मनोरञ्जन

    Showing 531-540 of 2,224 items.
  • टिकटकर आभा ढुंगाना ‘कश्यप’मा अनुबन्धित

    चर्चित टिकटकर आभा ढुंगानाले चलचित्रमा डेब्यु गर्ने भएकी छिन्। दिनेश जी खड्काले निर्देशन गर्न लागेको चलचित्र ‘कश्यप’बाट आभाले नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन् । आभा र निर्माणपक्ष बिच सोमबार यो चलचित्रको लागि सम्झौता भएको हो । आभालाई यो चलचित्रको लागि निर्देशक खड्काले स्क्रिन-टेस्ट र अभिनयको परिक्षण गरेर भित्र्याएका हुन् । केही दिनदेखि एक्सनको प्रशिक्षण लिइरहेकी आभा यो चलचित्रमा एक्सन भूमिकामा प्रस्तुत हुनेछिन्।  एक्सन, थ्रिलर तथा लभस्टोरी जनरामा निर्माण हुने यो चलचित्रमा केही महिनाअघि सविन श्रेष्ठ मुख्य भूमिकाको लागि अनुबन्धित भइसकेका छन् । चलचित्रमा उनी एक्सन भूमिकामा प्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 159 पटक पढिएको
  • ‘रिमै’को व्यापक प्रचारमा निर्माण टिम

    आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा सिनेमाको टिमको सक्रिय सहभागिता रहेको थियो ।आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न संघ-संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता देखिएको थियो । रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा सिनेमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएको थियो ।कलाकार, निर्माता तथा निर्देशकलगायत सिनेमासँग सम्बन्धित सम्पूर्ण टोल

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 191 पटक पढिएको
  • डेउडा प्रतिष्ठान गोदावरी अध्यक्षमा खड्का

    डेउडा प्रतिष्ठान गोदावरी नगर तदर्थ समितिको अध्यक्षमा शेरबहादुर खड्कालाई सर्वसम्मतले चयन गरिएको  छ ।डेउडा प्रतिष्ठान केन्द्रीय समितिको स्थानीय पलिका गठन कार्यक्रम अन्तर्गत आइतबार गोदावरीमा भएको भेलाले शेरबहादुर खडकालाई अध्यक्षमा ११ सदस्यीय गोदावरी नगर तदर्थ समिति  सर्वसम्मत चयन गरेको हो। भेलाले प्रतिष्ठानको  उपाध्यक्षमा यज्ञराज उपाध्याय ,सचिवमा हरि सिंह ठकुल्ला, कोषाध्यक्षमा सावित्री खडका,सह-सचिवमा जमुना खड्कालाई चयन गरेको छ। त्यस्तै सदस्यमा कृष्णा देवी भण्डारी ,शेरबहादुर ऎर ,नरुवा दमाई, लालबहादुर भण्डारी ,बिष्णु खड्का पबित्रा बिकलाई चयन गरिएको छ। सो भेलामा संस्कृतिप्रेमी वड

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 171 पटक पढिएको
  • वेम्बलीमै रचियो अर्को नेपथ्य इतिहास

     नेपथ्यले १२ वर्षअघि जुन हलमा मानक खडा गरेको थियो, त्यही हलमा अझ ठूलो सफलतासाथ ब्यान्डले नयाँ इतिहास रचना गरेको छ। बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा शनिबार बेलुकी खचाखच १० हजार दर्शकमाझ नेपथ्यले भव्य प्रस्तुति दिएको छ।विश्वकै व्यस्त सहरमा आयोजित कन्सर्टलाई दर्शकले उत्सव जस्तै बनाए र त्यसमा उनीहरू सुरुदेखि अन्त्य सम्मै रमाए। कन्सर्टको माहोल बुझ्न दर्शक मन्जरी दवाडी (फेसबुकमा एन्जल मन्जरी) कै भिडियो पोस्टहरू पर्याप्त छन्। भिडियो पोस्टमा उनी हलबाहिर विशाल परिसरको वातावरण र लामबद्ध दर्शक देखाउँछिन्। त्यसपछि हलभित्र दर्शकको अपार उपस्थिति देखेर उनमा उत्साह पनि बढ्दै जान्छ। कन्सर्ट सुरु ह

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 176 पटक पढिएको
  • ‘जारी-२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक

    असोज ३ गते रिलिज हुने ‘जारी-२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ।च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, फिल्मले आफ्नो कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ।टिजरले फिल्म आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो–ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ।उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्मा

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 198 पटक पढिएको
  • ‘मैझारो’को छायांकन अन्तिम चरणमा, पूर्वी पहाडका सुन्दर दृश्य पर्दामा

    साउनको पहिलो हप्ताबाट इलामबाट छायांकन सुरु गरिएको फिल्म ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा तयार भैरहेको यो फिल्म पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ।फिल्मको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ। निर्देशक राईका अनुसार दर्शकले यो फिल्मबाट फरक स्वाद र अनुभूति पाउनेछन्। फिल्मको कथा र पटकथा पनि उनी स्वयंले लेखेका हुन्।माैलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 228 पटक पढिएको
  • ‘पार्वती’ बाट फिल्ममा प्रवेश गर्दै कार्टुन्ज क्रूका सरोज अधिकारी

    चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’ का सरोज अधिकारी फिल्ममा डेब्यु गर्ने भएका छन्। नीता ढुंगानाले निर्देशन गर्ने फिल्म ‘पार्वती’ मा उनी सहायक निर्देशकका रूपमा अनुबन्धित भएका हुन्।आइतबार निर्मात्री तथा निर्देशक ढुंगानासँग लिखित सम्झौता गर्दै सरोजले अभिनयभन्दा निर्देशन पक्षबाट सुरुवात गर्नुको कारण फिल्मलाई गहिरो रूपमा बुझ्ने चाहना रहेको बताए। “अझै ३–४ फिल्ममा असिस्ट गरेर सिक्न चाहन्छु,” उनले भने।नीता ढुंगानाको अफरपछि उनले ‘कार्टुन्ज क्रू’को नेतृत्व अस्मा विश्वकर्मालाई जिम्मा दिँदै फिल्म क्षेत्रमा लाग्ने योजना बनाएका छन्। ‘कार्टुन्ज क्रू’ले यसअघि स्वास्थानी भर्सेस ग्याङ र द लास्ट ट्रिप जस्ता वेब

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 213 पटक पढिएको
  • संगिनी बचाउन नियमित प्रशिक्षण

    संगिनी नाच लोप उन्मुख भएको भन्दै मोरङ्गको पथरी शनिश्चरे ३ का महिलाहरु यसको संरक्षणमा लागेका छन् ।संगिनी’ नृत्यलाई बचाई राख्न यहाँका महिलाहरु सामुहिक प्रयास थालेका छन् । उनीहरु लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन् ।खासगरी महिलाहरुद्वारा गीत गाएर नाँचीनाँची खेल्ने एक परम्परागत नृत्य हो ‘संगिनी’ । ‘संगिनी’ नाचमा धार्मिक ग्रन्थहरू जस्तै रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको कुरालाई गीत र लयमा परिणत गरी ताली बजाई नाच्ने र गाइने गरिन्छ ।यसरी नाच्नुलाई ‘संगिनी’ नृत्य भनिन्छ । वरिपरी गोलो घेरामा एक आपसमा हात जोडि वरिपरी घुम्दै गाउँदै नाच्दैँ गरिने यो ‘स

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 394 पटक पढिएको
  • राजेश हमालले कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ हेरे

    नायक राजेश हमालले कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ हेरेका छन् । पत्नी मधु भट्टराईसहित पुगेका हमालले नाटक हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरुको कामको तारिफ गरे । ७ वर्षपछि अभिनयमा कमब्याक गरेका नायक जीवन लुइँटेल अर्का नायक राजेश हमाल पुग्दा उत्साहित देखिए । हमालसँगै उनकी पत्नी मधु भट्टराई पनि कान्तिपुर थिएटर पुगेकी थिइन् । नाटक हेर्नका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक विकासराज आचार्य, कलाकार नीता ढुंगाना, कलाकार हरिहर अधिकारी, संजोग कोइराला पनि नाटक हेर्न पुगेका थिए । नायक राजेश हमालले कलाकार सनिषा भट्टराईको पनि कामको तारिफ गरे ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 142 पटक पढिएको
  • ‘मोहर’को आक्रामक व्यापार उत्साहित पल, नीति र बेनिशा

    शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको फिल्मको व्यापार शनिबार भने आक्रामक देखियो । शनिबार बिहानीका शोजहरु औषत देखिएपनि मध्यान्हबाट फिल्म हेर्ने दर्शकको भीड बढेको थियो । काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि बेलुकीका शोसम्म दर्शकको उच्च चाप देखियो । नेपालगञ्जका हलहरुले हिन्दी फिल्मको शोज कटौती गरेर ‘मोहर’को शोज थपेका थिए । फिल्मले पोखरा, बुटवल, चितवनमा पनि सुखद व्यापार गरिरहेको छ । शनिबार दिनभर नै फिल्मका निर्देशक ओम प्रतीक, नायक  पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह काठमाडौंका हल पुगेका थिए । काठमाडौंको

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 191 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा