सुन्दर मिलनको क्षण रातमा छ, त्यो हात उनको यो हातमा छ ।गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए ।डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित ।कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमाकि यो संसार बिर्सिन्थेँ तिमी आए अँगालोमाटुसा हाल्ने रहर बोकी जमिनमा भासिएको छुकि सप्रिन्थेँ कि मासिन्थेँ तिमी आए अँगालोमा ।शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा १० गजलकार सुन्दर र सशक्त गजलमा गुञ्जिए ।नेपाल गजल प्रतिष्ठानले ुबहर बहारु स्थापनाको १० वर्षका अवसरमा आयोजना गरेको ुदस मिनेट, दस गजलकारु कार्यक्रममा करुण थाप
रजनीकान्तका कुल्लीले दक्षिण भारतीय सिनेमामा एउटा नयाँ रेकर्ड कायम गर्ने देखिएको छ। तमिल सिनेमाको सबैभन्दा महत्वाकांक्षी फिल्महरू मध्ये एकको रूपमा दर्ज गरिएको कुली नयाँ रेकर्ड बनाउन तयारी अवस्थामा छ । सुपरस्टार रजनीकान्त अभिनीत ग्याङ्गस्टर एक्शन ड्रामाले यस पटक भारतीय स्वतन्त्रता दिवस सप्ताहन्तमा बक्स अफिसमा नयाँ रेकर्डहरू देखाउने संकेत बुकिङवाट गरिसकेको छ ।रिलिज मिति नजिकिँदै गर्दा लोकेश कनागराजको निर्देशनमा बनेको यसका लागि प्रारम्भिक बक्स अफिस सूचकहरू विस्फोटक भन्दा कम छैनन्, विशेष गरी जहाँ खोलिएको छ, त्यहाँ अग्रिम बिक्रीको स्वागत हेर्दा कुलीले तमिल सिनेमाका लागि एेतिहासिक रे
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’को रेड कार्पेट प्रिमियर गरिने भएको छ । निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा हुने भएको हो ।फिल्मको पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा आयोजना गरिने निर्माण पक्षले जानकारी दिएको छ ।फिल्म अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतीमा प्रदर्शन हुँदैछ ।शोभित बस्नेतद्वारा निर्देशित फिल्ममा आर.ए. सुरज पौडेल, राजन कुँवर
चलचित्र ‘माग्ने राजा’काे ‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ ।निर्देशक ऋषि लामिछानेले भने ‘यो गीतसँगै हामी सिनेमाको मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदार घिमिरेलाई बिल्कुलै नयाँ अवतारमा देख्न सक्नुहुनेछ ।’ यसो भनिरहँदा निर्देशक लामिछानेले सिनेमाले कमेडी शैलीलाई भने नछाडेको बताए ।निर्माण घोषणासँगै चर्चामा रहेको सिनेमा ‘माग्ने राजा’को प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका प्रचार सामाग्रीले पनि दर्शक लोभ्याउँदै गएका छन् ।पोस्टर रिलिज गरेर आक्रामक प्रचारमा उत्रिएको सिनेमाले अहिलेसम्म दुई गीत र टिजर सार्वज
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोका चलत्रिका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन् । दुनियाको मन जित्ने व्यक्तिहरू आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो र थिति नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।टिपिकल शब्दहरू प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको बताएको छ
चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को आज (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो ।असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ ।दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली
फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ ।फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको ट्रेन्डिङमा समेत परेको छ ।युट्युबको मुभी ट्रेलर सेक्सन अन्र्तगत यो फिल्मको ट्रेलर नेपालमा २ नम्बरमा छ । यस्तै, मलेसियामा १७, जापानमा २७, यूएइमा १८, कतारमा ५ नम्बरमा यो ट्रेलरले ट्रेन्डिङ गरिरहेको छ ।२० हजार बढी लाइक पाएको ट्रेलरले ३ हजार ४ सय भन्दा बढी प्रतिक्रिया युट्युबमा पाएको छ । अधिकांश प्रतिक्रियाहरु सकारात्मक छन् । दर्शकहरुले अपेक्षा गरेको भन्दा उत्कृष्ट ट्रेलर आएको बताएका छन्
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ । चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको छ ।मंसिर १२ गते रिलिज हुने चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् । आफ्नो बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु हुन्छ । बुवाले छोरीलाई उनको डर दूर गराउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन् ।त्यसपछि आफूलाई कमजोर भएको महसुस गरेपछि कठोर र सहासी बनाउन
शाहरुख खानले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन्, जसको कारण उनी एउटै कुरामा विश्वास गर्छन् । अभिनेता अन्धविश्वासमा विश्वास गर्छन् र उनी भन्छन् कि जब उनले आफ्नो फिल्ममा त्यो काम गर्छन्, उनको फिल्म धेरै हिट हुन्छन्। सन् १९९७ मा रिलिज भएको राकेश रोशन निर्देशित कोयलासँग पनि यस्तै भएको थियो ।कोयला ९० को दशकको सुपरहिट फिल्म मध्ये एक हो । राकेश रोशनले निर्देशन गरेको यो फिल्ममा शाहरुख खान, माधुरी दीक्षित, अमरीश पुरी र जोनी लिभर लगायत धेरै ठूला कलाकारले महत्वपूर्ण भूमिका खेलेका थिए । यो एक्शन थ्रिलर बक्स अफिसमा पनि सफल भएको थियो र अभिनेताले यसको श्रेय आफ्नो एउटा अन्धविश्वासलाई दिएका छन् ।एक पटक
काठमाडौं । सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपको लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राती ११ः०० बजे सिंगापुर प्रस्थान गरेका छन् । प्रतियोगितमा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन् । पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।व्यवस्थापकमा नेपाल पौडी स
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.