खानले शनिबार सामाजिक सञ्जाल एक्समा #AskSRK सेसन गरेका थिए। यस क्रममा फ्यान र प्रयोगकर्ताहरूले गरेका धेरै प्रश्नहरूको उनले रमाइलो तरिकामा जवाफ दिए।सेसनमा एक प्रयोगकर्ताले शाहरुखलाई फिल्मबाट अवकाश लिन सुझाव दिएका थिए। सो प्रयोगकर्ताले लेखेका थिए, ‘भाइ, अब उमेर भइसक्यो, अवकाश लिनुहोस्। अरू नयाँ पुस्तालाई मौका दिनुहोस्।’यसमा शाहरुखले ठट्यौली शैलीमा जवाफ फर्काउँदै भने। ‘भाइ, जब तिम्रा प्रश्नहरूको बचपना हराउँछ, तब केही राम्रो सोध। त्यतिन्जेलसम्म कृपया अस्थायी अवकाशमा बस।’नेशनल अवार्डप्रति खुशीसेसनमा शाहरुखले हालै प्राप्त गरेको राष्ट्रिय फिल्म पुरस्कारबारे पनि प्रतिक्रिया दिए। उन
काठमाडौं— वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ । चितवनमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको गएराति ९१ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।उनका भतिजा तथा वामपन्थी नेता केशवलाल श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै नन्दनको आइतबार राति ९ः३० बजे उपचारका क्रममा निधन भएको उल्लेख गरेका छन् । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।तनहुँको बन्दीपुरमा १९९२ सालमा जन्मिएका नन्दनको वास्तविक नाम प्रेमलाल श्रेष्ठ हो । उनी तनहुँबाट बसाइँ सरेर चितवन पुगेका थिए। नन्दन लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल&nbs
साउनको २३ गतेबाट रिलिजमा आएको फिल्म ‘मोहर’ले दोस्रो साताको आइतबारसम्म ३ करोड माथिको कमाई गरेको छ । पहिलो साताको शनिबार भन्दा दोस्रो साताको शनिबार फिल्मको व्यापार अझै माथि रहेको वितरक करण श्रेष्ठ क्रेजीले जानकारी दिएका छन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्म मेकर्स प्रा.लिको व्यानरमा बनेको यो फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । चलचित्र विकास बोर्डको आँकडा अनुसार, फिल्मको व्यापार आइतबार बेलुकीसम्म ३ करोड ७ लाख भन्दा माथि छ । फिल्मको नि
कमेडी रियालिटी शो ‘कमेडी दरबार’का कलाकार विकास अर्याललाई धम्की आएको छ । यो शोको पछिल्लो भागमा उनले पूर्व प्रधानमन्त्री प्रचण्डको नक्कल गरेका थिए । उनलाई कसले धम्कि दिएको हो त्यो भने खुलाएका छैनन्। तर, विकासका अनुसार, भिडियोमा बोलिएका केही संवाद हटाउनका लागि उनलाई धम्की आएको हो । ‘माग्ने राजा’को टिम पुगेको भागमा उनले प्रचण्डको नक्कल गर्दा बारम्बार धम्की आइरहेको बताएका छन् । साथमा उनले सामाजिक संजालबाट कमेडीलाई कमेडीकै रुपमा हेर्न पनि आग्रह गरेका छन् । उनले कमेडी गर्दै भनेका छन्–‘मलाई सामान्य नठान्नुहोस् के, म युद्ध मात्र लडेको होइन, चुनाव मात्र लडेको होइन, अस्ति ट्वाइलेटमा
यशराज ब्यानरको निर्माणमा तयार भएको फिल्म ‘वार २’ले नेपालमा सुखद कमाई गरिरहेको छ । बिहिबारदेखि नेपाली हलमा लागेको यो फिल्मको व्यापार सुखद रहेको वितरण कम्पनीले जानकारी दिएको छ । मिश्रित प्रतिक्रियाका बाबजुद पनि नेपालमा यो फिल्मको व्यापारमा गिरावट आएको छैन । नेपालको वितरण कम्पनीले बक्स अफिस आँकडा भने सार्वजनिक गरेको छैन । भारतमा ‘वार २’ भन्दा ‘कुल्ली’ माथि देखिएपनि नेपालमा भने ‘वार २’को व्यापार माथि देखिएको छ । आयान मुखर्जीको निर्देशनमा तयार भएको यो फिल्ममा ऋतिक रोशन, कियारा आडवाणी र जुनियर एनटीआरको मुख्य भूमिका छ । आज आइतबार पनि फिल्मको शोजहरुमा दर्शकको अकुपेन्सी देखिएको छ ।
फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । निरुता मुम्बईबाट आइतबार राती नेपाल आएकी हुन्। नेपाल आइपुगेकी निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू अत्यन्तै उत्साहित रहेको बताइन् । उनले भनिन्–‘अब म कही पनि जाँदिन । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बीचमा मलाई कोरोना भयो । त्यसकारण, मैले फिल्ममा काम गर्न पाइँन । अब भने म कही पनि जान्नँ ।’लामो समयदेखि नेपाल भन्दा बाहिर मुम्बई बस्दै आएकी निरुताले आफू नेपाली फिल्म भन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन् । बीचमा केही फिल्मबाट अफर आएपनि विभिन्न कुराहरू नमिलेर काम गर्न नपाएको उनले बताइन्। निर्देशक सविर
चलचित्र ‘३६ को आँकडा’मा तीन पुस्ताका तीन स्टार नायिकाहरू रेखा थापा, निरुता सिंह र पूजा शर्माले एकसाथ काम गर्ने भएका छन्। चलचित्र ‘दुई पल’ प्रदर्शन भएको करिब २ दशकपछि रेखा र निरुताले एकसाथ काम गर्दैछन् । लामो समयको अन्तरालपछि एकसाथ पर्दामा देखिन लागेका यी दुई नायिकाहरु रेखा र निरुता चलचित्रलाई लिएर उत्साहित छन्। चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्ने छन्। ‘३६ को आँकडा’बाट पुन: कमब्याक गर्न लागेकी निरुता सिंहको पछिल्लो चलचित्र ‘दाल भात तरकारी’ हो। यो चलचित्र प्रदर्शन भएको केहि वर्षपछि निरुता '३६ को आँकडा’मा अनुबन्धित भएकी हुन्। कुनै समय चर्चित नायिकाको रुपमा आफूलाई स्थापित
आर्या इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘आ बाट आमा’को विदेश राइट्स विक्री भएको छ। यो चलचित्रको छायांकन अझै सुरु गरिएको छैन्। तर, चलचित्रको अष्ट्रेलिया र न्यूजिल्याण्डको अधिकार भने विक्री भएको हो । मातृत्वको संवेदनशील कथामा निर्माण हुने यो चलचित्रको विदेश अधिकार हिमारु इन्टरटेन्मेन्ट प्रा.लिले खरिद गरेको हो । नेपाल संगै विदेशमा माग उच्च देखिएको यो चलचित्रको कथावस्तुको चर्चासँगै विदेशमा माग बढ्दो छ। चलचित्रमा नायक पल शाहको प्रमुख भूमिका छ । साथमा विपना थापा, सिम्रन पन्त, प्रदीप रावतको पनि मुख्य भूमिका छ । चलचित्रमा चन्द्र पन्तको कथा, पटकथा तथा निर्द
घोराही (दाङ), १ भदौः पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्नेे गन्धर्व समुदायको सङ्ख्या घट्दै गएको छ । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको सङ्ख्या घट्दै गएको हो ।गाउँमा सारङ्गी बाजा बजाउने मानिस नहुँदा बनाएका सारङ्गी बिक्रीमा पनि समस्या भइरहेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्ती निवासी डाइवर गन्धर्व बताउनुहुन्छ । करिब तीन दशक बढी समयदेखि सारङ्गी बाजा बनाउँदै आउनुभएका डाइवर पछिल्लो समय आफ्नो पेसा सङ्कटमा परेको बताउनुहुन्छ । सारङ्गी बजाउने मानिस कम हुँदै जाँदा बिक्री पनि हुन छाडेको भन्दै उहाँले भन्नुभयो, “पहिले सारङ्गी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो, तर अहिले सार
चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो ।फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी जनरामा रहनेछ । नामले लभस्टोरी संकेत गरे पनि निर्माणपक्षले भने यसबारे केही जानकारी दिएको छैन ।तर, टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत गरेको छ ।टाइटलमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ ।चलचित्रको कथा जीवन आचार्यको रहने चलचित्रमा प्रकाश
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.