मनोरञ्जन

    Showing 731-740 of 2,712 items.
  • ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा हो : दयाहाङ राई

    अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताएका छन् ।आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा चलचित्र ‘वरिष्ठ बलराम’मा रहेको उनले बताए ।‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुन् भने उनलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्र विजय बराल हुन् ।मान्छेको भित्री रुप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ भनाउन र देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने उनी बताउँछन् । “मान्छे जस्तो सुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 355 पटक पढिएको
  • 'डिल डे'मा ‘बलिदान’को रफ्तार बढ्यो, बुधवार धेरै हल हाउसफुल

    दसैँपछि पनि नेपाली चलचित्र ‘बलिदान’को लोकप्रियता घट्ने सङ्केत देखिएको छैन। बुधवारको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुट योजनासँगै चलचित्रले देशभरका अधिकांश सिनेमा हलहरूमा हाउसफुल प्रदर्शन गरिरहेको छ।देशका प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा, आइएनआइ सिनेमा, बिग मुभिज, एफक्युब सिनेमा र वन सिनेमा लगायतमा बुधवार दर्शकको भीड उल्लेखनीय रहेको हल व्यवस्थापकहरूले बताएका छन्। वितरकका अनुसार, बुधवारको धेरै शो प्रायः अघिबाटै बुक भइसकेका थिए। वितरक र हल सञ्चालकहरूले काठमाडौंसहित धनगढी, विराटनगर, बुटवल, पोखरा, चितवन, नेपालगन्ज र झापा सम्मका हलहरूमा राम्रो व्यापार भइरहेको जनाएका छन्।समीर भट्ट, ऋचा शर्मा, स

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 335 पटक पढिएको
  • फिल्म 'सन्तोष' अब डिजिटल प्लेटफर्ममा अक्टोबर १७ मा रिलिज हुँदै

    ओस्कारका लागि बेलायतबाट आधिकारिक प्रवेश पाएको हिन्दी फिल्म ‘सन्तोष’ अन्ततः भारतमा रिलिज हुने भएको छ। करिब एक वर्षसम्म सेन्सरसिपको लडाइँ र अघोषित ‘प्रतिबन्ध’ झेलेपछि यो फिल्म अब डिजिटल प्लेटफर्म लायन्सगेट प्ले मार्फत अक्टोबर १७ मा रिलिज हुने भएको हो।सन् २०२४ को कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्म भारतमा हलमा रिलिज हुन सकेको थिएन। सन्ध्या सूरीले निर्देशन गरेको र शहाना गोस्वामी तथा सुनिता राजवारको मुख्य अभिनय रहेको ‘सन्तोष’ एक युवा विधवाको कथा हो, जसले आफ्नो स्वर्गीय पतिको प्रहरी जागिर विरासतमा पाउँछिन्। तर, दलित किशोरीको बलात्कार र हत्याको अनुसन्धानमा खटिएपछि उनको भूमिका एउटा कडा चुनौत

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 343 पटक पढिएको
  • ‘कान्तारा चप्टर १’ ३०० करोड क्लब नजिक

    ऋषभ शेट्टीद्वारा अभिनीत र निर्देशित ‘कान्तरा च्याप्टर १’ले लोभै लाग्दो कमाइ गरिरहेको छ । फिल्मले अहिलेसम्म २९० करोड भारु कमाएको छ । छैटौँ दिनमा फिल्मले ३३ करोड ५० लाख भारु कमाएको छ । फिल्मको कमाई हेर्दा यो छिटै नै ३०० करोड क्लबमा सामेल हुने देखिन्छ ।भारतीय बक्स अफिसमा यतिबेला कान्तरा च्याप्टर १ को दबदबा छ । यस्तोमा अन्य फिल्म दबाबमा आएका छन् । जान्हवी कपूर र वरुण धवनको अभिनय रहेको ‘सनी संस्कार की तुलसी कुमारी’को कलेक्सनमा व्यापक कमी आएको छ । फिल्मले मंगलबार छैटौँ दिनमा ३ करोड भारु मात्रै कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ३६ करोड २५ लाख भारु भएको छ ।दक्षिण भारतीय अभिनेता पवन कल्याणको फिल्म

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 351 पटक पढिएको
  • तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

    देउखुरी (दाङ), २२ असोजः कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहनुभएको छ । घोेराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो । उहाँका अनुसार अरु समयमा भन्दा तिहारमा मादलको माग बढ्छ । तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उहाँको भनाइ छ ।  आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उहाँले सुनाउनुभयो । “बुवा गुइठे बादी मादल बनाउनुहुन्थ्यो, उहाँकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु”,

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 474 पटक पढिएको
  • ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बरालको भूमिका कस्तो ?

    चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । दयाहाङ र विजय प्रायः धेरै चलचित्रमा सँगै देखिन्छन् । हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’सम्म यी दुई कलाकार सँगै हुन्छन् । यस्तै यी दुई अभिनेता सँगै रहेको सिनेमा हो, ‘वरिष्ठ बलराम’ ।यो चलचित्रका अहिलेसम्मका प्रचार सामग्रीमा दुवै कलाकार उत्तिकै स्पेसमा देखिएका छन् । पोस्टर, मोसन पोस्टर र टिजरमा दयाहाङ र विजयले बराबर स्पेस पाएका छन् ।पोस्टर र टिजरमा यी दुई आपसी नोकझोकमा देखिएका छन् । एकले अर्कोलाई देखि नसहेको अवस्थामा चित्रण गरिएको छ ।केही समयअगाडि ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको थियो । ‘न्यौली बनैमा’ बोलको गीतमा विजय र समृद्धि अर

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 444 पटक पढिएको
  • सन्तोष सेन मेरो समयमा आइदिएका भए म पनि एक्सन हिरो हुन्थेँ : क्याप्टेन विजय लामा

    वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बलिदान’हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। लामाले चलचित्रले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको चलचित्र” भनेर प्रशंसा गरेका छन्।सोमबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ। यो चलचित्रसँग आबद्ध सबैको ठुलो योगदान देखेँ। यो फरक स्तरको चलचित्र हो। नेपाली चलचित्रको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो।” लामाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफू सधैँ प्रयासरत रहेको बताउँदै ‘बलिद

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 506 पटक पढिएको
  • बलिदान : देशव्यापी रूपमा कस्तो चलिरहेको छ ?

    बडादसैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र 'बलिदान'ले पहिलो हप्तामा दर्शकबाट व्यापक साथ पाएको छ। सोमवार दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो चलचित्र आइतबार (पहिलो साताको अन्तिम दिन) पनि देशभर करिब १ सय २० शोका साथ प्रदर्शनमा रहेको छ।वितरकहरूका अनुसार चलचित्रले काठमाडौंका हलहरूका साथै पश्चिम नेपालको धनगढीदेखि पूर्वी नेपालका हलहरूसम्म पनि राम्रो दर्शक पाइरहेको छ। प्राविधिक कारणले पोखराको मिडटाउन हलबाट हटेको 'बलिदान' फेरि प्रदर्शनमा आएको कुबेर सिने डिस्ट्रिब्युसनका पुष्कर घिमिरेले जानकारी दिए। उनले उपत्यका बाहिरको व्यापारबाट आफू सन्तुष्ट रहेको बताएका छन्। काठमाडौं उपत्यकाका वित

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 299 पटक पढिएको
  • पुडासैनीको वर पिपलु सार्वजनिक

    हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छन् ।किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ ।  गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो । गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा  विछोडपछिको पीडा र आत्मबोधलगायत

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 339 पटक पढिएको
  • नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै

    काठमाडौं । भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ जाने भएको छ ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई सोमबार बिदाइ गरेका थिए । नेपालले भियतनामसँग होम र अवे दुवै खेल खेल्नेछ भने दुवै खेल नेपालले भियतनाममा नै खेल्नेछ । खेल असोज २३ र २८ गते (अक्टोबर ९ र १४ ) हुनेछ ।समूह ‘एफ’ मा रहेको नेपालले यसअघि लाओससँग २–१ र मलेसियासँग २–० को हार बेहोरेको थियो । यही कारण छनोटको लागि भियतनाम विरूद्धको खेल निकै महत्वपूर्ण रहनेछ ।नेपालले पछिल्लो पटक तयारीको क्रममा बंलादेशसँग दशरथ रङ

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 293 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.