चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति घोषणा गरिएको छ । हाल छायांकन भइरहेको यो चलचित्र आगामी माघको १ गतेबाट प्रदर्शनमा आउने भएको हो । यस चलचित्रकी नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर माघको १ गतेलाई प्रदर्शन घोषणा गरिएको हो । यो चलचित्रको असारको २१ गतेबाट छायांकन सुरु गरिएको थियो। काभ्रेपलाञ्चोक र चित्लाङमा छायांकन भइरहेको यो चलचित्रको सम्पुर्ण काम अब दुई सातामा सकिने जनाइएको छ। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पाको लगानी रहेको यो चलचित्रलाई आलोक शुक्लाले छायांकन गरिरहेका छन्। चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेुख, माओत्से गुरुङ, छुल्ठिम गुरु
रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’को फस्टलुक रिलिज भएको छ । निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै फस्टलुक तयार पारेको छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल यो फिल्मका कार्यकारी निर्माता हुन् । रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट मह
निर्देशक मुस्कान ढकालले नयाँ चलचित्र ‘रत्यौली’ निर्देशन गर्ने भएका छन्। नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित रहने यो चलचित्रको शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण हुने यो चलचित्र रञ्जन रिजालको प्रस्तुतिमा तयार हुनेछ ।मुस्कानले यसअघि चलचित्र ‘नाई नभन्नु ल ३ र समर लभ’ निर्देशन गरेका थिए । कुनै समय नेपाली म्युजिक भिडियोमा चर्चित रञ्जन अब, चलचित्र निर्माणमा अगाडि आएका छन् । चलचित्रलाई नाइट एंगल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको हो। यो चलचित्रको छायांकन तिहार लगतै सुरु हुनेछ ।
‘सिटामोल’ यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । कर्णाली क्षेत्रको सामाजिक यथार्थ, जनयुद्धपछिको मनोविज्ञान, मानसिक पीडा र सम्बन्धको विषयमा निर्माण भएको फिल्मले ग्रामीण जनजीवनको कष्टसमेत उजार गर्ने निर्माण टिमले बताएको छ । अभिनेत्री बेनिशा हमाल भने यो फिल्ममा बिग्रिएको सम्बन्ध सुधार्ने कथा भएको बताउँछिन् । ‘सिटामोल औषधिले सबै रोग त ठीक गर्दैन, तर हाम्रो फिल्म ‘सिटामोल’ले सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने कुरा सिकाउँछ ।’ आफ्नो मान्छेले साथ दिँदा जीवन कसरी सही ढंगबाट अगाडि बढ्छ भन्ने फिल्मले गहिरिएर देखाउने उनको भनाइ छ । अभिनेता सौगात मल्ल फिल्ममा ‘सिटामोल’ औषधिको रूपमा नभएर एक
‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले लन्डन निवासी प्रलभ ढुंगानासँग शुक्रबार लगनगाँठो कस्न लागेकी हुन् ।उनको विवाह समारोह मुलपानी चाबहिलको रोयल प्यालेसमा आयोजना गरिएको छ । विवाहमा साथीभाइ, परिवार र नजिकका आफन्तलाई निम्त्याइएको छ ।प्रलभसँगको करिब ७ वर्ष लामो प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेको बताइन्छ । आश्माले वेभ सिरिज रङ टाइमबाट अभिनय थालेकी हुन् ।त्यसपछि उनले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी थिइन् । उनको डेब्यु फिल्म ‘ड्रिम गर्ल’ हो ।
बलिउड एक्सन स्टार टाइगर श्राफ बिस्तारै खेलमा फर्किरहेका छन् ।आगामी एक्सन थ्रिलर बागी ४ को रिलीज पछि धेरै फिल्महरूमा काम गर्दैछन । हर्षद्वारा निर्देशित र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्म यस वर्ष सेप्टेम्बर ५मा रिलिज हुनेछ।बागी ४ पछि टाइगर श्राफले कम्तिमा दुईवटा फिल्म लक गरिसकेका छन् । पिंकभिलाको रिपोर्ट अनुसार हिरोपन्ती स्टारले निर्माता मुराद खेतानीसँग रोमाञ्चक उच्च कन्सेप्ट एक्सन फिल्मका लागि साइन गरेका छन् भने अवने श्रीमन्नार्याना निर्देशक र अर्का निर्देशक सचिन रविको निर्देशनमा डेब्यू हुनेछ।प्रि–प्रोडक्सनको काम सुरु भइसकेको छ र ४५ दिनको समयतालिका सहित यो वर्षको अक्टो
साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस होम्बल फिल्म्सको पछिल्लो फिल्म ‘महावतार नरसिंहा’ ले मानिसहरुलाई आकर्षित गरिरहेको छ । एनिमेटेड पौराणिक फिल्मले आफ्नो उत्कृष्ट कथाले सबैको मन जितेको छ ।दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माताले एक–दुईवटा मात्र नभई २०३७ सम्मको योजना सार्बजनिक गरेका छन । यति मात्र होइन फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ । फिल्म ‘महावतार नरसिंहा’ले भारतीय सिनेमालाई नयाँ रुप दिएको छ र मापन, विश्वास र शक्तिशालीको कथालाई एकैसाथ सजिलो र फरक शैलीमा देखाइएको छ ।अबतार युनिभर्सको यो ठूलो सुरुवात एक शक्तिशाली फिल्म जस्तै देखिन्छ। फिल्म हलमा प्रवेश गर्ने बित्तिकै एक दमदा
यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ। यसले चलचित्रमा उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ। हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको छ। यहि पात्रलाई झल्को दिने पोष्टर तयार भएको छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन्।चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशै
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ ।आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ ।सानैदेखि महिलाको पहिरन मन पराउने छोरोलाई बाउले लाउरे बनाउन जबरजस्ती दिएको दबाबाट कसरी ऊ बाहिर निस्किन्छ ट्रेलरमा देखाइएको छ ।आफ्नो वास्तविक पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छोड्न गरेको निर्णय र यसबीच आफ्नौ बुवाआमासँगै छिमेकी, आफन्त र साथीभाइले गर्ने व्यवाहार र दिने तनावलाई ट्रेलर प्रष्ट पारेको छ ।‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरम
नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तुलाई उठान गरेको चलचित्र ‘रियाल रिङ्गेट’ आज शुक्रवारदेखि देशैभर प्रदर्शनमा आएको छ। प्रवासी नेपाली श्रमिकहरूको सङ्घर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो चलचित्र प्रिमियरमा रुचाइएको थियो।यस चलचित्रले देशभर १ सय हाराहारीमा शो प्राप्त गरेको वितरकहरूले जनाएका छन्। प्रिमियरमा दर्शकहरूले चलचित्रको कथा, अभिनय, सङ्गीत र विशेष गरी सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका थिए। चलचित्रलाई दर्शकले 'लाखौँ नेपालीहरूको जिन्दगीको ऐना' भएको प्रतिक्रिया दिएका थिए।यस चलचित्रले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा उतारेको छ। ‘रिय
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.