मनोरञ्जन

    Showing 611-620 of 2,712 items.
  • मंसिर १८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर–१’ प्रदर्शन हुने

    फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ अगामी मंसिर १८ गते रिलिज हुनेछ । पटक पटक प्रदर्शन मिति सर्दै आएको फिल्मको निर्माण युनिटले नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो ।जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य फिल्मको बाक्लो लाइनअपका कारण यो फिल्म यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन नसकेको हो।नयाँ पोस्टरमा फिल्मका अधिकांश कलाकारलाई देख्न सकिन्छ । पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई देख्न सकिन्छ । जसलाई क्यारेक्टर पोस्टरमा फिचर्ड छन् ।'हामीले अब मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गर्‍यौँ, निर्माता विनोद

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 463 पटक पढिएको
  • मन्त्री जगदीश खरेलद्वारा सेन्सर बोर्डको कामलाई प्रभावकारी बनाउन निर्देशन

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को काम कारबाहीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा चलचित्रकर्मीहरूसँगको छलफल पछि उक्त निर्देशन दिएका हुन् ।छलफलमा चलचित्रकर्मीले फिल्म क्षेत्रको समस्या र सेन्सर बोर्डका समस्याको जानकारी गराएका थिए । मन्त्री खरेलले मन्त्रालयका सचिव राधिका अर्याल र महाशाखा प्रमुखहरूलाई सेन्सर बोर्ड तथा अन्य विकास बोर्डहरूसँग आवश्यक समन्वय गरी समस्या समाधान गर्न निर्देशन दिएका हुन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालको पहलमा मन्त्रालयमा आयोजना भएको छलफलमा सञ्चार सचिव राधिका अर्यालले पनि से

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 344 पटक पढिएको
  • कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् । बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् । छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुन नहुने बताए । कतैबाट दबाव र अभाव भइरहेको छ भने त्यो तत्काल अन्त्य हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको धारणा राखे । ‘कलाकारिता जस्तो सृजनशिल क्षेत्र भनेको यस्तो हो जहाँ कुनै दबाव र अभाव

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 721 पटक पढिएको
  • म हार्दैछु, मलाई हराउन धेरै लागे : टंक वुढाथोकी

    निर्देशक तथा संगीतकार टंक वुढाथोकीले आफूलाई हराउन धेरै जना लागिपरेको बताएका छन्। भोलिबाट प्रदर्शनमा आउने फिल्म ‘मन बिनाको धन’ रिलिजको एक दिन अगाडि उनले सो कुरा बताएका हुन्। बिहिबार सामाजिक संजालमा स्टाटस कोर्दै उनले लेखेका छन्–‘म हार्दैछु, मलाई हराउन धेरै लागे । सधैं लागे । ठिकै छ । सिनेमाघर सञ्चालकहरूले मन विनाको धनलाई नपत्याए पनि, हामीलाई हजुरहरुले पत्याउनु भएको छ । भोलिबाट प्रदर्शन हुने मन बिनाको धनको शो एकदमै कम दिने, कतिपय ठाउँमा नदिने निर्णयले दुख लागेको छ । म हार्दैछु, मसँगै अशोकले पनि हार्दैछन् । न्याय तपाइहरुकै हातमा ।’मल्टिप्लेक्सहरुले यो फिल्मलाई निकै कम शो दिएका छन् । दुखलाग्द

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 366 पटक पढिएको
  • फिल्म ‘कंगाल करोडपति’को औपचारिक घोषणा

    फिल्म ‘कंगाल करोडपति’को आज औपचारिक घोषणा भएको छ । राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा बन्न लागेको यो फिल्ममा कैफ खानको लगानी रहनेछ । लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय राजुको यो डेब्यू निर्देशन हो ।सिनेमा पाठशालाको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा सुमन गजमेरको कथा, पटकथा तथा संवाद रहेको छ।  यो फिल्ममा उमर खान र पदम लोहोर मुख्य भूमिकामा छन् । उमरले फिल्म क्षेत्रमा ‘होस्टेल ३’बाट डेब्यू गरेका थिए । फिल्मका कार्यकारी निर्माता मनोज केसी हुन् ।अन्य कलाकारहरूलाई पनि चाँडै फाइनल गर्ने तयारी निर्माणपक्षको छ । फागुन महिनाबाट छायांकनमा जाने यो फिल्मले एउटा सामान्य मान्छे करोडपति र करोडपति

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 348 पटक पढिएको
  • बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच

    बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु हुँदैछ । प्रत्येक १२ वर्षमा आयोजना हुने यस नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । जात्रा व्यवस्थापन समितिका अनुसार विधिवत् रूपमा भक्तपुरबाट बनेपामा देवीको प्रस्थान गराई आज दिउँसो अपरान्ह बनेपाको लायकु गणेशस्थानमा ल्याइनेछ । परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वाः समाजका सदस्य तथा स्थानीयको सक्रियतामा नाच सञ्चालन गरिने समितिका संयोजक भुलक्ष्मी मानन्धरले जानकारी दिनुभयो । उहाँकाअनुसार नाच साँस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 322 पटक पढिएको
  • ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक, माघ २३ गते आउने

    चलचित्र ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशन रहेको चलचित्र अगामी माघ २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण युनिटले बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।  चलचित्रमा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही फिल्मबाट गायक समीर श्रेष्ठ चलचित्रको पर्दामा नायकको रूपमा उदाउँदै छन् ।महिला केन्द्रित यो चलचित्रको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 453 पटक पढिएको
  • ‘जारी २’ र ‘मन बिनाको धन’को बुकिङ खुला, कुन फिल्मलाई कति शोज ?

    भोलि शुक्रबारबाट दुई नेपाली फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आउदैछ । फिल्म प्रदर्शन हुनुपूर्व नै यो फिल्महरूको अग्रिम टिकट बुकिङ खुला भएको छ । यी दुई फिल्म मध्य हलहरूले ‘जारी २’ लाई उच्च शो दिएका छन् । समाचार तयार गर्दासम्म ‘जारी २’ले देशको सबभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्समा ३७ शो पाएको छ । क्युएफएक्सले उपत्यकाबाहिरका हलहरूमा पनि फिल्मलाई प्राथमिकता दिएको छ ।सोही चेनअन्तर्गत काठमाडौँभित्र ‘मन बिनाको धन’ले भने जम्मा ३ शो मात्रै पाएको छ ।त्यसैगरी, बिग मुभिजले ‘जारी २’ लाई ७ शो छुट्याउँदा ‘मन बिनाको धन’ लाई १ मात्र शो दिएको छ ।वान सिनेमाजमा ‘जारी २’ लाई १२ शो दिइएको छ भने ‘

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 407 पटक पढिएको
  • हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

    अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो ।उहाँले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिनुभयो । निर्देशक निरौलाले भन्नुभयो, “हामीले पाँच जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गर्दैछौँ । यसको विषयसँग मिल्दो भएकाले पाँच पाण्डव नाम राखिएको हो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्नेछ ।”उहाँले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले), दीपाश्री निरौला

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 432 पटक पढिएको
  • एलिनाको ‘धोका माथि धोका’ रिलिज

    गीतकार भूपेन्द्र बुढाथोकीको शब्द र प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका माथि धोका’ को फिमेल भर्सन आएको छ । गीतको फिमेल भर्सन चर्चित गायिका एलिना चौहानले गाएकी छन् ।सुनिल बिसीको सङ्गीत रहेको गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ । गीतले धेरै माया गरेका व्यक्तिले धोका दिएर एक्लै पारेको बिलौना गरिएको छ । गीत एलिनाको रियल जीवनसँग मेल खाने भएकोले नै उनको स्वरमा ल्याइएको हो । गीतको भिडियोमा पनि एलिना नै देखिएकी छन् । प्रकाश केसीको छायाङ्कन र लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 392 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.